
सुरेशकुमार पाण्डे----------------
हामी सुरू देखि विज्ञानलाई प्रयोग गर्दै आएका छौँ तर त्यसलाई विज्ञान होइन ईश्वरको चमत्कार ठान्दछौँ ।
एउटा ढुङ्गामा फलामको टुक्रा उलेनी (छट्के)लाई टुक्राएर झुलमा आगो बाल्ने हामी नै हौँ, त्यो पनि विज्ञान हो । झुल बनायौँ, उलेनी बनायौँ र त्यसबाट आगो पनि हामी आफैले बाल्यौँ । तर बिडम्वना त्यसलाई हामीले चमत्कार सम्झियौँ । एउटा गरूङ्गो ढुङ्गालाई गुलट्याउन साप्लो प्रयोग गर्नुपनि त साइन्सनै हो । यहाँसम्म की घाँस दाउरा काट्न बनाएको हतियार पनि त विज्ञान नै हो ।हामी ढुङ्गे युग देखि प्राकृती जगत सँग जुझ्दै आएका छौँ र समयनुसार शङ्घर्षका नयाँ नयाँ औजार बनाउँदै आएका पनि छौँ । यी सबै ज्ञान विज्ञानका श्रोतहरू हुन् । मादलमा, ढोलमा खरी लगाउने पनि त साइन्स नै हो । एउटा चरालाई पानी तिर्खा लाग्यो भने आफ्नो चोंचले पानी पुग्न सकेन भने स–साना कंकट् पत्थर त्यसमा हालेर पानी माथि आउँछ भन्ने कुरा कसरी पत्ता लगायो ? एउटा पंक्षी समेते आफ्नो दिमाखले श्रोत पत्ता लगाएर आफ्नो आवश्याकताको समाधान गर्न सक्यो ।
गहुँथलीले माटोबाट सुन्दर घर निर्माण गर्छ भने हामी त यो चराचर जगतका हजारौं जीव जन्तुहरू भन्दा सुवेकसिल र चेतनसिल प्राणी हौँ । किन हामिले आफै गरेको कलाको श्रेय अदिश्य काल्पनिक शक्तिलाई दिनेगर्छौँ ? जबकी त्यसको कतै अस्तित्व देखिदैन मात्र कल्पनामा भूत यस्तो थिएहोलान्, देवता यस्ताथिए होलान् भनेर आफै तिखार्छौँ अनि आफै उनैमा विश्वास गर्छौँ । कल्पना गर्न र चमत्कार पर्खिन सजिलो हुन्छ तर कुनै पनि बस्तुको परिकल्पना गरेर त्यसलाई खोज्नु अनुसन्धान् गर्नु भनेको कठिन काम हुन्छ । वुजुर्वा विचारधारा अप्नाएका हरूलाई कति सजिलो हुन्छ राजनीति गर्न । जे सोधेपनि तथास्तू भने पुग्यो तर ठूलो कठीन र रहश्यत्मक हुन्छन् वैज्ञानिकहरूले खोजबिनगर्ने जटिल बाटाहरू । उनिहरूले किन छोपेका हुन्छ कठिन र जटिल कष्टकर मार्ग ?
वास्तबमा निश्चित रूपमा सत्य र तथ्यलाई मानव समाजको माझमा ल्याउन नै उनिहरूले अप्ठारो बाटो रोजेका हुन्छन् । उनीहरूले प्राकृतिक जगतमा कुँदेर सत्य कुरा खोतल्छन् भने आध्यात्मवादीहरूले यिनै काल्पनिक शास्त्रको प्रचारमा समय खेरा फाल्छन् । भंदैनभएको मिथ्य विचारको जोगेर्ना गर्न सक्यासम्म झुटा र दन्तेकथा हाल्छन् । अध्यात्मकवादीहरू सबै त्यस्ता छैनन् होला, कयौं इमानदारपनि छन् तर नीतिगत रूपमा हेर्दा उनिहरूले देखाएको बाटो भ्रामिक र तथ्यहिन हो । हामीले कयौं विज्ञानिकहरूको जीवनी अध्यान गर्दा उनिहरूले आजीवन निस्वार्थ सङ्घर्ष गरेको पाउँछौँ ।
आज मानव समाजले जति सुःख सुबिधा प्राप्त गरेको छ त्यो सबै विज्ञानको परिणाम हो । उधारणका लागि फरवÞरी १९ सन् १४७३ मा जन्मे र १४में १५४३ यूरोपमा मृत्यु भएका पौलेण्डका निकोलस कोपरनिक्स खगोल शास्त्री उनले करिव १५०० वर्ष पुरानो टालमिको गलत धारणा विचार जरैबाट ओखलेर फालेका थिए । उनले आकाशीय खगोल परिक्रमा बारे नामक पुस्तकमा लेखेका थिए ।उन्लाई ठिक लेखेकोमै पनि धेरै मानसिक चिन्तित् बनाए र उनि चिन्तित् भए ।
अन्तमा उनले एकजना मित्र हिडेमानगाइसिरले हिम्मत गरेर सन् १५४३ मा यो पुस्तकलाई प्रकासित गराएका थिए । आज यो अवस्थामा पनि सही बोल्न गारो छ भने त्यो बेलामा वैज्ञानिक सत्य तथ्यलाई बोल्न समेत कति कठिन थियो होला ?
जव यो पुस्तक प्रकासित भएर उनको हातमा पुग्यो त्यो बेला उन्ले जीवनको अन्तिम घडी गन्दै थिए । लगत्तै २४ में १५४३ मा उनको मृत्यु भयो ।
उनको परिकल्पना अर्थात खोज भनेको सर्वप्रथम यो ब्राहमण्डलाई खोज पुरागर्नु थियो र गरे पनि । सन् १४९९ मा उनी रोम विश्वविद्यालयका खगोल शास्त्रका प्राध्यापक भए तर चार वर्ष पछि उनले त्यो नोकरी छाडेर पौलैण्डको गाउँमा ईसाई धर्मको प्रचारक बने ।
गैलिलियो गैलिली– १५फरवÞरी सन्१५६४मा ईटालीको प्रशिद्ध नगर पिसा ( हाल फ्रन्स) मा उनको जन्म भएको हो ।उन्ले कोपरनिकसकै सिद्यान्तमा टेकेर सन् १६१६मा शूर्यको स्थिरता र पृथ्वी घुम्ने बारे बताए पछि त्यसको दुई दिन पछि चर्चका अधिकारीहरूले गैलिलियोलाई चेतवानी दिंदै यो विचार गर्न बन्द गर्ने आदेश दियो । उनले गैलिलियोले पनि सन् १६३० सम्म यस सिद्धान्तको बारेमा कतै सार्वजनिक गरेनन् । थप अध्ययन जारीनै राखे ।
कथित धार्मिक ठेकेदारहरू विकास र तथ्य पत्ता लगाउन बाधक बनेको माथिको कथनले पनि प्रष्ट पारेको छ । जसमा केही गर्ने हुट्हुटी हुन्छ त्यो कुनै अड्चनको सामना गरेर पनि अगाडी बड्द । गैलिलियोले आफ्नो प्रसिद्ध पुस्तक म्ष्बयिनभक ऋयलभचचलष्न तजभ तधय उचष्लअष्उब िब्थभनब mभ या धयचमि धार्मिक न्यायलयमा उदघोष गरेका छन् ।
यस पुस्तकमा उनले आफ्नो विचारलाई खोलेर प्रतिवादन गरेका छन् ।यही विचारलाई आधार बनाएर उनीमाथि अभियोग लगाईयो र ७०वर्षका दार्शनिकलाई न्यायलयमा बोलाइयो र उनीमाथि दवाब दिइयो की यो आफ्नो कथन झुट हो भनेर माफी मागे माफ गरिने छ । अन्यथा कारावास हुने छ ।
तर गैलिलियोले उक्त कथित न्यायलय चर्चको आदेशलाई ठाडै अस्वीकार गरे ।आफ्नो भनाइमा उनि सतिसाल झैं अटल रहे । जसको लागि उन्लाई कारावासमा थुनियो ।उन्लाई सही बोलेकोमा र सत्य विचारमा आफ्नो अडान राखेकोमा कठोर डण्ड सजाय मिल्यो । एकजना सत्यमा आधारित विचारलाई दबाउन कथित् धार्मिकहरू कहाँसम्म गिर्दा रहिछन् भन्ने कुराको यो प्रतिनिधि मूलक एउटा प्रमाण हो ।यस्ता घटनाहरू त्यो भन्दा पहिले र पछिसम्म अँझै पनि कुनैन कुनै रूपमा हुँदै आएकाछन् ।
सन् १६३७ मा उनि जेलमै अंधा भए र पछि ८ जनवÞरी सन् १६४२ मा त्यही जेलभित्र नै उन्को मृत्यु भयो । उन्को मृत्युको केही महिना पछि न्यूटनको जन्म भएको थियो । पछि सधैँ पोपको निगरानीमा रहनेवÞाला बेटिकन सीटी स्थित ईसाई धर्मको सर्वोच्च सस्थानले सन् १९९२ मा यो स्वीकार गरेको थियो की गैलिलियोको मामिलामा निर्णय गर्दा उनिहरूसँग गलती भएको थियो । यसप्रकारले एक महान खगोल विज्ञान, गणित्यज्ञा, भौतिक बिद्ध दार्शनिकको सम्वन्धमा १६३३ मा जारी गरिएको आदेश आफूले गरेको भूललाई स्वीकार गर्न चर्चलाई साढे तीन सय वर्ष भन्दा बढी समय लाग्यो ।
यस्ता कयौं घटनाहरूको त लेखाजोखा नै छैनन् । हाम्रो नेपाल जस्तो देशमा त अहिलेपनि विज्ञान सेतो हात्ती प्रमाणित भएको छ । यद्यपि आज हामी उभिएको धर्ती पनि विज्ञानको भौतिक नमुना हो । अहिले विश्वमा विज्ञानले गरेको चमत्कार भन्दा कम छैन् । एउटा बटन थिचेर संसार अबलोकन गर्न सकिन्छ ।
हिंजो हामीले सपनामा पनि नदेखेको न चिताएको आज उपभोग गरिरहेका छौँ । तर पनि हाम्रो मष्तिकमा बसेको भूतप्रेतले विकासमा अगाडी बड्न दिएको छैन् । आजपनि हामीले भौतिक विचार अप्नाउन धेरै पटक सोंचेका हुन्छौँ । एउटा वाइक किनेपछि त्यसको पुजा गरेर त्यसमा ध्वजा बनापछि दुर्घटना हुँदैन भनेर ढुक्क हुन्छौँ । दुर्घटना किन भयो ? किन हुन्छ त्यसबारे अध्यायन गर्ने सामथ्र्यनै छैन । किनकी कपासका बनौरा र एउटा टालो बाँधे सबै शक्ति समायोजित हुन्छन् भन्ने मनस्तीले गर्दा दुर्घटना हुँदै आएको छ ।
हाम्रो देशमा ६५ प्रतिशत पहाड छ, जोखिमयुक्त यात्रा छ तर सवारी साधनको मरमत् गर्नुको साटो पुजा गरे ढुक्क हुन खोज्दा भएको दुर्घटनालाई भाग्य ठान्छौं ।
संसारका मानिसले वैज्ञानिक बन्न एउटा स्याउ रूखबाट खस्यो भने त्यसमा सोध गर्छन् ।अनि त्यो रूखबाट चुँडिएको स्याउ माथि नगएर तल किन खस्यो भन्ने कुराबाट न्यूटनले सोध गरेर गुरूत्वकार्षण पत्ता लगाए । त्यो पत्ता लगाउन उन्ले ठूलो अध्यायन र सोध गर्नुपर्यो । यदि हामी भएको भए के गथ्र्यौँहोला ? पक्कै पनि त्यो खस्नुमा भगवानको लिला भनेर मख्ख पथ्र्यौँ । अनि गुरूत्वमकर्षण कसरी पत्ता लग्थ्यो ? तर थुप्रै ब्यक्ति अधयनसिल हुन्छन् ।त्यसकारण उनिहरूमा केही गर्ने हुटहुटी पैदा हुन्छ । विश्वका थुप्रै मानिसहरूमा यस्तो हुट्हुटी छ त्यसैले आज टेक्नोलोजी र सञ्चारले आकास छोएको छ । एउटा देशको वैज्ञानिक त्यो देशको मात्र हुँदैन बरू त्यो एउटा विश्वको सतम्ब हुन्छ ।जसबाट मानिसहरू वा स्वायम वैज्ञानिकहरू उसको पथमा हिंड्छन् । विज्ञानको विकास गर्छन् । विज्ञानका बिभिन्न साखाहरू छन् मानव विज्ञान समाज शास्त्रि र भूगोलविद लगायतका खोजकर्ताहरूले आफ्नो लागि होइन विश्वका तमाम मानवहरूका लागि आजीवन सङ्घर्ष गर्दै आएका हुन्छन् ।
कथित धर्मात्माहरूले सिधै महिंलालाई सति जान लगाए त्यो अपराध थियो । त्यसको बिरोध गर्नेहरू माथि उनिहरूले दुश्मन सरहको व्यवहार गर्दै आए ।यद्यपि त्यो एक प्रकारले अपराध थियो ।समाजमा जानि नजानि यस्ता कयौँ अपराधहरू हुने गर्छन् त्यो धर्म र परमपराकै नाउमा हुन्छ ।
बिभिन्न देशका आआफ्नै परम्परा, धर्म रितिरिवाज हुन्छने, भौतिक विचार भनेको साझा मञ्चजस्तै हो । त्यसलाई मैत्रिपूर्ण रूपमा छलफल गर्नुपर्दछ भन्नेमा बिश्वास राखौं ।


