Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

नारा, नाटक र नौटंकी मात्रै : उपेन्द्र प्रेमी -

०३ सोमबार , आश्विन २०७३९ बर्ष अगाडि

हरेक नौ नौ महिनामा फेरिदै जाने सरकारको नीति नियम र कार्यक्रम नारा नाटक एवं नौटंकीमात्र हुने नेपाली यथार्थ हो। ओलीको बोलीपछि भरेभोलिको आशा आश्वासनका साथ आएको प्रचण्ड सरकारले पनि ५० दिनको यात्रा गुजारिसकेको छ। तर सात हप्ता लामो यो अवधिमा कुनै तात्विक र सार्थक काम गरिरहेको छैन। अनि गर्ने कुनै छेकछन्द पनि देखाइरहेको छैन।सत्ता हत्याउनु र सत्तारोहण गरेर आफ्नो तथा आफन्तहरुको शुभलाभ गर्नु बाहेक आखिरमा सरकारको अर्को दरकार नै के हुन्छ र? त्यही त्यस्तै राजनयिक तथा शासकीय धर्म निर्वाह बाहेक प्रचण्ड सरकारको अर्को कुनै काम व्यवहार देखिएको छैन। हामी पूरक बजेट ल्याउँछौं, हामी पीडितका प्रति न्याय गर्छौं र हामी जनतालाई सुख शान्ति र सुविधा दिन्छौं भनेर जति नै भीषण भाषण गरे पनि व्यवहारले त्यस्तो कुनै उदाहरण दिइरहेको देखिन्न। 
प्रचण्ड सरकारको आगमन विशीष्ट भए पनि त्यो आफैमा शिष्ट र उत्कृष्ट छैन किनभने आउनु जानुको नियतिबाट यो पनि आफैमा मुक्त छैन। जानुका निम्ति आउनेको उही यथार्थ नेाली राज्यविधिको निरन्तरताबाट यो प्रचण्ड प्रकारको सरकार अरु पूर्ववर्तीहरुभन्दा भिन्न छैन। क्रमभंगता र लाभकारिताको जति नै बखान गरे पनि प्रचण्डपथको यो विचित्त गठजोडले परम्परागत निरन्तरताबाहेक अर्को कुनै सार दिन सकिरहेको छैन। 
४५ दिनमा सारा समस्या दूर हुन्छन्, सबै घरेलु र वाह्य स्थिति ठीक हुनछन् भनेर डम्फु जति नै बजाए पनि प्रचण्ड आफैभित्र  आजित र स्वयं पराजित बन्दै गएका छन्। किनभने यहाँ जो कोही पनि आउँछन्, जान्छन् र अन्ततः ती नाकाम बनेर बिलाउँछन्।  पानीको फोकासरि उफ्रने सुक्ने र बिलाउने यो प्रक्रिया नेपाली राज्य व्यवस्था स्थितिमा अद्यापि कायमै छ र देउवाको उत्तराधिकार र ओलीको निर्गमन अनुत्तर खण्डमा खडा भएको यो प्रचण्ड सरकार पनि नारा नाटक र नौटंकीकै पारामा तथा त्यसैको घेरामा घेरिरहेको छ। त्यसैको सेरोफेरोमा चलिरहेको छ। नारा नाटक र नौटंकी प्रकारको यस्तो सरकार स्वयम्मा के हो, कस्तो हो र किन हो? प्रश्न सदा नै उत्पन्न छ। 
सरकार आउँछ, बन्छ, बस्छ र निस्कन्छ। सरकारको अस्तित्व एवम् सरकारको अर्थ जब नारा नाटक र नौटंकीमा गुज्रन्छ तव स्वभावतः प्रश्न उव्जन्छ– यसको अर्थ के? सार के? र सरोकार के? सार आकार कुनै नवीनतम प्रकार बिनाको यस्तो नौटंकी सरकारको कुनै सार नहुनु आफैमा बेकार पनि हो।