– प्रधानसेनापति राजेन्द्र क्षत्री
काठमाडौं तराई जोड्ने फास्ट ट्रयाक नेपाल आफैले निर्माण गर्ने कि भारतीय ठेकेदारलाई दिने भन्ने रस्साकस्सीवीच नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुख खोलेका छन्। भारतलाई किन गुहार्ने? कठिन काम सेनालाई जिम्मा दिनुहोस्, सेनाले सम्पन्न गर्छ। नेपाली सेनाको यो अभिव्यक्तिले नेपाली सेना राजनीतिक स्थिरता र विकास, शान्ति र सम्पन्नताको पक्षमा छ भन्ने सबैले बुझ्नेगरी, सुन्ने र देख्नेगरी आफूलाई अगाडि सारेको छ।
फास्ट ट्रयाक नेपालले आफै निर्माण गर्नुपर्छ भन्ने पक्षमा दोस्रो ठूलो दल एमाले उभिएको छ। एमालेले यही चालुवर्षका लागि १० अर्व बजेट छुट्याएको पनि हो। तर, सरकार बदलियो र सरकारको नेतृत्व गर्न पुगेका माओवादी अध्यक्ष प्रचण्ड भारतसँग सम्बन्ध सुधार गर्न फास्ट ट्रयाकको जिम्मा भारतलाई दिएर नाफा भारतीयलाई र नोक्सान नेपालले बेहोर्न तैयार छ भन्ने पक्षमा उभिदा ठूलै राजनीतिक द्वन्द्व निम्तिने खतराका संकेतहरु देखिएका बेलामा सेनाले कठिन काम गर्न सक्छ, नेपाली सेना कठिन काम गर्न तैयार छ भनेर स्थितिलाई सम्हाल्ने प्रयास गर्दैछन्।
हुनपनि मध्य र सुदूरपश्चिमका कठिन राजमार्गको निर्माणमा सेनाले आफूलाई अब्बल देखाइसकेको छ भने फास्ट ट्रय्राकको ट्रयाक खोल्ने काम पनि नेपाली सेनाले सम्पन्न गरिसकेको छ। निर्माण व्यवसायी कम लागतमा काम गर्न सकिन्छ भनिरहेका छन्, सेना तैयार छ भने किन भारतलाई भेटी चढाउने?