Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

लाइसेन्स, पासपोर्ट र नागरिकता

२४ मंगलबार , चैत्र २०८२९ घण्टा अगाडि

लाइसेन्स, पासपोर्ट र नागरिकता

दैनिक ५० हजार लाइसेन्स छापिदैछन् । पासपोर्ट घरघरमै पु¥याउने हुलाक सेवालाई प्रभावकारी बनाइदैछ । नागरिकता लिन जुन हैरानी थियो, समाप्त हुनेभएको छ । श्रम स्वीकृति त एकै दिनमा दिने कार्य सुरू भइसक्यो । हरेक क्षेत्रका दलालहरूलाई धमाधम पक्राउ गर्ने कार्य भइरहेको छ । मालपोत र भूमिसुधारमा जुनप्रकारको दलाली चल्ने गरेको छ, त्यसको अन्त्य गर्ने कार्य सुरू भएको छ ।
शासकीय सुधार सुरू हुनु र जता पनि दलाल र कर्मचारीलाई घूस नखुवाएसम्म कामै नहुने स्थितिमा सुधार आउन थालेको छ । पहिलो पहिलेका सरकारहरूले पनि भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता भन्थे, व्यवहारमा भ्रष्टाचार व्याप्त थियो । बालेन सरकार आएपछि बास्तवमै भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता देखिन थालेको छ । गर्छु भन्नेका लागि असम्भव केही छैन । बालेन सरकारले पासपोर्ट र नागरिकता घरमै पु¥याइदिने व्यवस्था मिलाउँदैछ । सम्पत्ति छानबिन, दलालमाथि अंकूश, ट्रेड युनियन र विद्यार्थी संगठनमा प्रतिवन्ध, बालिका र महिला सुरक्षा, भ्रष्टाचारमाथि छानबिन सुशासनका लागि बालेन सरकारले थुप्रै काम थालेको छ ।