
देशमा सबै काम कार्वाई औपचारिकता पुरा गर्न मात्र हुनथाले । केहि महिना पहिले अर्थात १५ भाद्र अर्थात ३१ अगस्थका दिन नेपालभरिमा राष्ट्रिय पुस्तकालय दिवस मनाएका थिए । बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाएपनि खासै जमघटका समाचारहरू सुन्न पाइएन ।
तर दाङको घोराहीमा १८औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पठन संस्कृतिको विकासका लागि पुस्तकालय बिषयमा एकदिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङले गरेको थियो । यो लामो समय भएपनि पुरानो भने भएको छैन । त्यो कार्यक्रमबाट फर्किए पछि मलाई पुस्तकालयको बारेमा केही लेख्ने मन लाग्यो । सवाल दिवस कसरी मनायौँ भन्ने होइन की पुस्तकालयको विगतको अबस्था र बर्तमानमा गरिने व्यवहारले पुस्तकालयको भबिश्य कस्तो होला भन्नेबारे हो ।
त्यो कार्यक्रममा अपक्षनुसारको उपस्थिति थिएन तर पनि कार्यक्रम भने सब्य रूपमा सफल भएको थियो । यो कार्यक्रमबाट एउटा कुरा के बुझियो भने सैद्यान्तिक छलबलका कार्यक्रमहरूमा राजनैतिक दल र सँग संस्थाहरूको यस्ता कार्यक्रमहरूमा खासै महत्व नदिने परमपरा नै बसेको छ । अहिले यस्ता कार्यक्रमहरूको आयोजना त हुन्छन् तर नेता साहित्येकारहरूको जमघट भने नगन्य अवस्थामा देखिन्छ । जे हौस जो जतीको उपस्थित् भएपनि राष्ट्रिय पुस्तकालय दिवस सानदार रूपमा सर्वोदयले मनाएको थियो ।
मैले सधैँभरी प्रत्यक्ष उपस्थित भएर हेरेका कार्यक्रमहरूमा प्रायःजसो सर्वोदय पुस्तकालय तथा वाचनालयले आयोजना गरेका कार्यक्रमहरू अनुशाषित हुनेगरेका हुन्छन् । त्यसमा पनि जन सहभागी बाहेक कार्यक्रम सब्य बनेको थियो ।
पुस्तकालय दिवसको बारेमा बिभिन्न आदर्णिय बुद्धिजीवीहरूको बिचार सुन्न पाइयो । यो ऐतिहासिक बिषय नै हो ।
पठन संस्कृत राष्ट्रिय पुष्तक दिवसको बारेमा नेपालमा १५ भाद्र वि.स.१८६९ पुस्तकालय सेवा प्रारम्भ भएको थियो ।
नेपालमा पहिलो विश्वविद्यालय खोल्ने मोहन शमशेरको घोषणालाई सम्झेर पुस्तक दिवसको लामू इतिहासको खोजविन गर्ने प्रयास गरेकाछन् । राणहरूकाल देखि अहिले गणतन्त्रको यो अभदिमा देशमा थुप्रै उथलपुथल भएकाछन् । तिनैको बिगत, बर्तमान र भविश्यलाई लिएर साहित्यकारहरू, वौद्धिक व्यक्तित्वहरू छलफल गर्नु श्रवण गर्नु र चिन्तिन् मनन् गर्नु स्वभाबिक हो । हरेक वर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवसको रूपमा मनाउने चलन छ । वि.स. २०६५ देखि भाद्र १५ गतेलाई पुस्तकालय दिवस पुस्तकालयका क्षेत्रमा भएका गतिबिधिहरू एवम् देशभरि पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ मनाउँदै आएका छौँ ।
यस अर्थमा नेपालमा पुस्तकालय स्थापना भएको पनि २१४वर्ष भयो । हामिले पुस्तकालय दिवस मनाउनै थालेको पनि अहिले १८ वर्ष नाग्यो । नेपालको इतिहासमा पुस्तकालय स्थापना भएको त्यती लामू समय भएको त छैन तर पनि २१४ वर्षको अभदिपनि छोटो भन्न सकिदैन । यो अभदिमा जो जति विकास हुनुपर्ने हो त्यती भएको छैन । सुस्त–सुस्त धिमि गतिमा भएपनि पठनपाठन र साहित्यिक क्षेत्रमा केही बिकास हुँदै आएको छ ।
परापूर्वकालमा गुरूकुल शिक्षाका साथसाथै मन्दिर विहार, गुठी तथा गुम्बाहरूमा शिक्षा दिने प्रचलन रहेको थियो । जस्तो ताम्रपत्र, भोजपत्र, शिलालेखजस्ता हस्तलिखित सामाग्रीको संग्रह गर्ने गरेको इतिहास पाइन्छ ।
खास गरेर राणासाशनकालमै मल्लकालिन (नेपालको एकीकरण पूर्वको बाइसे चौविसे राज्यकालिन) समयको राजधानी भक्तपुरमा सकोठा नामक पुस्तकालयको अस्तित्व रहेको हामिले पढ्न पाइन्छ । नेपालको एकीकरण पश्च्यत पृथ्वीनारायण शाह (१७७९–१८१३) ले बिभिन्न राज्यबाट प्राप्त भएका बहुमूल्य हस्तलेखित् पाण्डूलिपीहरूलाई वि.स.१८२७ तिर काठमाण्डौको हनुमानढोका दरबारमा सङ्कलन गरी राख्न लगाएको समय पछि मात्र नेपालमा एउटा पुस्तकालय बनाई १८६९ भाद्र १५ गते पुस्तक चिताई तहबिल नामक नेपालको प्रथम औपचारिक पुस्तकालयको स्थापना भएको मानिन्छ ।
यही स्थापना दिवसलाई आधिकारिक प्रमाण मानेर अहिले २१४ वर्षको समयावधी भित्र नेपाल अधिराज्यको जसरी विकास हुनुपर्ने थियो नभएको देखिन्छ । लेख रचनाहरू शासकिय आधारका उनिहरूकै गुणगानमा बितेका विशयहरू छँदैछन् । व्यवस्थापन बिषयमा पनि कञ्जुसाई गरेको देखिन्छ ।
तरपनि “निरौला यादवचन्द्र,राजिन्द्र विरविक्रम शाह (१८७०–१९३८)ले पनि वि.स.१८९८ अर्थात सन् १८४१ तिर उक्त पुस्तकालयमा पुस्तकहरू थप्दै गएकोले शाहा राजाहरू त्यो वेला शीक्षाप्रति उदार भएको देखिन्छ । यद्यपि त्यो पुस्तकालयमा “कार्की मधुसुदन“ तत्कालिन समयमा उक्त पुस्तकालयमा राजघरानाका सदस्य तथा उच्च विदेशी पाहुनाहरूको रहन्थ्यो । राणाकालिन समयमा पनि शिक्षा तथा पुस्तकालयको क्षेत्रमा केहि कार्य भएको देखिएता पनि त्यसले समाजमा उल्लेख्य परिवर्तन भने ल्याउन सकिन । जङ्गबहादुर राणाले हनुमानढोकामा रहेको सामाग्रीहरूलाई थापाथली स्कुलमा स्थानतरण गरी मुन्सिखान र जैसिकोठामा विभाजन गरेर राखेका थिए । वि.स.१९१० (१९००) मा विर लाइब्रेरी स्थापना गर्न लगाए व्यबस्थित रूपमा पुस्तकहरूको संग्रह गर्न लगाए भने देवशमशेरले सन् १९२८ मा उक्त पुस्तकालयलाई सर्वसाधारणको लागि खुल्ला गराएका थिए ।
त्यसरी के बुझ्न गारो प्रदैन भने समयको चापमा साशकहरूको शिक्षा प्रतिको झुकावपनि हुँदै आएको देखिन्छ । उनिहरूले जसरी शिक्षालाई आफू तिर ढाल्ने अर्थात आफ्नै स्वर्थको लागि प्रयोग गर्ने र आमा जनताहरूलाई शिक्षा द्वारापनि भ्रमित गर्ने कामहरू हुँदैआएकाछन् ।
सन् १९१८मा स्थापित भएको त्रिचन्द्र कलेजमा पनि पुस्तकालयको व्यबस्था भएको छ । यसरी कयौँ संघ संस्थाहरूमा पुस्तकालय लाइब्रेरीको स्थापना भएको छ ।
पछिल्लो पटकमा हालका प्रधानमन्त्री के.पी.शर्मा ओलीले आफ्नो निजी निवासलाई पनि ट्रष्ट मातहत रहनेगरी नेपाल सरकारलाई हस्तानतरण गरी सोही भवनमा पुस्तकालय निर्माण गरेको पनि जानकारीमा आएको थियो । यसरी यस्ता पछिल्लो समयको सुखद् र सकारत्मक पक्ष हुन् ।अहिलेको अबस्थामा नीजि तथा सरकारी क्षेत्रहरूमा पुस्तकालयहरूको व्यबस्था गर्ने काम बिस्तारै हुँदै आएको छ ।
आजको अबस्थामा जहाँ मोबाइल नेट र बिभिन्न एपहरूको सञ्जालको भिडमा पनि कयौं पुस्तकालयहरूले आआफ्ना पुस्तकालयहरूलाई व्यवस्थित बनाउन प्रयासरत छन् ।यसतो व्यवहार सकारत्मक हो ।
तर पनि हाम्रा सन्ततिहरूले पुस्तकालयमा ध्यान नदिनु पुस्तक भन्दा नेटमा बढी व्यस्थहुनु भनेको नकारात्मक पक्ष पनि छ । त्यो भन्दा पनि उनीहरूले अध्यायन गर्ने सामाग्री कस्तो छ ? त्यसको अध्ययनबाट उनीहरूलाई साररिक र मानसिक रूपमा त्यसको असर कस्तो परेको छ । त्यस बारेमा पनि सजग हुनुपर्ने हुन्छ ।
स्कुलका पाठ्यपुस्तक घोकेर मात्र पनि विद्यार्थिहरूलाई फाइदा हुँदैन । आजको प्रतिस्प्रदात्मक अबस्थामा डिग्री भन्दापनि नाँलेज त्यो पनि शारीरिक मानसिक रूपमै पर्खर निपूर्णतता हुनुपर्दछ । घोकन्ते विध्याले मात्र उनीहरू पूर्णरूपबाट शिक्षित् हुन कठिन हुन्छ । त्यसैले पाठ्यपुस्तक घोक्नुको सँगै व्यवहारिक पक्षमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
हामीले विगतका इतिहासबाट शिक्षा लिएर बर्तमानमा आफ्नो राष्ट्रियता र स्वतन्त्रताको हितका लागि के कस्ता योजनाहरू बनाउने भन्ने बारेमा सचेत हुनुपर्दछ । त्यो अध्यानले नै गराउँने छ ।
हिंजोका दिनहरूमा आफूले चाहेका पुस्तकहरू भेट्न असाध्य गारो हुन्थ्यो । एउटा दार्शनिकको जीवनी समेत खोज्न राजधानी पुग्नु पर्द थ्यो अथवा विदेश जानुपर्दथ्यो । तर आज हाम्रै बाजारमा पुस्तकालयहरू छन् जे भन्यो त्यही पुस्तक पाउन सक्छौँ । त्यो मात्र होइन आज सर्वोदय पुस्तकालय तथा वाचनालय जस्ता संस्थाहरूले पुस्तक निसुल्क रूपमा अध्यान गर्नसक्ने बातावर्ण तैयार पारिदिएको छ । यो वाचनालयमा निशुल्क पुस्तिका लिएर अध्यान् गर्न पाउनुहुने छ । यसरी आजको अवस्थामा गरिब श्रमजिविहरूले पनि अध्यान गर्न चाहेमा सित्तैमा अध्यायन गर्न सक्छन् । यसरी बुझ्ने हो भने आज नेपालको इतिहासमा करिव दुईसय वर्ष पछिको अवस्था एक प्रकारले गुणात्मक रूपमा विकास गर्न सफल भएको छ । त्यो विकास भनेको अपक्षकृत होइन । अझैपनि पुस्तकालय राम्रो ढङ्गबाट व्यवस्थित हुन सकिरहेको छैन ।
पुस्तकालय विगतमा कसको सेवामा खटिएको थियो ।बर्तमानमा यसको शिक्षाको स्वरूप कस्तो छ?र यो शिक्षा प्रणालिको भविष्य कस्तो हुनेहोला ? यही बिषयबस्तुमा आधारित यो छोंटो लेख हो । जसलाई हामिले माथि विस्तारपूर्वक बिचार गरिरसकेका छौँ । हामीले भविश्यको जग अहिले नै बलियो गराउन सके हाम्रो पुस्तकालयको मात्र होइन हाम्रो समग्र चौतर्फिए रूपमा शिक्षा प्रणालीलाई व्यबस्थित गर्न सकिन्थ्यो ।
वौद्धिक बर्गले बिगतको गहन खोजमूलक अध्यायन अनुसंधान गरेर निश्पक्ष्य रूपमा भावी योजना बनाएर जानुपर्दछ । हाम्रो समाज कतै प्रगतिसिलको नाउमा छाडा हुने र संस्कारी बन्ने नाउमा अत्यन्तै संकीर्ण प्रकारको बिचार रूढीवादी र काम नलाग्ने खालकालाई पनि जोगाउने प्रयात्न गरेको देखिन्छ । यी दुबै बिचारधारा गलत हुन् ।
समाजमा परिवर्तन हुनुपर्छ नराम्रोको ठाउँ राम्रोले लिनुपर्छ नकारत्मक बिचारबाट सकारत्मक बिचारमा पुग्न सक्नुपर्छ । त्यसैले राणा राजा वा गणतन्त्रवादी जुनसुकैले पनि गरेको राम्रोकामको सम्मान र शम्रक्षण हुनुपर्द छ । कसैले पनि हाम्रो भन्दा राम्रोको पक्षपोषण गरौँ । राजनीतिमा लागेकाहरूले पनि यस्ता कार्यहरूमा निरन्तर भागलिने र ज्ञान आर्जन गर्ने प्रयास गर्नुपर्दछ ।
आजको अवस्थामा साहित्यिक क्षेत्रमा भाषा शिक्षा र देशभक्ति भावनाका रचनाहरू लेख्ने र वाचन गर्ने अध्यान र अनुसन्धान गर्ने परमपरा छ ।तर राजनैतिक सक्टरमा जसलाई अध्यान्को अत्याधिक खांचो हुन्छ उनिहरूनै यस्ता कार्यबाट बिमुख हुने गर्दछन् । अर्थात आफ्नै पार्टीका पुस्तकहरू बाहेक अन्य पत्रपत्रिकाहरूको अध्ययन नगर्ने बिस्वास नगर्ने र आफ्नै सही भनेर ठोकुवा लगाउने कठमूल्लावाद बिचारधारा बनेका हुन्छन् । जसले उनिहरूलाई अपरिपक्क र गैरजिम्मेदाराना बनाइदिन्छ ।
हाम्रो घोराहीको बजारमा स्थित सर्वोदय पुस्तकालय तथा वाचनालयबाट हामीले धेरै शिक्षा हासिल गर्न सक्छौँ । निशूल्क पुस्तकहरू अध्यायन गरेर । बालबालिकाहरू समेतलाई उपस्थित गराएर अध्यनशील र सचेत बनाउन सकिन्छ । हामीले राम्रो बाटो नपछ्याउनु भनेकै नराम्रो बाटोमा हिंडेको हुन्छ ।


