Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राष्ट्रवादीहरु, संगठन होइन सहयात्रा आवश्यक छ – स्वयम्भुनाथ कार्की –

२० सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

राष्ट्रवादको परिभाषा भनेको राष्ट्रलाई माया गर्नु, राष्ट्रको निमित्त काम गर्नु हो। देश भुगोलले वन्छ भने राष्ट्र भुगोलले मात्र बन्दैन। देश राष्ट्र् हुन जनता हुनुपर्दछ, जनतालाई एक सुत्रमा जोडने भावना नभए राष्ट्रको आकार मात्र हैन कल्पनासम्म पनि असंभव छ। यो भावनाको श्रोत भनेको परंपरा संस्कृति रिति रिवाज हुन। इतिहास, पुर्खाको गौरव राष्ट्र निर्माताको आदर छैन भने त्यो राष्ट्र देश त रहला तर राष्ट्र रहन सक्दैन। अनि जसले राष्ट्रवादको यो भावना आत्मसात गरेको छ त्यो राष्ट्रवादी हो। 
राष्ट्रवादको अपव्याख्या यो कालमा धेरै भएको छ। भारतलाई गाली गर्नु र चीनसंग लम्पसार पर्नुलाई राष्ट्रवाद भनेर आफुलाई राष्ट्रवादी देखाउने होड चलेको छ। राष्ट्रवाद कसैलाई गाली गर्नु र कसैसंग लम्पसार पर्नु होईन। आफ्नो मुलुकको स्वाभिमानमा चोट पुर्‍याउने छिमेकी वा मित्र राष्ट्रको हरेक कामको प्रतिकार राष्ट्रवादीको स्वभाविक कर्तव्य हो। कुनै मुलुकको कुनै कुराको प्रतिकार वा समर्थनको आधार त्यो मुलुकलाई गाली गर्नु वा त्यससंग लम्पसार पर्नुमा छैन। केवल त्यो कुराले मुलुकको स्वाभिमानमा कस्तो असर गरेको छ त्यो अनुसार व्यवहार गर्नुमा छ। 
अहिले आफुलाई राष्ट्रवादी भनेर तुलना गर्न राजा महेन्द्रको नाम प्रयोग गरिदैछ। अर्थात विगतमा राष्ट्रवाद र राष्ट्रवादीलाई गाली गर्ने, भरसक शव्द नै उच्चारण गर्न धक मान्नेहरु राष्ट्रवादको नमुना राजा महेन्द्रमा देख्दा रहेछन्। अनि राष्ट्रवादी देखिनुको महत्व पनि बुझ्दै रहेछन्। महेन्द्र राजमार्गबाट महेन्द्र नाम नै बहिस्कार गरे, यतिमात्र हैन नेपालका राष्ट्र निर्माताको आदर गर्नु त कता हो कता उनलाई आतातायी लुटेरा भन्नेहरु संग कुम जोडेका छन्। शाही शव्द संगै वैर छ। राजा महेन्द्र आलोचनाको तारो थिए। राजा ज्ञानेन्द्रलाइ दोषरोपण गर्न राजा वीरेन्द्र जस्ता राजा भएको भए राम्रो हुन्थ्यो भन्छन्। तर उनै राजा वीरेन्द्रको शालिक रातारात चोरेर लुकाउँछन। 
यस आलेखमा सहयात्रा आव्हान गरिएका राष्ट्रवादीहरु यस्ता मौसमी राष्ट्रवादी हैनन। जो जहाँ भए पनि, खुल्ला बोल्न नसके पनि 'स्वाभिमानी हिन्दू अधिराज्य नेपाल'को सपना बोकेर बसेको छ उनीहरुलाई आव्हान हो। जो यो सपना बेकेर बसेको छ त्यसले विगत लामो समयदेखि आफुलाई एक्लै सम्झेको छ। आफ्नो सामुन्ने भएकाहरु अधिकांश सबै जस्तो यो सपना बोक्ने भए पनि एक अर्कासंग खुल्न नसक्दा सबैले आफु एक्लै सम्झेका छन्। यदी आपसमा खुल्न सकेका भए सबैजसो जमघटमा वहुमत हुने सपना अत्पमतमा जस्तो देखा पर्‍यो। 
बारंवार 'स्वाभिमानी हिन्दू अधिराज्य नेपाल' भनेर कुनै संगठन सामुन्ने आउने गर्दछ। कुनै साधु वा धार्मिक स्वामी सामुन्ने आउँछ। अव त आफ्नो सपना बोकेको कोही आयो भनेर जनता त्यसको पछि लाग्छ। तर जव त्यसको नेतृत्व गर्नेको स्वास्र्थ्य पुरा गर्न समर्थकहरुको आस्था र विश्वासको लिलामी हुन्छ जनता थप निराश हुन्छ। एक संगठनमा जोड्ने प्रयत्नमा मान्यताक्रमले भाँजो हाल्छ। यसको परिणाम हरेक ५–१० व्यक्तिको समुह बनाएर अलग संगठन गर्दछन्। यस्ता संगठनको प्रमुख काम नै यसै प्रकृतिका अन्य संगठनको खोईरो खन्नु हो। लामो विगतको अनुभव हो राष्ट्रवादीको एक संगठन असंभव कुरा हो। 
यदी एक संगठन भै हाल्यो भने पनि त्यो हानीकारक हुन्छ भन्ने कुरा राप्रपा नेपालको नेतृत्वले देखाई सकेको छ। यसैले एक संगठन बनाउने प्रयत्नमा समय, साधन, श्रोत खर्च गर्नु बेकार छ। बरु यसको स्थानमा आफु बीचका हजारौ मतभेद, फरक सोचलाई पछि उठाउने गरेर थाँती राखेर 'स्वाभिमनी हिन्दू अधिराज्य नेपाल' सम्म सहकार्य वा सहयात्रा गर्नु वर्तमानको माग हो। यो नै राष्ट्रवादी जोडिने एक मात्र विकल्प हो। जसरी एक बसमा विभिन्न गन्तव्यका यात्रुहरु साझा गन्तव्यसम्म सहयात्रा गर्दछन त्यसै गरेर साझा लक्षसम्म साथ लाग्नु नै सहकार्यको कार्यसुची हुन्छ। 
जसरी उदाहरण दिईएका बसका यात्रुहरु सामुहिक र एकल निर्णय गरेर यात्रा तय गर्दछन्, त्यसै गरेर यो सहयात्रामा पनि काम गरिनुपर्दछ। लक्ष प्राप्ती तर्फको कदम एकल भए पनि सामुहिक भए पनी साथ दिने काम गरिनु पर्दछ। एक अर्काको आलोचना वा विरोध लक्षप्राप्ती पछि गर्न सकिन्छ, लक्षप्राप्ती पछि सहयात्री बीच नै द्वन्द पनि हुनसक्छ। तर यस्तो कुरा लक्षप्राप्तीसम्म निषेध हुनु पर्दछ। संगठन नभएर अभियानको रुपमा सहयात्रा भएकोले वरिष्ट र कनिष्टको विवाद हुने स्थान नै रहन्न। आआफ्नो संगठन समुह वा वर्चश्व जस्ताकोतस्तै राखेर केवल मिल्ने कुरासम्म मात्र एक अर्काको साथ लाग्ने हो। सहयोग प्राप्त गर्ने वा दिने हो। 'स्वाभिमानी हिन्दू अधिराज्य नेपाल'को सपना बोक्ने सबैलाई एक अर्कासंग परिचय गराउने अभियानको खाँचो छ संगठनको हैन।