Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

कांग्रेस भैंसी, एमाले कुकुर

१७ सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - 
संवधान जारी भइसक्दा र ठूला पार्टीहरुले पालैपालो सरकार चलाइरहदा पनि राजनीतिक परिदृश्य संग्लिएन। एकदोस्राप्रति आरोप प्रत्यारोप चलिरहेकै छ। कसैले कसैलाई केही भन्न बाँकी नै छैन। अव त नेताहरुको स्तर यसरी खस्किएको छ कि एमालेले कांग्रेसलाई भैंसी भनिदिए, कांग्रेस के कम कुकुर पार्टी भनिदियो। गाली गर्न अव राजनीतिक मञ्चमात्र होइन, सामाजिक सञ्जालको समेत दुरुपयोग हुनथालेको छ। नेपाली राजनीतिक अवस्था कस्तो छ, कति सभ्य र परिपक्व छ भन्ने जान्नका लागि धेरै मेहनत नै गर्नु पर्दैन, नेताहरुका फेस बुक वा ट्वीटर खोलेमात्र पनि तिनको कुरुप अनुहार देख्न र बुझ्न सकिन्छ।
यस्तै उदाहरण हो एमालेले कांग्रेसलाई भैंसी पार्टी भन्नु र कांग्रेसका धनराज गुरुङले भैंसीले त दुध दिन्छ, कांग्रेस कुकुर पार्टीचाहिं होइन। नेपाली समाजमा कसैलाई नराम्रो गाली गर्नुपर्‍यो भने कुकुर भन्ने चलन छ। कांग्रेसले त्यस्तै अचाक्ली गाली गरेर एमालेलाई कुकुर भनेर गाली गरेको हो। यसरी राजनीतिक नेताहरुवीच तिक्तता बढेर गएपछि कसरी सहमति र सहकार्यको राजनीति हुनसक्छ र? मतदाता सहमति सुरु होस्, विपदका जनताले राहत पाउनु् र विभेदरहित समाजको सिर्जना होस् भनेर चाहिरहेका छन्, नेताहरु भने कुकुर र बिरालोजस्तो आरोप प्रत्यारोपमा लागिरहेका छन्। 
बन्दैन देश बन्दैन। चल्दैन गणतन्त्र यसरी चल्दैन। नेपाली राजनीतिले अर्को कोर्ष लिनैपर्ने बाध्य अवस्था सिर्जना हुँदैछ।