मदनकुमार दाहाल –
लाश अर्थतन्त्रको कालरात्रि
अहिले नेपाल अत्यन्त संकटको घडीमा छ। 'क्यासेटप्लेयर'को पसल झैं १८७ दलहरू निर्वाचन आयोगमा दर्ता रहेको पुष्टि हुन्छ। निकृष्ट स्वार्थ प्रेरित गठवन्धनको दलदलवाट उत्पन्न म्यादी सरकारको हठात आगमन र विना कुनै परिणाम शीघ्र पतनले राजनीति सजिलै कमाई खाने भाँडोमा परिवर्तन भएको छ। राजनैतिक अकर्मण्यताले गर्दा जनतामा सरकारप्रतिको विश्वसनीयता समाप्त भएको छ र नेताहरूप्रति घोर वितृष्णा फैलिएको छ। मानव निर्यात र 'रेमिटेन्स'मा सम्पूर्ण बेरिएको 'लासको अर्थतन्त्र' मा आश्रृत नक्कली विकासको कुचक्रमा नेपाल विश्वको एउटा अत्यन्त गरीव मुलुकको रूपमा दर्ता भएको छ। तर यो परिस्थिति र सन्दर्भ नितान्त नविन शृंखला होइन र यो 'कालरात्रि' खण्डको पटाक्षेप कहिले हुने हो? किटान गर्न गाह्रो छ।
संविधानको चीर हरण हुँदैछ
– निकट भविष्यमा 'संविधान चीर हरण' को डरलाग्दो दृश्य संयोजन हुंदैछ। समाज विशृंखलित भएको छ। राज्यमा अराजकता र दण्डहीनतालाई प्रश्रय र प्रोत्साहन गरिएको छ। अनुशासन सम्पूर्ण रूपमा भंग भइसक्यो। दुई ठूला भीमकाय अर्थतन्त्र भएका छिमेकी मुलुकहरू सँगको सम्वन्धमा न्यानोपन पुनर्जीर्िवत गर्ने संदर्भ चुनौतिपूर्ण रहेको छ। नेपालमा अहिलेको परिस्थितिमा राजनीति, अर्थतन्त्र, सामाजिक सद्भाव लगायत समष्टिगत संदर्भ अवमूल्यन भएको छ, स्थिति नियन्त्रण भन्दा वाहिर गइसक्यो। जनतामा घोर निराशा र उदासिनता व्याप्त छ। जनताले धेरै दुख कष्ट झेलि सके। शासन जनतामारा बनेको छ, निरीह जनताको के दोष?
युवा जाग्नैपर्ने बटमलाइन
– सत्तामा पटक पटक विराजमान नेताहरूको अव पनि समयमै चेत नखुले, नसुध्रे, वुद्धि नपुगे राष्ट्र र जनता ठूलो जोखिममा पर्न जाने खतरा वढेर गएको छ। अव युवा पीढीले एउटा सुरक्षित, स्थीर, शान्त र आर्थिक रूपले सम्वृद्धिशाली नेपाल निर्माण गर्ने जिम्मेवारी वहन गर्नैपर्दछ। यो अन्तिम 'बटमलाइन' चुनौति हो।
कूटनीतिक नाङ्गोपन
– नेपाल–भारत सम्वन्ध अत्यन्त चिसो र निम्नकोटीको रहेको मौजुदा नेपाल–चीन सम्वन्ध यथार्थ र परिणाममुखी भन्दा आदर्शमा सीमित रहेको वेलामा कुनै ठोस 'होमवर्क' र कुन–कुन विषयमा कुरा गर्ने त्यसवारे पूर्ण आधिकारिकता विना नेपालवाट वेग्ला वेग्लै दुई असम्वन्धित मन्त्रीहरू भारतमा गृहमन्त्री र चीनमा अर्थमन्त्री पठाउने निर्णय गर्न145 नेपाली कुटनीतिको स्तर अपरिपक्व रहेको मात्र होइन घोर असफलताको प्रतिक पनि हो तथा नेपाल राष्ट्रलाई नै भारत र चीन पक्ष भनेर विभाजन गर्ने ठूलो षडयन्त्र हो। चीन र भारतका राष्ट्रपतिको भ्रमण गराउने होड चलाउनु अर्को गल्ती हो।