Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

राष्ट्रिय सभामा मेचे

१४ मंगलबार , माघ २०८२२ दिन अगाडि

राष्ट्रिय सभामा मेचे

परिवारका सदस्य, चुनाव हारेका, नेतालाई मनपरेका र चन्दा दिनेहरूको स्थायी बृद्धाश्रमजस्तो बनिसकेको राष्ट्रियसभामा रोश्नी मेचे पुगेकी छिन् । मेचे समुदाय झापाको मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकवलतिर बसोबास गर्ने मासिक ४ हजार सामाजिक सुरक्षा भत्ता पाउन सिमान्तकृत लोपोन्मुख समुदाय हो । यिनी यसअघिको पनि एमालेको सांसद थिइन् । मेचे समुदायकी पहिलो प्रतिनिधि पात्र हुन्, यिनले मेचे समुदायलाई कसरी उठाउने भन्ने विषयमा काम गरिरहेकी छिन् । संविधानको मुख्य मर्म भनेकै यस्तै अल्पसंख्यक, सिमान्तकृत, आवाजबिहीनहरूको आवाजको प्रतिनिधित्वहोस् भनेर नै राष्ट्रिय सभाको परिकल्पना गरिएको थियो ।