Advertisement Banner
Advertisement Banner

१८ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड किन ?

१७ मंगलबार , मंसिर २०८२६ घण्टा अगाडि

बंगलादेशकी पूर्वप्रधानमन्त्री 
शेख हसिनालाई मृत्युदण्ड किन ?

हुन त सबै खाले भ्रष्टाचारिहरूलाई सख्त कार्वाई हुनैपर्छ तर मेरो विचारमा जीवननै हरण गर्ने निर्णय भने मानव समाजको लागि ठिक होइन ।
यद्यपि जहिले पनि मानिसहरू सत्ताको स्वार्थमा ज्यान लिने र दिने गर्दै आएकाछन् । यो राजनीतिमा नयाँ कुरा होइन त्यो खास गरेरबंगलादेश, पाकिस्तान, अफगानिस्तान लगियतका कयौं देशहरूमा यस्ता घट्नाहरू लगातार हुँदै आएका छन् ।
केही दिन पहिले शेख हसिनालाई ढाकाको एउटा इंटरनेशनल क्राईम्स ट्रिब्यूनलले हत्याको लागि उक्साउने र हत्याको आदेश दिने गरेको आरोपमा उनलाई मृत्युदण्डको सजाय दिएको हो । भने अरू शेष मामिलामा उन्लाई उम्रकैदको सजाय पनि सुनाएको छ । ट्रिब्यूनलले उनलाई पाँच मामिलामा आरोपि बनाएको थियो ।
ट्रिब्यूनलले शेख हसीनाको जुलाई २०२४को विद्यार्थि आन्दोलनको दौरन भएको हत्याका मास्टरमाइंण्ड भनिन्छ ।त्यहीं आर्का आरोपित पूर्व गृहमन्त्री  असदुज्जमान खानलाई पनि हत्याको दोशी मानियो र उसलाई फाँशिको सझाए सुनायो ।सझाएको ऐलान हुदाबित्तिकै बाँगलादेशले भारत सङ्ग शेख हसिनालाई फिर्ता पठाउन माग पनि गरेको छ ।उनि त्यहाँको विद्रो पछि भारतमा आएर सरण लिएकी छन् ।
त्यहाँ पनि शेख हसिनाको नेपालमा जस्तै एक्कासी सत्ता ढलेको थियो र ज्यान जोगाउन उनि भारत पुगेकी थिइन् ।
तेस्रो आरोपि पूर्व आई जी पि अब्दुला अल ममूनलाई ५ सालको जेल सजाये सुनायो ।ममून हिरासतमा छ र त्यो सरकारी गवाह बनि सकेको छ ।
कोर्टले हसिना र असदुज्जामान कमाल को प्रोपटी जफत गर्ने आदेश दियो । फैसला पछि बाँग्लादेशको अन्तरीम पिएम मोहम्मद यूनुसले भारतसङ्ग हसिनालाई डिपार्ट गर्ने भनेका छन् । यसरी हरकसैले पनि अहिलेको अवस्थामा तानाशाही प्रवृतिबाट आफूलाई वा आफ्नो सत्ता जोगाउन असम्भव देखिन्छ ।उनको राजनीतिक यात्रा लामो छ र पनि त्यसको अन्त्य दुखान्त हुने निश्चित देखिन्छ ।
दुनियाँका शासकहरू देश र जनताको हित विपरित कसैले गर्यो भने त्यो लामो समयसम्म बच्न गारो छ । यिनीहरू सबैको भ्रष्टाचार छचल्किएर नै यो दुरगती भएको हो ।
राजनैतिक आन्दोलनलाई पनि द्वन्दात्मक कसिबाट जोखेर नेताहरू दुर्दशी बन्नुपर्छ ।समयले सबैलाई यही यथार्त ज्ञान दिएको हुन्छ । समयमै त्यो कुरा नबुझे उनिहरूको दुखान्त अन्त्य हुन्छ ।
तर कतिपय अवस्थामा कसैले गलत नगर्दा पनि कुनै आरोपमा ज्यान गुमाएका पनि छन् । अहिलेको अबस्था भनेको साम्राज्यवादी चलखेल र आतङ्क बढेको अवस्था पनि हो ।
उसले खास गरेर अमेरिकी साम्राज्यवादले विश्वमै आफ्नो हैकम जमाउन खोजिरहेको छ । जतिवेलासम्म उसले आफ्नो स्वार्थ पुरा गराउन सक्छ त्यो वेलासम्म उसलाई आफ्नो मोहराको रूपमा नचाईरहेको हुन्छ । आफ्नो स्वार्थ पुरा भएपछि त्यसैलाई आफ्नो निशानामा राख्छ । जस्तै कुनैपनि विषयलाई लिएर भएको गृहयुद्धलाई अराजक बनाइदिएर त्यहाँको सरकार माथि आफ्नो निशान साध्ने भयानक षड्यन्त्र गर्दै आएको छ ।यसका कयौं उधारणहरू छन्, इरान इराक,अफगान, सिरिया लगायतका कयौं देशहरू कुनै न कुनै बहानामा ध्वस्त पारेको विगतकको इतिहास छर्लङ्गै छ ।
बाँग्लादेशमा पनि कतै न कतै अमेरिकी साम्राज्यवादको हात हुनपनि सक्छ ।
नेपालमा एमसीसीकै माध्यायमबाट उसले थुप्रै उसको योजना हात पार्ने दाउमा छ । त्यो भन्दा पनि उस्को मुख्य उदेश्य भनेको चीनलाई घेर्ने नै हो । अहिले अमेरिकाका लागि सबैभन्दा मुख्य दुश्मन चीन नै भएको छ । त्यसले गर्दा पनि नेपाल अमेराकी साम्राज्यवादको नजरमा छ ।यस्तो देशको भिषण परिस्थितिमा पनि नेपालका राजनैतिक पार्टीहरू सचेत भएको देखिदैनन् ।
हाम्रो देश चीन र भारतको बिचमा रहेको स्वतन्त्र देश हो ।तर देशलाई आत्मनिर्भर गराउने कुनै बलियो र प्रभावशाली विजन कुनैपनि नेतामा छैन् । एकले आर्कोलाई नग्याउने र आफैलाई सर्वेसर्वा ठान्ने मनस्थिति भएका नेताहरूले गर्दा देश थला परेको हो ।
देश विकासका लागि आपसमा मिलेर मैत्रिपूर्ण छलफल गरेको भए देशको समश्य समाधान हुनेथियो ।तर त्यस्तो विवेकको त यो देशमा अनिकाल नै भयो ।
हामी नागरिकहरूलाई नेताहरूले पार्टीको नाममा बिभाजित गरे । यो देशको हितमा तिनको व्यवहार नहुदापनि हामीले उनिहरूको चाल बुझ्न सकेनौं वा बुझ्नै चाहेनौं ? तर आपसमा एउटै बर्गका मानिसहरू उल्झिने लड्ने व्यवहारले देशलाई खरानी पार्ने छ ।
साम्राज्यवादीहरू फुटाएर राज गर्ने प्रयास गर्दछन् । उनिहरूको चाल नबुझेर नै कयौंले दुःखपाएका हुनसक्छौं ।
अहिले जरेनेसन–जीलाई उक्साएर देशमा ध्वांस्त्मक कृयाकलापबाट बनेको अन्तरिम सरकारले गर्दै आएको व्यवहार न नियम कानुन सम्मत छ न संविधान सम्मत छ । आखिर उनिहरू कसको इसारामा चलिरहेका छन् ? त्यसबारेमा नागरिक समाज आम जनताताले के बुझ्ने ? रातिमा सुतेको वेला गिरफ्तार गरिन्छ ।कुनै नागरिकको बिछौना समेत असुरक्षित भएको छ । आखिर देशलाई किन पटक पटक गृहयुद्ध तर्फ ढेकल्दै छन् ? यो जान्ने आम नागरिको नैसङ्गिक अधिकार हो ।उनिहरूबाट यो अधिकार खोस्ने प्रयत्न हुदैआएको देखिन्छ ।
अहिले देशलाई पराधिन बनाउने प्रयासले देशमा फेरी पनि गृहयुद्धको आसङ्का बनेको छ । हाम्रो देशका नागरिकहरू कुनै कालखण्डमा पनि पराधिन भएर बाँच्न मानेन् । हाम्रा पूर्वजहरूले आफ्नो प्राण दिएर देशलाई आर्काको गुलाम हुनबाट जोगाउँदै आएको कुरा कसैबाट पनि लुकेको छैन । अहिले देशलाई पराधिन तर्फ डोराउने आई एनजीको शड्यन्त्रलाई पनि जनताले बुझेका छन् ।उनिहरूको यस्तो व्यवहारले देश भविश्यमा फेरी गृहयुद्धमा जाने खतरा बढ्दै आएको छ ।
साम्राज्यवादी शक्तिले ससाना देशलाई बिभिन्न बहानामा आफ्नो पोल्टामा पारेर त्यहां कटपुतली सरकार बनाउने प्रयास गर्दै आएको छ ।अहिले बंगलादेशमा पनि त्यहाँको व्यवस्थाको तख्ता पलट र त्यसपछिको त्यहाँको अवस्थाले त्यही प्रकारको संदेश दिएको छ । अहिले शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको र भारतबाट फिर्ता गर्न माग गरेको छ । भारतले जोगाउने प्रयास त गरेको देखिन्छ, यसबारेमा समयले प्रष्ट पार्नेनै छ ।
बंगला देश र शेख हसिनाको बारेमा थोरै जानकारी दिंदा असानदर्भिक नहोला । भारतबाट सन् १९४७ मा टुक्रिएको पाकिस्तानको पूर्वी क्षेत्र सन् १९७१मा पाकिस्तानबाट टुक्रिएर अस्तित्वमा आएको बंगलादेश सन् १९७५ मा सैनिक साशनको कब्जामा परेको थियो ।अगस्त १५ कै दिन शेख हसिनाका बाजेदका पिता  मुजिबर रहमानको सपरिवारको हत्या भएको थियो । त्यो वेला शेख हसिना र उनकी बहिनी जर्मनी भएकाले जीवित बचेका हुन् ।
यसरी सन् १९७५ बाट सन् १९९० सम्म त्यहाँको अबस्था भयभाव बन्यो । पछि १९९१को पहिलो आमा निर्वाचनले बेगम खालिदा जिया बंगलादेशकी पहिली जननिर्वाचित प्रधानमन्त्री बनिन् । तेस्रोमा कुनैपनि पार्टीलाई सम्पष्ट बहुमत नमिलेपछि शेख हसिना देशको प्रधानमन्त्री नियुक्त गरियो । उनी विश्वकी प्रभावशाली महिला मध्य २६औँ स्थानमा थिइन र पछि ३० मा परिन २०१६ मा पनि चौथो पटक विजयी भएकी हुन । उनको पिता बंगलादेशका संस्थापक समेत हुन् । यसरी उनको लामू राजनैतिक अनुभव सङ्गालेको इतिहास पनि छ । थुप्रै राम्रा र नराम्रा कृयाकलापहरू भएका होलान ।आन्दोल भएको बेला दुश्मनहरूले आफ्नो स्वार्थ पुरा गर्न आन्दोलनमा आआफ्ना एजेन्टहरू घुसाएका हुन्छन् । जसको स्वायम सात्ताशिन साशकहरूलाई पनि जानकारी नहुन सक्छ । हाम्रै देशमा जेन्जीहरूको आन्दोलनको बेलामा जसरी रक्तपात भयो त्यसको बारेमा स्वायम प्रधानमन्त्रीले थाहा छैन भन्छन् । यद्यपि त्यो बेला उनी मौजुद छन् ।
यसरी उनिहरू निर्दोष त पक्कै पनि छैनन् किन भने सबै समश्याहरू मौजुदा सरकार पक्षले नै जन्माएको हुन्छ । त्यसकारण उनिहरू दोश मुक्त हुनैसक्दैनन् तर पनि उनिहरू देशद्रोही वा देशका दुश्मन् होइनन् । मरेपछि सालिक बनाएर पुज्नु भन्दा उनिहरूलाई जीवनभरि कजाउने, त्यसबाट उनलाई सजाय मिल्न पनि सक्छ र जीवन पनि जोगिएको हुन्छ ।