Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अचम्म नेताका बुलन्द अभिव्यक्ति

१० सोमबार , आश्विन २०७३९ बर्ष अगाडि

उपेन्द्र प्रेमी - 
अचम्म अचम्मका नेपाली नेताहरुका आआप्ना मनगढन्त बुलन्द बुलन्द अभिव्यक्ति सुन्दा सुन्दा टट्याइएका नेपालीक ानहरु, तैपनि विवश छन् विचित्र विचित्रका कुरा सुन्न। नेकपा माओवादी केन्द्रका एकजना ठूलै नेताले बोलेको अनौठो वाणी पनि यसै क्रममा मिसिएर आएको छ। उनले प्वाक्क बोलि दिएछन्– विगत सरकारले नौ महिनामा नगरेको काम वर्तमान सरकारले डेढ महिनामै गरेको छ। उनको दावी रहेछ– यो सरकारको लोकप्रियता बढेको छ। 
वितेका ढेढ महिनामा भाषण निर्देशन, भ्रमण र अर्थ न बर्थका नीति निर्धारण बाहेक त्यस्तो कुनै तात्विक काम गरेको कुनै व्यवहार देखिएको छैन। असल सरकार र लोकप्रिय सरकारले मनसावाचा कर्णणाले अघि सरेमा एक डेढ महिनामा निकै निकै काम हुन सक्छन्। उत्तम सरकार भनेको त्यही हो जो थोरै अवधिमा सत्तामा रहन्छ र धेरै काम गरेर देखाउन उद्दत हुन्छ। तर त्यस्तो जादुगरी चमत्कारिक र लाभकारी कुनै काम नभएको नेपाली विवेचकहरुको आम टिप्पणी छ। 
डेढ महिनामा कति पीडितले समग्र राहत पाए? कहाँ कति पूल पुलेसा बाटाहरु बने? यो अवधिमा कति रोगीले सुलभ उपचार पाए? कतिले शिक्षा, खानेपानी, बत्ती, खाद्यको सुअवसर पाए? त्यसको कुनै लेखाजोखा छैन। भूकम्प पीडितको घरवासका निम्ति गाउँ गाउँ खटिएका इन्जीनियरहरु किन सेवा काम छोडेर शहरको असन्तोष लहरमा उत्रे? यस्ता अनेकौं प्रश्नहरु छन्। चाडबाडको बेला दुई पाँच दश रुपयाँ भाउ घटाएर सस्तो पसल खोल्ने काम वर्षौं अघिकै हो, सुपथ, मूल्यका नाममा चरम गुणस्तरहीनताजस्ता कुराको अनुगमन गर्ने कुरा पनि पुरानै हुन्। तर ती सब कुराबाट शोषित पीडित श्रमिक विभिन्न अशक्त असमर्थ तमाम नेपालीले समग्रमा चरम आहत बाहेक के पाए? प्रश्न ज्यूँका त्यूँ छ। 
सत्ताको हरियाली देख्ने र सत्ताको खुशहालीमा रमाउनेहरुले सत्ताको बखान गर्छन्, आआफ्नो दलीय आग्रह बोकेर के के न काम भयो भनेर बखान गर्छन् तर काम कुरो व्यवहारमा तथा परिणाममा र प्रतिफलमा प्राप्त छैन भन्ने यथार्थ निश्पक्ष तटस्थ नागरिकहरु पूर्णतया अनुवोध गर्दछन्। 
कान चिरेका उनै जो जति आए पनि भन्ने पलाक्ने कुरा त्यही हो– राजतन्त्र गयो, गणतन्त्र आयो, संविधान बन्यो र राज्यको पुन र्संरचना सहित चुनाव हुनेभयो। तर के गएर के आयो, के बनेर के भयो अनि चुनावको तिथि र नवसंरचनाको स्थिति कहिले कस्तो कसरीके हुने भयो? कुनै यकिन छैन। जनतामा भर भरोसा र भाग्यको कुनै ठेगान छैन। गणको शासनमा र उत्कृष्टतम संविधानमा जनमन र आमजनगणको के कस्तो कल्याण हुने भयो, त्यसको पनि कुनै खुलासा आएन। 
यी सब कुरा यथावत छन्, थाँती छन्। ती सबका अहं प्रश्न यथास्थान सजीव छन् अनि जनताले परिवर्तनको सुखानुभूति कसरी गर्न सक्दछन्। जसरी हुन्छ, सत्ताको सिंगौरीखेल्ने आफ्नो बचाउ गर्ने, गठजोड र तोडमरोड गर्दै बिगतलाई गाली गरेर आगतको स्वागत गर्दै आठ दस महिनाको कालक्षेपण गर्दै जाने यस्तो अस्पष्ट र अन्योलको राज्य व्यवस्थामा नौ महिनाको काम डेढ महिनामै भनेर बेतुकको कुरा गरेर के काम? दुनियाँ के भनिरहेछ युग कता जाँदैछ र हाम्रो धरातलीय अवस्था कसरी खस्कदै गएको छ, बुझ्नु पर्ने कुरा त्यो हो, सूझ न बूझ बुझे बुझ नबुझे नबुझ भन्ने ढंग र ढाँचाले जनतामा निराशा नै व्याप्त छ। बुझ्नुपर्ने कुरो यही...