Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

भारतका लागि ऐतिहासिक गणतन्त्र दिवस

२१ मंगलबार , माघ २०८२एक दिन अगाडि

भारतका लागि ऐतिहासिक गणतन्त्र दिवस

सुरेशकुमार पाण्डे-------

भारतको ७७औँ गणतन्त्र दिवसमा भारतले बिभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ । खास गरेर २६ जनवरी सन् १९५० मा भारतको संविधान लागु भएका ेथियो । यही दिनपारेर भारतले आफ्नो शक्ति पर्दर्शन गर्दै आएको छ । यो दिनमा बिभिन्न देशका प्रतिनिधिहरू समेतको उपस्थिति हुनेगर्छ । कुनैपनि देशको चिनारी अनुसाशन र संस्कृती त्यो देशको ऐतिहासिक धरोहर हुन्छ । भारतको ईतिहास सिंधुघाटीको सभ्यताले सजिएको छ । साथै सयौँ वर्षको दासताले पनि भारत उत्तिकै कुण्ठित बनाएको छ । भारतमा बिभिन्न राजा रजौटेहरूको साशन रह्यो । विस्तारै त्यहाँ पुर्तगालीहरू खास गरेर बास्को डी गामाको प्रवेश भयो । उनि १७में १४९८ई.मा पूर्वीतट कालीकटमा पुगेर भारतको समुन्द्री मार्ग पत्ता लगाए । उनि पुर्तगालीका पहिला व्यपारी थिए । उनको आगमनपछि फ्रासीसिहरूको भारत प्रवेशको द्वौर सुरू भयो । पछि १३ जहाजी समान लिएर पेड्रो अल्वरेज भारत पुग्यो । यसरी विस्तारै भारतमा उनीहरूको प्रभाव बड्दै गयो । 
१५०५ ई. मा  फ्रासिस्टो द अल्मेडा प्रथम पूर्तगाली भायसराय बनेर भारत आयो । त्यसपछि १५१५ई.सम्म उनीहरूले भारतको दमनद्वीप, सालोट, वसीन, चौल, मुम्बैई, हुगली तथा सेन्ट रोमेमा अधिकार जमाईसकेका थिए । सन् १५५८ मा डच र अंग्रेजहरू भारतमा व्यापारीको रूपमा प्रवेश पाएपछि विस्तारै पूर्तगालीहरूको प्रभाव कम हुँदैगयो । डचहरू हाईलैण्डका निवासी थिए । भारतमा डच इष्ट इण्डिया कम्पनीको स्थापना १६०२ई.मा भएको हो । प्रत्यक्ष रूपमा अंग्रेज १६०८ई.मा आएका थिए । भारतमा बिभिन्न जस्तै ओस्टेड कम्पनी, स्वीडिश इष्ट ईण्डिया कम्पनी आदिको पनि प्रभाव थियो ।
अंग्रेजहरूसँगको विबादले करिव सय वर्ष पुरानो १७५९ई. पछि चर्को विवादले १७९५ई.मा डचहरूलाई अंग्रेजहरूले हिन्दोस्तानबाट भगाउन सफल भए । यसरी अंग्रेजहरूले सन् १९४७ सम्म एकलौटे राज गरेका थिए । 
अंग्रेजहरूले भारतीय साशकहरूमा फुट पारेर आफ्नो जहानिया साशन सत्ता लम्बाएका हुन् । भारतिय जनताहरू जातीय बिभेदमा उल्झिएको थिए । यसको अंग्रेजहरूलाई पनि धेरै फाईदा भयो । उनिहरूको नीति नै परिवारमा फूट पारेर राज गर्ने रह्यो । जनताहरू खास गरेर किसानहरूबाट लगान लिएर उनिहरूले दुःख दिएका थिए ।
भारतीयहरूले लामो करिव एक सय वर्षसम्म त बलिदानी पूर्ण सङ्घर्ष गरेको इतिहास भेटिन्छ । मंगल पाण्डेदेखि शुभाष चन्द्र बोश, चन्द्र शेखर आजाद, सुखदेव भगत सिँह, झाँसीकी रानी लक्ष्मी बाई लगायतका कयौँ होनहार क्रान्तिकारी युवाहरूको सहदात पछि उठेको विद्रोही जनलहरले अंग्रेजलाई घुँडा टेक्न बाध्य गरायो । क्रमचन्द गाँधी, बल्लभभाई पटेल, जवाहारलाल नेहरू, राम मनोहर लोहिया लगायतका नेताहरूको पनि आजादीमा अहम भूमिका छ । महात्मा गाँधीले एउटा नारा लगाएका थिए – करो या मरो ! यो नाराको अर्थ थियो विद्रोह आफ्नै देशमा उद्योगहरूबाट निर्मित बस्तुको प्रयोग । र विदेशीहरूको बिरूद्धको आन्दोलनमा भागलिन आह्वान । विदेशी समानको बहिस्कार र होली जलाउनेसम्मका योजनाहरू अगाडि सारेका थिए । उस्तै चन्द्रशेखर आजाद भन्ने गर्थे– तिमीहरू मलाई रगत देउ म तिमीलाई आजादी दिन्छु । यस्तै शुभाष चन्द्रबोश हिन्द फौज बनाएर युद्धमा होमिएका थिए ।
स्वाधीन् आन्दोलनमा मराठी, पंजाबी, गोरखाली लगायतका तमाम क्रान्तिकारीहरू जुझेका थिए । लगातारको सङ्घर्ष पछि अंग्रेजले उनीहरूको बिचमा अर्को षड्यन्त्रको बिजारोपण गर्यो त्यो थियो हिन्दु मुस्लिम बिचको जातीय द्वन्द । अब भारत छाडेर जाने मन नहुँदा नहुँदै अंग्रेजहरूले भारत छाड्ने निधो गरे । माउण्डबेटेन योजना त्यसैको एउटा कडी थियो ।
२४ मार्च १९४७ मा लार्ड माउण्टबेटेन भारतमा  भायसराय बनेर आए । उनले कांग्रेस र मुस्लिम लीग जस्को नेतृत्व महम्मद् अलि जिन्नाले गरेका थिए, सँग वार्ता गरे । मूस्लिम लिगलाई पाकिस्तानको अलावा कुनै सर्तमा सम्झौता गर्नु थिएन । त्यो बेलाको कांग्रेसलाई देशको बिभाजनरूपी कटु सत्यलाई स्वीकार गर्न अनुरोध गरे ।
बल्लभभाई पटेल भन्छन्– देशलाई दङ्गाबाट मुक्त गर्न जरूरी छ । यदि यसो गरिएन भने एउटा पाकिस्तानको ठाउँमा कयौँ पाकिस्तान बन्नेछन् । १८ में सन् १९४७ मा माउण्टबेटेन विचार बिमर्सका लागि लण्डन गए र ३ जुन १९४७ मा फर्किए र उन्ले आफ्नो योजना प्रस्तुत गरे । हिन्दोस्तानलाई दुई राज्यमा बिभाजन गर्ने योजना अगाडि सारे । एउटा भारतीय संघ, दोस्रो पाकिस्तान । माउण्टबेटेनकै योजनका आधारमा ब्रिटीस संसदमा ४जुलाई सन् १९४७ मा भारतीय स्वतन्त्रता बिधेयक प्रस्तुत गरियो र १८ जुलाईको त्यो स्वीकृत पनि भयो । बिधेयकको प्रमुख प्रावधान १ प्रस्तावको आधारमा भारत र पाकिस्तान नामक दुइ अधिराज्यहरूलाई स्वतन्त्र गरिन्छ, दुबै अधिराज्यहरूले आ आफ्नो संविधान सत्रको गठन गर्नेछन्, भारत र पाकिस्तानलाई पूर्ण रूपमा अलग हुने अधिकार हुनेछ । भारतको दुईटुक्रा भयो ।
भारतले डा.भिमराव अंबेड्करको नेतृत्वमा संविधान मस्यौदा तैयार पार्न लगाइयो । जसले २ वर्ष ११ महिना र १८ दिनमा संविधान तैयार पारेर दियो । पछि २६जनवरी १९५०मा संविधान लागु गरियो । डा .भिमराव अंबेडकर एउटा दलित बुद्धीजीवि नेता थिए । भारतमा दलितहरूको दयानीय अवस्था थियो तरपनि खासै परिवर्तन हुनसकेन । भारतको आजादी पछि पनि गरिबहरूको अवस्था दयनीय नै छ । भारतको आजादीमा नेपालीहरूको पनि भुल्नै नसक्ने भूमिका छ तर आजादी पछि उसले हाम्रो देशलाई हेर्ने दृष्टिकोण कसैसँग लकुको छैन ।
भारतको आजादी पछि १३ वÞटा प्रदेश थिए अहिले २८ प्रदेश र आठ केन्द्र साशित प्रदेशहरू छन् । करिव १६०० भाषाहरू बोलिन्छ । तर नेपाली भाषा सहित २२ वÞटा भाषाहरूलाई मान्यता दिएको छ ।
सुगौली सन्धि पछि जमिनसँगै गएका नेपाल मूलका नागरिकहरूलाई आफूले बोल्दै आएको भाषाको मान्यताको लागि लामो समयसम्म सङ्घर्ष गर्नु परेको थियो । नेपाली भाषालाई ७१औँ संवैधानिक संशोधन पछि २० जुन १९९२ मा आठौँ अनुसुचिमा राखियो ।
भारतबाट अंग्रेजहरू गएपनि स्वयम भारतले उसैको पाईलामा टेकेर अगाडी बढेको छ । छिमेकीहरूमा सहयोगीको भावनाको विकास हुनुको सट्टा ‘हेय’दृष्टिकोण र बिस्तारवादी व्यवहारले गर्दा अबिश्वासको पात्र बनेको छ । आजादीको केही वर्षमै सन् १९७१मा पाक दुईटुक्रा भयो र सिक्किम पनि १९७५ मा भारत भित्रियो । यसरी छिमेकीहरूलाई हेर्ने दृष्टिकोण र व्यवहार प्रष्ट हुन्छ ।
भारतको आजादीमा नेपालीहरूको पनि अहम भूमिका छ भन्ने कुरा उनिहरू शासकहरूले भुलेता पनि यो ऐतिहासिक पर्वको अवसरमा भारतवासीलाई शुभकामना छ ।