Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

प्रचण्डको आँखैमा ज्ञानेन्द्र

२६ सोमबार , माघ २०७११२ बर्ष अगाडि

मलाई आकाशवाणिले हटाएको थियो, अव ओलीलाई आकाशवाणिले प्रधानमन्त्री बनाउँदै छ। अहिले सहमतिमो वातावरण बिगारेको भारतले हो। वाईसीएल नभएकाले चुनाव हारिएको हो, पार्टीभित्र पहिचान र जातीय कुराले चुनाव हारेको सुनेर वाक्क भइसकें। महिनादिनभित्र २० लाख वाईसीएल सेना बनाउँछौं। वीरेन्द्र सक्कली राजा थिए, ज्ञानेन्द्र नक्कली राजा हुन्। हुन पनि पूर्वमा कोशी पारी र पश्चिममा बाँके पारिका जिल्लाका विषयमा कुरा मिलेको छैन। किन पहाड र मधेस सम्बन्ध टुट्नुपर्छ भनिरहेका छन्, रहस्यमय लाग्छ। हिमाल, पहाड र तराई नेपालको जीवन रेखा हो। ब्याकबोननै टुक्य्राइदिएपछि नेपालको ढाड भाचिनेछ। यही भाँच्ने काम र जातीय विवाद बढाएर एकता खलबल्याउने काममा कसैले भूमिका खेलिरहेको छ। त्यो को हो, कुन विदेशी वा स्वदेशी ताकत हो? कुनै दल वा नेताले प्रष्ट भन्न सक्देनन्। फागुन १६ गतेभित्र निर्वाचन क्षेत्र जानुहोला र कांग्रेस, एमालेले शान्ति सम्झौता र अन्तिम सम्झौताको मर्मविपरित संविधान बनाउन अघि सरेको जानकारी दिएर आन्दोलनमा होमिनु होला: यसै भनेर प्रचण्डले निर्देशन जारी गरेका छन्। जनस्वयंसेवक र जनपरिचालन समिति बनाएर आन्दोलनका लागि तैयार हुनोस् भन्दै प्रचण्डल पार्टीलाई बलियो बनाउने अवसर दिएकोमा सत्तावादीलाई धन्यवाद पनि दिएका छन्। प्रचण्डले ओलीलाई ज्ञानेन्द्र बन्न थालेको आरोप लगाएका छन्। भोलिका दिनमा के हुन्छ? हेर्दै जाउँ।