Advertisement Banner
Advertisement Banner

१८ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

सम्राट अशोक र हाम्रा नेताहरु

१७ मंगलबार , मंसिर २०८२६ घण्टा अगाडि

सम्राट अशोक र हाम्रा नेताहरु

चक्रवर्ती सम्राट अशोकले कलिङ्गको महायुद्ध जिते । जितेपछि उनले लाखौंलाख मानिसको लाश देखेपछि उनको विवेकमा धक्का लाग्यो– मैले युद्ध जिते, के जिते खोई ? उनले आफूले आफैलाई धिक्कारे । त्यसपछि उनी लुम्बिनी आए र बुद्धको शरण परे । आत्मशान्तिको खोज गरे । अशोक स्तम्भ खडा गरेर बुद्धमार्गी बने ।
बुद्धका देशका नेताहरुले जनयुद्ध, जनआन्दोलन गरे । लोकतान्त्रिक गणतन्त्र स्थापना गरे । यिनले भ्रष्टाचार जिते, अन्याय र अत्याचार, हत्या, अपराध, कूशासन, भ्रष्टाचार जिते । ७६ जना जेनजी पुस्ताको हत्या गरे । तैपनि यिनलाई आत्मग्लानी भएको छैन ।
राजनीतिक नेताहरुमा संवेदना भन्ने बाँकी देखिदैन । गैंडाको छालाजस्तो चेत बोकेर यिनीहरु अझैपनि कूशासन, भ्रष्टाचार, अपराधको राजनीति गर्न कस्सिएर लागेको देखिन्छ । नेपाली नेताहरुमा अमानवीयताले भरिपूर्ण छन्, यिनमा एकदिन मरिन्छ, मरेर केही लानुछैन, उज्यालो इतिहास लेख्नुपर्छ भन्ने विवेक नै छैन । सम्राट अशोक बन्न नसक्नेहरु दयापात्र हुन् । – डा.विनिता