Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु- विकासका ‘रोल मोडल’

०४ सोमबार , फाल्गुण २०८२२१ घण्टा अगाडि

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु- विकासका ‘रोल मोडल’

रिसव गौतम ---------------   
संघीय राज्य व्यवस्था अबलम्बन गरिएकोे देशमा अहिले संघ, प्रदेश र स्थानीय तह गरि ३ तहको सरकार छ । यी ३ तहमध्ये विकास निर्माणमा सबैभन्दा अग्रहणी भुमिका निर्वाह गर्न सक्ने निकाय स्थानीय तह हो । यसलाई गाउँको सिंहदरवार पनि भनिने गरिन्छ । साँच्चै भन्ने हो भने आफनो विकास निर्माणको भिजन र योजना लागु गर्न चाहने राजनीतिज्ञले सासंद हैनकी मेयरमा आफुलाई उभ्याउन सक्नुपर्छ । स्थानीय प्रतिनिधि अर्थात मेयर, पालिका अध्यक्ष जस्तो पदमा रहेर देखिने गरी जेजति गर्न सकिन्छ, अरुबाट धेरै ग्राहो समेत छ । 
बिडम्बना स्थानीय सरकारको नेतृत्वमा रहेर धेरै गर्न सकिने ठाउँ रहँदा पनि देशका धेरैजसो पालिकाहरुले भने जनताको मन जित्ने गरि काम गर्न भने सकेका छैनन् । तर औंलामा गन्न सकिने केही यस्ता स्थानिय सरकारहरु छन् जसले उदाहरणीय कार्य गरेर जनविश्वास बटुलेका छन् । उनीहरुको उदाहरणीय नेतृत्व र कार्यसम्पादन अहिले राष्ट्रिय स्तरमै चर्चामा छ । स्थानीय स्तरमा उदाहरणीय काम गरेर जनताको मन जित्न सफल स्थानिय सरकारका प्रमुखहरुमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजन, भरतपुर महानगरपालिकाका मेयर रेनु दहाल, काठमाण्डौ महानगरका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल राष्ट्रिय स्तरमा चर्चित छन् । उल्लेखीत यी नामहरु बहेक पनि दर्जन बढी नगरपालिकाका मेयरहरुले  राम्रा कामहरु गरेर जनविश्वास कमाएका छन् । जसलाई जनताले स्याबास् भन्न सक्नुपर्छ र अरुहरुले उनीहरुका अनुकरणीय प्रसायबाट सिक्न सक्नुपर्छ । 
स्थानिय सरकार स्रोत र साधनका हिसावले प्रदेश तथा संघ भन्दा आत्मनिर्भर समेत हुन्छ । स्थानीय स्रोत तथा साधनको बाहुल्यता भएका पालिकाहरुमा काम गरेर देखाउने अलि बढी अवसर समेत हुन्छ । तर यति हुँदाहुदै पनि काम गर्ने जाँगर, अठोट, स्पष्ट भिजन, अध्ययन, नेतृत्वमा हुनुपर्ने लचकता र इमानदारीता, ब्यवस्थापकिय कौल्शलता उत्तिकै आवश्यक पर्छ । ती कुराहरु नभएका, स्रोतमाथी गिद्धेदृष्टि राख्ने र जनताका लागि भन्दा आफ्ना पार्टीहरुका लागि काम गर्ने, भ्रष्टाचारमा विलिप्त हुने परिपाटी झाँगिँदो छ । त्यसको एउटा उदाहरण हालैको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिबेदन समेत हो । अख्तियारका अनुसार भष्ट्राचार संघबाट तल अर्थात सिधै स्थानीय तहमा झरेको छ । भष्ट्राचारका उजुरीमध्ये आधा अर्थात ५० प्रतिशत उजुरी स्थानिय तहकै छन् । विभिन्न पुर्बाधारको आयोजनाहरुमा ठेक्का, पट्टा लगाउँदा होस् वा उपभोक्ता समितिहरुका नाममा अन्धाधुन्द खन्याइने बजेटहरु हुन् वा सामाजिक संस्थाहरुका विभिन्न खालका प्रतिफल विहिन कार्यक्रमका लागि गरिने खर्चमा अख्तियारको दुरुपयोग हुने गरेको बताइन्छ । 
यस्ता विकृतीहरुबाट जोगिएर स्थानिय स्तरमा उदाहरणीय कार्य गरेका मेयर हुन् चिरीबाबु मर्हजन । नेपालका ७५३ नगरपालिकाहरुमा उत्कृष्ठमध्ये पनि उनी एक नंम्बरमै पर्न सक्छन् । ब्यक्तिगत रुपमा उनी अत्यन्त नरम, शिष्ट, समयका अनुपालक, भिजनरी, सोच र सँस्कृतिका धनी छन् । ललितपुर महानगरपालिको विकास मात्र होइन् त्यसलाई मौलिक, ऐतिहासिक एवं साँस्कृतिक ढाँचामा लैजान उनले अथक प्रयास गरेका देखिन्छन् । अहिले ललितपुरका सडकपेटीहरु जताततै ब्यवस्थीत मात्र होइन् हरियाली समेत छन् । काठमाण्डौ र भक्तपुर भन्दा सफा, सुन्दर भएको छ नगर । महानगरका धार्मिक सम्पदाहरु सफा, सुग्गर बनाइएका छन् । पार्टी, पौवा ब्यवस्थीत छन् । 
सायद मेयरको रुपमा चुनाबमा प्रतिस्पर्धा गर्दैगर्दा घोषणा गरेका प्रतिबद्धताहरु सत प्रतिशत जसो पुरा गर्ने मेयर चिरिबाबु नै होलान् । उनले मेयरमा प्रतिस्पर्धा गर्दैगर्दा ललितपुरमा रहेका धार्मिक सम्पदाहरु जिवन्त तुल्याउने र पर्यटकहरुलाई आर्कषण गर्ने परिकल्पना गरेका थिए । अहिले कसैले ललितपुर घुम्यो भने अथवा ललितपुरका धार्मिक एवं ऐतिहासिक सम्पदाहरु नियाल्यो भने साँच्चै आहा भन्नेछन् । ललितपुरमा रहेको पाटन दरबार स्वायर होस् वा त्यहाँका विभिन्न मठ, मन्दीरहरु हुन् ती सफा मात्र होइन् पर्यटकमैत्री र आर्कषक बनाइएका छन् । जसको श्रेय मेयर चिरीबाबुलाइ जान्छ । उनले नगरपालिकाको काम कार्वाहीलाई एकद्धवार प्रणालीमा लगेका छन् । फलस्वरुप कागजपत्र हराउला, ठिलासुस्ती होला भन्नु पर्दैन । हरेक कामहरु रफतारमा हुन्छन् । नदीझै सतत् अघि बढ्छन् । 
ब्यवस्थापन विषयका स्नाकोत्तर एवं संर्घषका सतिशाल उनी कुनैबेलाका कर्मचारी समेत थिए । उनले २०५५ साल देखि ०६३ सालसम्म परियोजना प्रमुखको रुपमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा काम गरेका थिए । त्यहाँ काम गर्नु अघि उनी सो वेलाको ललितपुर नगरपालिकामा ३ पटक लगातार वडा अध्यक्षमा बिजयी भई काम गरेका थिए । राजनीति र प्रशासन दुबैमा उत्तिकै पोख्त मेयर चिरिबाबुले बाल्यकालमा अत्यन्त कष्ठसाध्य रुपमा अध्ययनलाई अघि बढाएका थिए । आज मेयर चिरिबाबुको बाल्यकालको संर्घष, जागिर, अनि स्थानिय वडाहरुमा कार्य गरेका विगतका अनुभवहरुले ललितपुर महानगरपालिकालाई देशकै अब्बल बनाउन सहयोग गरेको छ । 
ललितपुर महानगरपालिकालाई मौलिक एवं साँस्कृतिक शहरको रुपमा चिनाएका चिरीबाबुले त्यसलाई जिवन्त राख्न धेरैै काम गरे । ०७२ को भुकम्पले ध्वस्त बनाएका सम्पदाहरु मठ, मन्दी, पार्टी, पोखरी, बिहार, बहाल, सत्तल सबै पुर्ननिर्माण गरिसकेका छन् । स्थानियबासीहरुले समेत अब कसरी पुराना साँस्कृतिक सम्पदाहरु ठडिएलान् भनेर लख काटेका सबै सम्पदाहरु अहिले ज्युँकात्युँ ठडिएका छन् । बरु थप आर्कषक र पर्यटनमैत्री भएका छन् । यतिबेला भुकम्पले विगारेका र ध्वस्त बनेका सबै जेर्णेदार मठ, मन्दीर ठडिइसकेका छन् । 
शिक्षा क्षेत्रमा ललितपुर महानगरपालिका शैक्षिक हबका रुपमा स्थापित छ । देशभरका शैक्षिक संस्थाहरुमध्ये ललितपुर महानगरपालिकाका शैक्षिक संस्थाहरु अब्बल रिजल्ट निकाल्न सक्षम देखिन्छन् । धेरै राम्रा र उत्कृष्ठ दरिएका नीजि शैक्षिक संस्थाहरु पनि ललितपुरमै छन् । त्यसका लागि नगरपालिकाले नै वातावरण बनाइदिएको हो । भित्री सडक पुर्वाधारमा समेत राम्रो प्रगती गरेको नगरपालिकाले आफुलाई स्र्माट सिटिको रुपमा उभ्याउँदै छ । नगरपालिकालाई डिजिटल प्रणालीमा रुपान्तरण गरिँदैछ । 
जनताको स्वास्थ्य सेवा ठुलो लगानी गरेको यस महानगरले बृद्धबृद्धाहरुको घरघरमै पुगेर बर्षेनी स्वास्थ्य जाँच गर्छ । जेष्ठ नागरिकहरुलाई निशुल्क रुपमा निमोनिया विरुद्धको खोप दिँदै आएको नगरले महिलाहरुलाई पाठेघर र स्तन सम्बन्धि समस्यामा ठुलो मल्हमपट्टी लगाउँदै आएको छ । 
यसरी सुशासन र नागरिक सेवा प्रवाहमा दृढ मेयर चिरीबाबुले यसबीच आफना प्रतिबद्धता सत प्रतिशत जसो पुरा गरेका छन् । पहिलो कार्यकालमा उत्कृठ काम गरेर मन जितेका मेयर मर्हजनले दोश्रो कार्यकालको अन्त्य तिर आउँदै गर्दा सिंगो देशको मन जितेका छन् । त्यसैले त देशैभर धेरैले भन्न थालेका मेयर हुनु त चिरीबाबु जस्ता ।