Advertisement Banner
Advertisement Banner

११ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

चुनावको घोषणा र अनुत्तरित सवालहरू

०९ सोमबार , मंसिर २०८२एक दिन अगाडि

चुनावको घोषणा र अनुत्तरित सवालहरू

आगामी २१ फागुनमा मध्याब्धि आम निर्वाचन हुने घोषणा भएपछि ।राजनीतिमा व्यापक चहलपहल सुरू भएको छ । राजनीतिमा चहलपहल,बादविबाद र छलफल हुनु नराम्रो बिषय होइन ।छलफलबाट नै देशलाई हित हुने बिचारको जन्म हुन्छ । तर चुनावलाई मात्र प्राथमिकता दिएर घरिने बाद बिवाद छलफल वा सौदाबाजीले देश र जनतालाई फाइदा गर्दैन ।
व्यापारीहरूले मदिराको बिक्री भइन भने त्यसको बेच वा आबस्याक परे बोतलनै फेरेर भएपनि बिक्री गर्दा रहेछन् त्यही प्रकारले राजनेताहरूले पनि चुनाव जित्न बिभिन्न तिक्डम गरेकै हुन्छन् ।आजको जमानामा इमानदारीसँग चुनाव जित्तिन्छ भन्नुपनि गलतनै साबित भएको छ । हामीले देखिरहेका छौँ चुनाव जितनका लागि साम दाम दण्ड अप्नाएकाहरू नै धेरै मत पाएका हुन्छ ।
जेनजी विद्रोह पछि कथित ठूला दलहरूलाई गहिरो झट्का लागेको छ । उनिहरूलाई त्यो आन्दोलनको एक प्रकारले आफ्नो पोल्टामा पार्ने प्रयास गरेकै हुन ।सफल नहुँदा ठूलो असरपनि नपरेको होइन यसबाट केही कमोबेस शिक्षा अवश्य पनि  लिएका होलान् ।
त्यसैले धमाधम पार्टी एकता हुदै छ ।अरू केही नभएपनि आपसमा एकता हुनुपर्नेरहिछ भन्ने शिक्षा समेत पाएका छन् । अहिले जेन्जी आन्दोलन पछि बनेको अन्तरिम सरकारले चुनावको तिथी मिति तोकेपछि राजनीतिक पार्टीहरूपनि त्यसको तैयारीमा जुटेका छन् । चुनाव समयमै गराउन अन्तरिम सरकारलाई पार्टीहरूको दबाव पनि छ ।
चुनाव जित्न राजनैतिक दलहरूमा चुनावी गठबन्धनको रूपमा भन्दापनि अहिले पार्टी एकताको सिलसिला चलिरहेको छ । समयमै निर्वाचन होला वा नहोला त्यो समयले बताउने छ ।चुनाव आयोगले दागी,भ्रष्टाचारीहरूलाई कत्तिको किनारा लगाउनसक्छ ? त्यो सवालपनि समयको गर्भमै छ अन्य कयौँ सवालहरू त छदैछन्; त्यसको साथै एउटा आर्को सवाल उठेको छ । त्यो हो छिमेकी मूलुक भारतको बिहार राज्यमा हुँदै गरेको निर्वाचन र त्यसपछि बनेको सरकारले चुनावमा पर्ने सम्भावित प्रभावको बारेमा पनि बिचार गर्नुपर्ने हुन्छ ।
मात्र अमेरिकी साम्राज्यवादलाई सरापेर पनि पुग्दैन ।यद्यपि जेन्जी आन्दोलन आइएनजीओकै इसारामा अमेरिकी साम्राज्यवाद द्वारा तैयार पारिएको त्यो सञ्जालको माध्यमबाट भएको हो । तर पनि यसमा रअको भूमिकालाई अन्देखि गर्नु पनि भुल हुने छ । अमेरिकी साम्राज्यवादले चीनको शक्तिलाई नियन्तरण गर्न नेपालको भूमि प्रयोग गर्न चाहान्छ ।त्यसैको लागि नेपालमा आफ्नो इसारामा नाचने कटपुतली सरकार बनाउन खोजिरहेको छ । तर त्यो सबै आधार भ्रष्ट राजनीतिक दलहरूले तैयार पारिदिएका हुन् । यसको साथ साथै भारतिय व्यवहारलाई पनि ध्यानमा राख्नै पर्दछ । हाम्रो सिमाना भारतसँग सटेको र खुल्ला आवागमनले गर्दा पनि प्रत्यक्ष असर पर्नसक्छ ।
यस बारेमा भने केही बढी चर्चा हुन सकेको छैन । अमेरीकामा पानी पर्यो भने नेपालमा छाता ओड्ने नेताहरूले अहिले किन बिहारको चुनावमा खासै ध्यान पुराएनन् ? यो पनि आर्को सवाल नै हो ।यस्तै सवालै सवालको घेराभित्र मेरो मनमष्तिकमा उठेको सवाल मध्य एउटा यो बिहारी राजनीति पनि हो ।
छिमेकमा बिहार राज्यको चुनावले पर्नसक्ने सम्भाबित असर केके हुनसक्छन् ? हुन त हाम्रो देश स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न छुट्टै राष्ट्र हो ।
तर पनि छिमेकमा हुने उथलपुथलले प्रभाव पारेकै हुन्छ । त्यसमा पनि भारतको बिहार राज्य दुबै देशहरूको खुला सिमानाका कारणले पनि धेरै प्रभाव पार्नसक्छ ।
बिहारमा हुँदै गरेको निर्वाचन २४३ सिटका लागि । नोभेम्वर ६ र ११ दुइ चरणमा हुँदै छ । अर्थात २० कात्तिक र २५ कात्तिकमा “प्रान्तिय निर्वाचन “विधानसभाको लागि चुनाव भईरहेको छ । नेपालको दक्षिणी सीमाका १३वÞटा जील्लाहरूसँग जोडिएकोले पनि यो सिमावर्ती क्षेत्रमा हुने निर्वाचनको तितो मिठो असर अवश्य हुने छ ।बिहार ,युपीका कयौं जिल्लाहरूको सिमाना नेपालसँग सटेका छन् । खुला सिमा र बेरोकटोक आवागमनले गर्दा नेपाल र भारतका सिमा क्षेत्रहरूमा कुन नेपाली मूलको हो कुन भारत मूलको हो छुट्टाउन गारो पर्छ । कसै कसैको त नेपाल र भारत दुबै देशमा घर परिवार बस उठ छ ।व्यापार ,रोजगार छन् । इष्टमित्रहरू पनि थोर धेर दुबै देशका छन् ।त्यस माइनेमा पनि सिमाबर्ती क्षेत्रमा हुने नीर्वाचन र सरकार दुबैले हाम्रो देशमा  कमोवेशअसर गर्दछन् ।
विहार विधानसभाको २४३सिटका लागि हुने इलेक्ट्रोनिक मतदानको नतिजा पनि छिट्टै आउने छ । नोभेम्वर १४ मा हुने मतगणनाको नोभेम्वर १५ सम्म अर्थात कार्तिकको २९ सम्म बिहारको पाँच वर्षका लागि सरकार बन्नेछ ।
यस चुनावमा सत्तारूढ भारतीय जनता पार्टी सम्मिलित राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय काग्रेससहितको गठबन्धन मैदानमा छन् । साथै जनसुराज पार्टी नेता प्रशान्त किशोर समेतले जोड्दार उपस्थिति जनाएका छन् । भनिन्छ प्रशान्तले ६६५ दिनको पदयात्रा गरेर बिहारका २ हजार६९७ गाउँमा पुगेका थिए । उनले जितेपछि मदिराको प्रतिबन्धबाट बिहार मुक्त गर्ने बताएका छन् । सम्रणरहोस् बिहारमा करिव दश वर्ष अंघि २०७२ चैत्र १९गते देखि मदिरा प्रतिबन्धित छ  । बिहारमा मदिरामा प्रतिबन्ध भएपछि नेपालको सिमाक्षेत्र भारतीय मदिरा सोखिनको अड्डा नै भएको बताइन्छ । हुन त यो मदिराले कसैलाई फाइदा गर्दैन तर यसले ठुलो राजनीति गरेको हुन्छ । सत्ता पनि ढाल्न कत्ति समय लाग्दैन । भारतमा शराबबन्दीको अभ्यासका साथ शराव राजनीति चल्दै आएको छ ।
यही क्रममा भारतको हरियाणा राज्यमा त्यो महिलाहरूले उठाएको नारा थियो प्रान्तबाट शराबको कारोबार हटाउनुपर्छ । महिलाहरूको जनवाजलाई तत्कालिन हरियाणा विकास पार्टीका नेता बन्शिलालले कार्यनन्वयन गरे, उनैका आफन्तीहरू शराब तस्कर बने । परिणाम बन्शिलालको सरकार फेल भयो ।
उनले कर्मचारीबाट भ्रष्टाचार भएको  भन्दै “मास्टरको मरोड र सडकको मोड सोजो गराउँछु भन्ने गर्थे । हरियाणालाई रक्सी मुक्त गराउन पुरै जोड दिएका थिए तर उनिमात्र फेल भएनन् सिङ्गो पार्टी नै समाप्त भयो ।
बिहारमा नीतिसकुमारले त्यो मदिरामाथि प्रतिबन्ध लगाएका छन् । अहिले धेरै जनताको उनलाई समर्थन छ । बिहारमा हुने निर्वाचन र त्यसबाट बन्ने नयाँ सरकारको  केही असर हाम्रो देशमा पनि अवश्य नै पर्ने छ । यद्यपि नेपालमा चुनाव हुन्छ नै भनेर दाबा गर्नसक्ने अबस्था भने छैन । चुनाव हुन पनि सक्छ, नहुन पनि । संसदको पूनर्बहाली हुने अबस्था पनि सिर्जना हुनसक्छ । नेपालको राजनीतिले कतापट्टी करवट लिन्छ, तरल राजनीतिक अवस्थामा भन्न सकिन्न । राजनीतिक दलहरू आआफ्ना तरिकाले आआफ्ना शक्ति संचयको रणनीतिमा लागेका छन् । नेपालको तरल राजनीतिक स्थितिमा देशी विदेशी तत्वहरूको चलखेल ह्वात्तै बढेर गएको छ । यसकारण पनि नेपाली राजनीति अनिश्चयको बन्दी बनेको छ । यो समयमा देशहितमा नेताहरूले सोचेनन् भने स्वराज र अस्तित्व संकटमा पर्नसक्नेछ । भूराजनीतिको खतरा घनिभूत बन्दैछ ।