उपेन्द्र प्रेमी- राजनीतिको कखरा पढेर मात्रै नेता होइँदैन। जेलनेल, क्रान्ति र आन्दोलनको बिल्ला भिर्देमा पनि कुशहल नेता होइने होइन। अझ मुलुकको राज्य शासन सञ्चालनक निम्ति त निकै साधना समझ, गहन चिन्नको जरुरत हुन्छ। राजनीति र राज्य व्यवस्था बुर्लुक्क उफ्रेर वा बकम्फूस गफ गरेर निर्वाह हुने होइन। तैपनि हामीकहाँ राजनीति र राज्य सञ्चालन विधि प्रक्रिया हलुका ढंगले लिइन्छ। अन्त्र फिट नभएपछि टपर्टुइया ढंगले राजनीतिमा लाग्दा हुन्छ। त्यसमा फट्याइँ झूट लाटलुट चाटचुटको विधि प्रवृत्ति र गति भए भैहाल्छ भन्ने ठानिन्छ। त्यसलैले शैलमा चल्ने राजनीति र राज्यविधिले मुलुक र मुलुकवासीको भलो गर्दैन। श्रेष्ठतम नीति एवं उपयुक्त रीति र प्रवृत्तिद्वारा चल्ने चलाइने राजनीतिले मात्र टिकाउको गतिलो राज्यविधि व्यवस्था बसाल्छ।
बतासे सपना र हावादारी परिवर्तनको रफ्तारलाई नै राजनीति भनिन्छ। अनि बेथिति र अनीतिबाट बहकिने नेताहरु नायकका रुपमा चित्रित त हुन्छन् तर तिनबाट सम्पादन हुँदैजाने कार्य विधिले कुनै ठोस रुप आकार र सार दिदैन। बितेका सात दशक यताका अनेक परिवर्तन रुपरंग र अनेक खालका नारा प्रतिवद्धताले कुनै अर्थकारी परिणति दिन नसक्नुमा राष्ट्रिय नेतृत्व तहको त्यस्तै नालायकी नै प्रमुख कारण ठानिन्छ। राष्ट्र हाँके नेता र समाज बदल्ने अगुवाहरुमा ठोस सुझबुझ, ज्ञान, विवेकशी शैली चरित्र र स्पष्ट दिशावोध हुनुपर्दछ अनि न परिवर्तनकोप्रतिफल प्राप्त हुन्छ।
जता पद त्यतै पदचाप, जता लाभ त्यतै हानाथाप गर्ने खालको राजनीति राजनीति त होला तर त्यो दिगो दरिलो, शाश्वत, श्रेष्ठ नीति ठहर्दैन। व्यक्तिको राजनीतिले कुनै व्यक्ति बर्ग र आफन्तहरुको क्षणिक स्वार्थपूर्ति गर्ला तर सिंगो समाज र समग्र राष्ट्रको दिर्घकालिक हित त्यसले गर्दैन। एकछिनको न्यानो र क्षणिक समय गुजार्ने बाटो मात्र हो, त्यसलेक 145नै लामो राजपथ तयार गर्दैन। फेरि भत्किने, फेरि बनाउन खोज्ने, फेरि बिगार्ने खेलमात्र हुन्छ त्यो। सधैंको झेलको त्यस्तो खेलले कुनै बाञ्छित फल दिदैन। २००७ साल अघिदेखि त्यस्तै घामछायाँ, दायाँवायाँ र टेढोमेढो ढाँचामा गुजि्रएको छ राजनीति, विधि।
ज्ञानीगुनीहरु, सन्त शालीन मुनी जनहरु विवेकवान र दृढनिश्चयीहरु राजनीतिमा ओर्लिनुपर्छ। उनीहरुको त्याग तपस्या, साधना र साथ संगति राज्य व्यवस्थाले पाउनु पर्दछ। अनि न समाज बन्छ, देश सप्रन्छ, मुलुक गतिमान भएर अघि बढ्छ। तर ढाँटढुट, छलछाम निरन्तरको परिपाटी र कोरा नारावाजीको राजनीतिमा त्यस्ता पात्र चरित्रहरको संलग्नता हुँदैन, त्यस्ताहरुको सक्षमता, विवेकशीलता तथा दूरदर्शिता प्रस्तुत हुनै पाउँदैन। जो बुर्लुक्क उफ्रन्छ, झलक्क देखिन्छ अनि केही झुल्काझुल्की छाल, भेल र आहाल बगाएर आफै बिलाउँछ, त्यस्तो मुलुकले कुनै गति लिदैन, जनताले कुनै संप्राप्ति गर्दैन। राजनीति र राज्य व्यवस्था यस्तै भेल, छाल, बाढीपहिरो, तापव्यवथा र प्रकोपमै गुजि्रएको छ, नेपालमा वर्षौंदेखि।
सरकार बनाउने, गिराउने, नयाँ नयाँ समीकरण बनाउँदै भत्काउँदै गर्ने र सँधैभरीसत्ता सिंगौरी गर्दै जाने प्रक्रियाले हाम्रो राजनीति शासन शैली सदैव अस्थिर संक्रमण र अन्तरीम बनिआएको छ। मौकामा चौका दाउ गर्नेहरुले यसलाई डेमोक्य्रासीको ब्यूटी भने पनि त्यसले जनमनलाई कुनै सौन्दर्य उत्साह दिन सकेको छैन। हरेक व्यवस्था प्रवन्ध र परिपाटीप्रति जनतामा घोर बितृष्णा निराशा कुण्ठामात्र व्याप्त छ। बुर्ल145क्क उफ्रेर र बिनामेसै पुनर्संरचना, बिघटन र संशोधनको जति नै आँधीबेहरी ल्याए पनि त्यसले कुनै गतिलो गर्विलो र गणनीय खालको परिणाम प्रस्तुत गरिरहेको छैन। यसै क्रममा मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा आइपुगेका प्रचण्डले पनि अब बाँकी साँढे आठ महिनाको अवधिमा के नै लछारपाटो लगाउने हुन्? जताततै प्रश्न, आशंका र संकोचमात्र छ। विभिन्न दल समूह र आकार प्रकारलाई भागशान्तिमा सामेल गराएर बनेको नवगठजोडको यो सरकारसँग जनसरोकारका विषयमा कुनै तात्विक सार निस्कने कुरामा भर र आधार देखिदैन। विस्तार गर्दै लम्पसार पर्दै समय बिताउँदै जाने बाहेक यसबाट पनि राम्रो परिणामको के पत्यार गर्नु?
लोकतान्त्रिक र गणतन्त्रात्मक भनिने अहिलेको राज्य प्रणालीमा कुनै प्रकारको दूरगामी दृसष्ट देखिन्न। हतार हतारमा लतरपतर गरेर टालटुले तथा ढुलमुले राजनीति गर्नु र गाईजात्रे शासन व्यवस्था चलाउनु नै वर्तमानका नायकहरुको नीति नियम बनेको छ। विश्वकै उत्कृष्ट संविधान बनायौं भनेर ६–८ महिना अघि कुर्लनेहरु एकवर्ष नहुँदै यता पनि भएन, उता पनि भएन भनेर फेरिभ्वाङ टाल्ने स्वाँङमा लागेका छन्। अहिले नेताहरु प्रत्यक्ष कार्यकारी राष्ट्रपति, संघीयतामा पुनर्विचार र हिन्दु राष्ट्रमा विवेकको पक्षमा संविधान बदल्ने, खोतल्ने, खोजतलासमा छन्। केही जनवादी भन्ने गणतान्त्रिक नेताहरु शिष्ट भद्र र उदार तानाशाही प्रणालीको सोचमा पनि पाइन्छन्। मौकामा बुर्लुक्क उफ्रने र अनि पछि हुँदा पछुताउँदै पुच्छर लुकाएर यो खालको स्थितिले नेपाललाई देख्न बुझ्ने सचेत नेपाली बन्धुबान्धव समझादर विदेशी मित्रहरु सबै तीन टकमा छन्। सारा जगै हँसाउने यस्तो चर्तिकला राज्य व्यवस्थामानभै दिए राम्रो....।