Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

प्रचण्ड, निधिकै पछि लाग्ने? – धर्मरत्न श्रेष्ठ –

२० सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

बाउभन्दा छोरो जान्ने, खुकुरीभन्दा कर्द हान्ने? यस्तै देखिएको छ– फास्ट ट्रयाक भारतलाई दिने सम्बन्धमा। प्रधानमन्त्री पुष्पकमल दाहाल छन् तर दिल्ली पुगेर निर्णय गरेर आउँछन् विमलेन्द्र निधि। यी निधि नेपाली कांग्रेसकै नेता हुन्? कांग्रेसी नेताले घाटाजति नेपालले बेहोरेर भारतीय कम्पनीलाई फास्ट ट्रयाक बनाउन दिन्छु भनेर किन भने? यसअघिको ओली सरकारले नेपाल आफैले बनाउने निर्णय गरेर बजेट समेत छुट्यायो। त्यसपछि नेपाली सेनाले गाह्रो काम हाम्रो जिम्मामा दिए हुन्छ भनेर सरकारको ध्यानाकर्षण गराए। नेपाली निर्माण व्यवसायीहरु ७६ अर्वमै काम गर्न तैयार भएको जनाउ दिइरहेका छन्। अहँ सुन्दैनन् निधि। कांग्रेस सभापति नेपाल आफैले फास्ट ट्रयाक बनाउन नसक्ने भनिरहेका छन् र उनका निकटका नेता भारतलाई नै बनाउन दिनुपर्छ भन्छन्। यी कस्ता नेता? 
भदौ ३१ गते दिल्लीमा महत्वपूर्ण सन्धि हुने भनिएको छ। फास्ट ट्रयाकको निर्णय र अन्य राष्ट्रघाती सन्धिहरु हुने त होइनन्? फस्ने भए प्रचण्ड?