Advertisement Banner
Advertisement Banner

०४ बुधबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता

०४ बुधबार , चैत्र २०८२१२ घण्टा अगाडि

पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता

दीक्षा फाउन्डेशनको वार्षिक भेटघाट कार्यक्रम आइतबार काठमाडौंको वालुवाटारमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शोश्रीन शर्माको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कार्यकारी सदस्य दिनेश राज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा वर्ल्ड वाइड गोट प्रोजेक्ट नेपाल WWGPN का संस्थापक ड्यानियल लि लेनी र इसिमोड ICIMOD का प्रतिनिधि किलियन उइवर लगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रबुद्ध महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका प्रतिनिधि माधब कुमार धमलाले उपस्थित सम्पूर्ण महानुभावहरूलाई मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।
सो अवसरमा संस्थाकी प्रतिनिधि आश्मा के।सी। ले यो वर्ष २०८२ सालमा धादिङ, काभ्रे, काठमाडौं, गोरखा र तनहुँ लगायतका जिल्लाहरूमा सञ्चालन गरिएका विभिन्न सामाजिक गतिविधिहरूका बारेमा विस्तृत जानकारी गराउनुभयो। संस्थाले विगत लामो समयदेखि सहयोग गर्दै आएका विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै सन्तोषी थापाले दीक्षा फाउन्डेशनसँगको आफ्नो अनुभव र संस्थाले शैक्षिक यात्रामा पुर्‍याएको सहयोगका बारेमा चर्चा गर्नुभएको थियो। कार्यक्रमको विशेष क्षणमा विगत ३ दशकदेखि नेपाल र नेपाली कृषक तथा समुदायमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै ड्यानियल लि लेनीलाई कदर पत्रसहित विशेष सम्मान गरिएको थियो। उहाँले यस संस्थाका विभिन्न कार्यक्रमहरूमा समेत महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आउनुभएको छ।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आफ्नो मन्तव्यमार्फत संस्थालाई बधाई तथा शुभकामना दिएको उक्त कार्यक्रममा प्रमुख अतिथि दिनेश राज सापकोटाले धन्यवाद एवं शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा सभापति एवं संस्थाका अध्यक्ष शोश्रीन शर्माले उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। संस्थाका सचिव सन्तोष धमलाले कार्यक्रमका बारेमा मिडियालाई जानकारी गराउनुभएको थियो।