Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

Image

अब राजसंस्था फर्काऔं

शाश्वत शर्मा

०३ मंगलबार , चैत्र २०८२१० घण्टा अगाडि

अब राजसंस्था फर्काऔं

निर्वाचन सकियो । नतिजा आयो । देशैभरिका जनताले आरीले पानी खन्याएजसरी रास्वपालाई भोट खन्याइदिए । यो भोटको भारी रास्वपाले बोक्न सक्ला कि नसक्ला ? जिज्ञासा सबैतिर छ । स्थापित दलहरू नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी) सबै बढारिए । अब रास्वपाको एकलौटी सरकार बन्ने निश्चित छ । केही दिनमै रास्वपाले सरकारको नेतृत्व गर्नेछ र निर्वाचनका बेलामा आफूल जारी गरेका बाचापत्रअनुसार काम गर्नेछ ।
झापा ५ बाट निर्वाचित रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहले रास्वपाबाट प्रधानमन्त्रीको पदको सपथ लिनेछन् । त्यसो त यो नेपालमा कसैको भर हुँदैन । रातारात खेल परिवर्तन हुनेठाउँ हो यो । कसको कुन दाउ छ, त्यो पत्तै हुन्न । रास्वपाका सभापति रवि लामिछाने पक्षीय नेताहरूले घुमाउरो पाराले बालेन्द साहको नामप्रति असंन्तुष्टि जनाउने क्रम जारी छ । तर पनि बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान संशोधन गरिने चर्चा पनि छ । जेहोस्, अहिलेसम्मको सरगर्मी हेर्दा र देख्दा काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र साह नै प्रधानमन्त्री बन्दैछन् । यो त भयो एकातिरको पाटो । अर्कोतिर सबैभन्दा उदेकलाग्दो पार्टी अर्को देखिएको छ । एकथरि रासंस्थावादीहरूले बालेन्द्र साह र उनको टिमले नेपालमा राजसंस्था पुर्नस्थापना गराइदिने जस्तो अनुमान सार्वजनिक गरिरहेका छन् । युवराज्ञी हिमानी शाह र बालेन्द्र साहको पुरानो तस्वीरलाई सामाजिक सञ्जालमा पोष्ट गरेको ग¥यै छन् । बालेन्द्र र रास्वपाले वर्तमान संविधान परिवर्तन गर्ने (संशोधन)  कुरा उठाउनासाथ तिनीहरू उक्त संशोधनमा राजसंस्था अटाउने कुरा गरिरहेका देखिन्छन् । बालेन्द्र साह र रास्वपाले निर्वाचनमा राजसंस्थाको कुरा उच्चारण नै गरेका थिएनन् । केही नेताले आलोचना चाहिं गरेका थिए । यथार्थ के हो भने बालेन्द्र साहले ३ महिनाभित्रै संविधान संशोधनको राजनीतिक बहस गर्ने भनिसकेका छन् । बालेन्द्रको त्यो अभिव्यक्ति र फागुन ७ गते पूर्वराजाले दिएको सन्देशमा संवाद, सहमति र सहकार्यको प्रस्ताव जोडिन नसक्ने सवालचाहिं छैन । सबैलाई थाहा छ, राजनीतिक शक्तिहरू संवाद र सहमतिमा नआउँदा नै संविधान, सरकार, संसद सबै असफल भएका हुन् । देशमा ठूलो चुनौति भनेकै राजनीतिक मुद्दाहरू हुन् । ती मुद्दाहरू किनारा नलागेसम्म अस्थिरता, अराजकता हट्नेछैन । भलै रास्वपाले झण्डै २ तिहाई मत ल्याएको होस् । रास्वपाले पाएको जनादेशले देशलाई स्थिरता र समस्याहरूलाई किनारा लगाउन चाह्यो भने सक्नेछ । संघीयता खारेजी र हिन्दुराष्ट्र ठूला समस्या हुन् । बहस भयो भने राष्ट्रिय संकट हल हुनसक्छ ।
रास्वपाको सफलताको कडी संघीयताको खारेजी, भ्रष्टाचारीमाथि कारवाही, सुशासनको प्रत्याभूति र रोजगारीको सिर्जना हो । यसका लागि राष्ट्रिय राजनीतिक मुद्दाहरूको छिनोफानो र सहमतिको राजनीति अनिवार्य छ । रास्वपा र बालेनलाई राजसंस्थावादीले मत दिएकै हुन्, मत त कांग्रेस, एमाले, वामपन्थीहरूले पनि दिएका हुन् र त, रास्वपाले ऐतिहासिक जित हासिल गर्न सफल भएको छ । रास्वपा प्रजातान्त्रिक धार हो । यो धारले हराएको वीपी धार छाडेको कांग्रेस र भ्रष्टाचारमा रमाएको कम्युनिष्ट धारलाई नै हो । पूर्वराजा नेपाल निर्माताका सन्तती हुन् । पूर्वराजा नेपाल रहेसम्म राजनीतिक शक्तिका रूपमा रहिरहनेछन् । यो शक्तिलाई यथास्थान नदिने हो भने रास्वपा पनि कांग्रेस, एमाले असफल भएजस्तै नियतिमा पुग्नेछ । यो कुरा रवि लामिछाने र बालेन्द्र साहले राम्ररी बुझेका छन् । रास्वपालाई राष्ट्रको राजनीतिक धार बनाउने र प्राप्त जनादेशलाई कायम राख्ने हो भने पनि रास्वपाले राजतन्त्रवादी शक्तिलाई समन्वय र सम्पर्कमा राख्नैपर्छ । हरेक राजनीतिक पार्टी, थिङ्क टेङ्क, बुद्धिजीवीसँग जस्तै संवाद र सहकार्यमा जुटाउनै पर्छ ।
जसरी गत भदौ २३ र २४ गते जेनजी आन्दोलन, बिद्रोह भयो, त्यस्तै बिद्रोह फेरि फेरि नहोस् भन्ने चाहने हो भने सबै राजनीतिक शक्तिहरूले स्पेश पाउनैपर्छ, पूर्वराजाले पनि यथास्थानको हक राख्छन् । यदि रास्वपाले पनि राजतन्त्र र हिन्दुधर्मलाई बेवास्ता ग¥यो भने यसको नतिजा ढिलाचाँडो अप्रिय नै आउनेछ । जनता नै सडकमा निस्किए भने कसको के लाग्दो रहेछ ? सबै स्वाह हुन २७ घण्टा पनि नलाग्ने नजिर हामीले भर्खरै भोग्यौं । त्यही नजीरको धक्काले ८ दशक पुराना दलहरूसमेत धरासयी भएर ढले, किनारा लागे । ४ वर्षे रास्वपाले दुई तिहाइ बहुमत ल्याइदियो । यो सबै जनताको आक्रोशको परिणाम हो, यो घटनाक्रमलाई कुनै पनि राजनीति गर्ने प्राणीले बिर्सनु भनेको इतिहासबाट शिक्षा नलिनु हो ।
यो निर्वाचनपछि पक्का भयो, हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डा बोक्ने राप्रपाजस्ता पार्टी र लिङ्देनजस्ता नेताको औचित्य समाप्त भइसक्यो । भन्नलाई चुनाव हरूवा पुराना दलहरू रास्वपालाई विदेशीको रिमोटमा चल्ने भनेर आक्षेप लगाइरहेका छन् । यथार्थ के हो भने रास्वपालाई दुई तिहाई मत नेपाली जनताले दिएका हुन् । पुराना दलका कुकर्मको दण्ड जनताले मौन बिद्रोहबाट दिए, रास्वपालाई एकमौका दिने जनताले विवेकपूर्ण निर्णय गरेका हुन् । अब खबरदारी जनताले नै गर्छन्, अब सहीमार्गमा हिडेन र जनताको आशा, विश्वास र अपेक्षालाई नजरअन्दाज गरे भने जनताले नै रास्वपालाई प्रश्न उठाउनेछन् । रास्वपालाई देशभक्ति र राष्ट्रहितमा काम गर भन्ने जनताले हो । चुनावका बेला र चुनाव जितेपछि रास्वपाका नेताहरू राष्ट्रिय झण्डा उठाएको देखियो, राष्ट्रिय झण्डाका सम्मान राख भन्ने जनताले हो ।