Advertisement Banner
Advertisement Banner

११ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मल चरम अभावप्रति अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को गम्भीर ध्यानाकर्षण

२९ आइतबार , चैत्र २०८२५ महिना अगाडि

मल चरम अभावप्रति अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को गम्भीर ध्यानाकर्षण

देशभर देखिएको रासायनिक मलको अभावबारे अखिल  जारी गरिएकोले किसानका हक, हित अधिकारको पक्षमा निरन्तर प्राथमिकताका साथ आवाज उठाउँदै आएको छ । यसै सन्दर्भमा ताजा वक्तव्य यसप्रकार छ– 
देशभर धान र कोदोको बिउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने र वर्षे तरकारी खेती गर्ने यो अत्यन्त संवेदनशील समयमा देशभर देखिएको रासायनिक मल चरम अभावप्रति अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल एक कृषिप्रधान देश हो, जहाँ देशको जनसंख्याको करिब दुईतिहाइ हिस्सा कृषि क्षेत्रमा निर्भर रहेको छ । कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा करिब एक चौथाइ भन्दा धेरै योगदान गर्दछ । केवल धानबालीले मात्रै पनि कुल राष्ट्रिय उत्पादनको करिब ५ प्रतिशत, कूल अन्न उत्पादनको करिब आधा हिस्सा, कृषिको कुल गाहर्स्थ्य उत्पादनको झण्डै एक चौथाइ ओगटेको छ । धान, मकै र कोदो नेपालको राष्ट्रिय अर्थतन्त्र र किसानहरूको जीवन, जीविका र नागरिकहरूको खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने रणनीतिक बाली हुन् । यस्ता बालीहरूको खेती गर्ने मुख्य समयमा रासायनिक मलको अभाव हुनु, किसानहरू खेतीपाती छोडेर मलका लागि लाइन लाग्ने र कालोबजारीबाट चर्को मूल्यमा मल किन्न बाध्य हुनु देशको दुर्भाग्य हुन पुगेको छ ।
तसर्थ हामी अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र०को तर्फबाट नवनिर्वाचित तथा शक्तिशाली सरकारलाई तुरुन्तै मल आपूर्ति सुनिश्चित गर्न, कालोबजारी नियन्त्रण गर्न, दीर्घकालीन रूपमा मलको समस्या समाधान गर्ने ठोस योजना तर्जुमा गरी लागु गर्न र उपलब्ध मललाई साना तथा उत्पादक किसानको हितलाई ध्यान दिँदै प्राथमिकताका आधारमा योजनाबद्धरूपले वितरण गर्न जोडदार माग गर्दछौँ ।

मितिः २०८२–१२–२९

चित्रबहादुर श्रेष्ठ
अध्यक्ष