Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सडकबाटै हुन्छ राष्ट्र स्वार्थको रक्षा

२७ सोमबार , भाद्र २०७३९ बर्ष अगाडि

शाश्वत शर्मा - 
परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले ताजा अन्तर्वार्तामा भनेका छन्– सडकमा कराएर हाम्रो राष्ट्रियस्वार्थ रक्षा हुँदैन। साँचो कुरा गर्ने हो भने जति पनि राष्ट्रिय स्वार्थको रक्षा भएको छ, त्यो सडकमा कराएरै भएको छ। आफ्ना छोराछोरीका लागि एउटा छात्रवृत्तिका लागि राष्ट्रस्वार्थ बिर्सने सत्ताधारीहरु, खासगरी ०४६ साल पछिका नेताहरुले गर्दा मुलुककोस्वार्थमात्र होइन, स्वाधीनता नै दाउमा परेको देखिन्छ। यसैहप्ताको अन्ततिर प्रधानमन्त्तीप्रचण्ड आफ्ना लावालस्कसहित भारत भ्रमणमा निस्कदैछन्। हाम्रो बिडम्बना, मुलुकका प्रधानमन्त्रीछिमेकी मुलुकको भ्रमणमा निस्कदा केही आशा जाग्नुपर्ने हो, मुलुकवासीमा केही विश्वास जाग्नुपर्ने हो, आशंका पो गरिदैछ– अव यी प्रधानमन्त्रीले भारतलाई कुन कुन कुरा बेचेर आउने हुन्? लोकतन्त्रका लोकमा लोकनेताप्रति यति डरलाग्दो त्रास पो बढेको देखिन्छ।  
त्यसो त प्रधानमन्त्री प्रचण्डले गत शनिवार संसदबाट राष्ट्रको नाममा संवोधन गर्दै जनताको हित, सार्वभौमिकता, भौगोलिक अखण्डताको विपक्षमा कुनै सन्धि सम्झौता गर्दिन भनेका छन्। रहे भएका तिक्कताको अन्त गरी आइन्दा सम्बन्धमा खटास आउन नदिने वातावरण बनाउँछु भनेका छन्। तर आन्तरिक संवैधानिक द्वन्द्वका विषयमा चिठी लेखेर भारतको सहयोग माँग्ने प्रधानमन्त्रीप्रति राष्ट्रिय जनजीवन विश्वस्त हुन सकिरहेको देखिदैन। 
किनकि भारत नेपालको संविधानमा मधेसी मोर्चाको हितमा आफ्नो स्वार्थ हेरिरहेको छ। भारतले असन्तुष्टिलाई नाकावन्दीसम्म पनि पुर्‍यायो, र, नेपालका प्रधानमन्त्रीलाई दिल्ली जानैपर्ने बाध्यात्मक स्थितिको सिर्जनासमेत गर्‍यो। त्यो भारतले ९१ प्रतिशत जनमतबाट जारी भएको भए पनि भारतीय सद्भाव बिना कार्यान्वयन हुनसक्दैन भन्ने स्थिति नल्याई छाड्ला र? संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएर मधेसी, जनजाति र भारतलाई ढुक्क पार्न नसके पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई झण्डै झण्डै स्थगित पार्न सफल भएर भारत भ्रमणमा जाँदैछन् प्रधानमन्त्री। भारत खुशी भएरै सुरुमा औपचारिक भनेको भ्रमणको स्तर राजकीय बनाइदिएको छ। यसबाट नेपालको इज्जत बढ्ने होइन, प्रचण्डको नाकमात्र फुल्नेछ। खतरा त नेपाललाई छ, नेपालीलाई छ, नेपालको सार्वभौमिकतालाई छ। 
चिनियाँ राष्ट्रपतिले बडादशैंजस्तो नेपाली संस्कृतिको चाड नेपालमा मनाउने छन् भन्ने खबर चिनियाँ पत्रिकामा आइसकेको थियो, चिनियाँ  सुरक्षाकर्मीहरु बारबार नेपाल आएर प्रवन्ध मिलाइरहेका थिए। अकष्मात  सरकार परिवर्तन भयो र चीनलाई विश्वस्त आश्वस्त पार्नेकाम प्रचण्ड सरकारले गर्न सकेन र चिनियाँ राष्ट्रपतिको भ्रमण क्यान्सिल (?) भइसकेको छ। यद्यपि नेपाल सरकार भ्रमण रद्द भएको छैन भनिरहेको छ। चीनले बुझिसक्यो, नेपालीहरुले पनि बुझिसके– माओवादी मोदीबादी भयो। प्रचण्डले रङ बदलिसके, प्रचण्डले आफ्नो सम्बन्ध सुधारमा सफलता पाइसके। भारतमा गर्नुपर्ने १९५० को सन्धि, फास्ट ट्रय्राक, हुलाकी राजमार्ग, पञ्चेश्वरसम्मका कुरा छन्। नेपाललाई झिना मसिना कुरामा अल्झाएर भारतले ढ्याके लाभ लिन प्रचण्डलाई भारतीय दलदलमा फसाउने पक्का छ।