
उपेन्द्र यादव र महन्थ ठाकुरवीच तानातान, हानाहान, आरोप प्रत्यारोपपछि दुबैजना आआफूले नेतृत्व गरेको जसपा नेपाल र लोसपा नेपाललाई एकीकरण गराउन सफल भएका छन् । एकीकरणको घोषणा भएको छ । यी दुबै नेता र दुबै पार्टी मधेस केन्द्रित पार्टी हुन् । आइतवार भएको यो निर्णयले मधेशवादी दलहरूलाई पनि निर्वाचनले छोएको देखिन्छ । दुबै पार्टीका दुबै नेताले सही गरेपछि प्रचारित विज्ञप्ति अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न र संघीयता, पहिचान, समानुपातिक समावेशिता एवं सामाजिक न्याय जस्ता अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउन एकीकरण गरिएको उल्लेख छ ।
विज्ञप्तिमा अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गरिएको उल्लेख भए पनि यी दुबैको गुट र फूटको इतिहास छ ।


