Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

चुनाव अघि नै चुनाव हार्ने बाबुराम

२१ मंगलबार , माघ २०८२२१ घण्टा अगाडि

चुनाव अघि नै चुनाव हार्ने बाबुराम

गत निर्वाचनमा आफूले जितेको गोरखा २ क्षेत्र माओवादी अध्यक्ष प्रचण्डलाई छाडेका डा.बाबुराम भट्टराईले फागुन २१ को चुनावमा उमेदवारी दिए । रास्वपाका नेताहरूसँग गुप्तगु गरेपछि र रास्वपाले अभिभावक बन्न सुझाव दिएपछि एकाएक डा.बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिए, चुनाव नलड्ने र संसद बाहिर रहेर नै सघाउने उद्घोष गरिदिए । यो घटनापछि राजनीतिक विश्लेषकहरूको विश्लेषण छ– रास्वपाको बहुमत आउने र त्यसपछि रास्वपाले डा.बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने बचन दिएको छ ।
आलोचकहरूले त यतिसम्म भने कि उनले दिल्लीको सुझाव मानेका हुन् । अस्थिरताले डा.बाबुरामको राजनीति पनि किनारा लाग्यो । पढाइमा तेज बाबुरामले जनयुद्ध त गरे, खुला राजनीति गर्नै जानेनन् ।