Advertisement Banner
Advertisement Banner

१२ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

वायुसेवा निगममा महाप्रबन्धक छनौटमा धाँधली

१५ बुधबार , माघ २०८२८ महिना अगाडि

वायुसेवा निगममा महाप्रबन्धक छनौटमा धाँधली

नेपाल वायुसेवा निगमले महाप्रबन्धकको नियुक्ति गर्न १० उम्मेदवारहरुको सूची निकालेको सूत्रले जनाएको छ । तर निगमको छनौट समितिका संयोजक, सचिव र सहसचिवलाई प्रभावमा लिएर योग्य, दक्ष र लगनशील उमेदवारलाई पाखा लगाउने खेल रचिएको सूत्रले जनाएको छ । सूत्रका अनुसार सो पदका लागि गरिएको परीक्षा पनि रद्द गर्ने गृहकार्य भइरहेको जनाइएको छ ।
सूत्रका अनुसार क्याप्टेन दीपुराज जुहार्चन र निर्देशक टंकनिधि दाहाल निगमका कर्मचारी भएकोले महाप्रबन्धकको परीक्षा दिन अयोग्य हुने दावा गरिएको छ ।
जबकी कुनैपनि कर्मचारीले आफूभन्दा माथिल्लो पदको जाँच दिन पाउँछ । छनौट भएमा पहिलाको पदबाट राजिनामा दिएर नयाँ नियुक्ति लिन पाउँछ ।
जो कोही कर्मचारीले खाइरहेको पदबाट राजीनामा दिएर माथिल्लो पदको नियुक्ति लिन नेपालको कानुन र संविधानले रोकेको छैन । केही वर्ष अगाडि तत्कालिन निगमको मार्केटिङ्ग निर्देशक मदन खरेलले पनि महाप्रबन्धकको परीक्षामा सामेल भएर उत्तीर्ण भएपछि महाप्रबन्धकको नियुक्ति लिनुअघि निगमको मार्केटिङ्ग निर्देशकबाट राजीनामा गरी महाप्रबन्धकको नियुक्तिपत्र लिएर निगमको नेतृत्व गरेको सूत्रले दावा गरेको छ ।