नेपाली जीवन पद्धतीको हिस्सा भएको चाड दशैले आँगनमा टेकिसकेको छ। केही भ्रम केही अतिबुद्धिमत्ता अनि सबै कुरालाई धर्मसंग जोडने प्रवृतिले दशैलाई फिक्का पार्दै गएको निकै समय हुन थाल्यो। यी सब कुरा पन्छाएर नेपाली परंपरामा दशैको उपस्थिति हेर्ने हो भने यो नेपालको मौलिक र नेपालीको चिनारी बोकेको चाड हो भन्ने कुरा प्रष्ट हुन्छ। संसारका अन्य कुनै पनि हिन्दूहरुले मान्ने दशै भन्दा नेपालीहरुको दशै मान्ने तरिका, परंपरा भिन्न छ। नेपालीको यो चाड धार्मिक भन्दा सांस्कृतिक हो। अआफ्नो आस्था यस्ता चाडहरुसंग जोड्ने र त्यसमा केही आफ्ना मान्यताहरु समावेश गर्ने प्रचलनले हिन्दूत्वसंग जोडिन गयो। नेपाल बाहेक संसारका विभिन्न ठाउका हिन्दूहरुले दशैलाई कुनै देवतासंग जोडेर हेर्ने गर्दछन।
कही कही भगवान रामको रावण माथिको विजयलाई दशैसंग जोडेर हेर्ने चलन पनि छ। तर न त रामायणमा, न अन्य त्यस्ता कुनै ग्रन्थमा भगवान रामले रावणसंगको युद्धमा नौ दिनसम्म भगवतीको उपासना गरेको प्रसंग पाईन्छ। बरु राम र रावण दुवै एकै ईश्वर शिवका भक्त थिए। रावणले रचना गरेको भनिएको पञ्चचामर छन्दको शिवताण्डव स्तोत्र अहिले पनि शिव बन्दनाको उत्तम स्तोत्रको रुपमा पाठ गरिन्छ। त्यस्तै समुन्द्रमा पुल हाल्न भन्दा पहिले रामले स्थापना गरेको रामेश्वरम शिवधाम आफ्नो धार्मिक महत्व लिएर अहिले पनि कायम छ। यी कुराहरुले राम रावण युद्धमा गरिएको भगवतीको उपासना विजया दशमीको उद्भव हो भन्ने कुरा स्थापना हुँदैन। तै पनि भारतका सबैजसो भागमा रामलिला , रावणदहन आदिको आयोजना गरिने गर्दछ। त्यो उनीहरुको सांकृतिक परम्परा हो जससंग नेपालको परंपराको मिलनबिन्दु छैन।
एक सम्पूर्ण पक्षलाई नै दशैको रुपमा मान्ने केवल नेपालीमात्र हुन। नेपालको बहुल समाजलाई समेटने गरेर दशै मान्ने धेरै किसिमका परंपरा छ। अलग अलग समुदायहरुले धार्मिक वा संस्कृतिक विधि अपनाए पनि नेपालको दशैका केहि साझा र मुलभूत विषेशताशरु छन। दशैको उमंग सबै नेपालीहरुको साझा हो, दशैको पिडा सबै नेपालीहरुको साझा हो। अथक मेहनत गरेर बाली लगाईसके पछि जव बर्ष ऋतु विदा भएर शरद ऋतुको आगमन हुन्छ दशैले मन नै आनन्द गर्ने उमंगको संदेश दिदै नेपालीको घर आँगन च्याउन थाल्छ। संपन्नताको मातले चुर भएकाहरुको तडक भडकले अर्काले हात्ति चडेमा आफु धुरी चडन खोज्ने मानसिकताले दशै टार्न पुर्याउन पर्ने जिम्मेवारी बोकेका परिवारका वरिष्ट सदस्यशरुका निमित्त भने कतिपय अबस्थामा दशामा रुपान्तरण पनि हुने गर्दछ।
समाजका सबै मिलेर रमाईलो गर्ने तथा मतभेदहरु समाप्त गर्ने अबसरको रुपमा दशैलाई नेपालीहरुले शताब्दिर्यौदेखि प्रयोग गर्दै आएका छन। दशैको मनोरन्जनको निमित्त हालिने लिङ्गे पिङ्ग समाजका सबैको सहकार्यमा निर्माण हुनु पनि समाजिक सद्भावको प्रतिक हो। बच्चा, तन्नेरी वा बुढाबुढी जो भए पनि टिकाको दिन बर्षमा एक चोटी भूँई छोडनु पर्दछ भन्ने मान्यताका साथमा पिङ्ग चढने गर्दछन। सकेमा मच्चिएर लिङ्गाको पात टिप्ने कोशिश गर्दछन, नसके अर्काले मच्चाई दिएकोले नै चित्त बुझउछन। पुरातन समाजमा भएका कुनै पनि किसिमका भेदवाभ पिङ्गको रन्कोमा एकै दिनको निमित्त भए पनि छुटने गर्दछ।
खेतीपातीको कामको चटारोमा आफ्ना औजारहरु, हात हतियारहरु जथाभावी भएका हुन सक्छन। दशैमा सबैले आफ्नो ज्यावलको पुजा गर्ने गर्दछन। यसै पुजाको बहानाले ज्यावलहरुको सफाई तथा मर्मत पनि हुने गर्दछ। अझ मुल पुजामा त हलोको फाली नै देवीको रुपमा पुजिन्छ। यो आफ्नो कामको सम्मान हो। समाजमा सबै किसिमका काम गर्ने कारिगरहरुको सम्मान पनि यस चाडको नेपाली विशेषता हो। आफुले सधै काम लगाउनेहरुको पनि दशैमा भाग हुन्छ। दशैको खुशीमा उनिहरुको पनि हिस्सेदारी हुन्छ। यो समाजमा अबहेलित मनिएकाहरुको महत्व र सम्मानको परंपरा हो। यो बिषेशता केवल नेपालको दशैमा मात्र रहेको छ। नेपाली पुगेको ठाउमा आफ्नो परम्परा धान्न शुरु गरेको चलन अरुले पनि पछ्याएको भए कुरा वेग्लै हो।
यसै अवसरमा विवशताको जाँतोमा निरंतर पिसिएर बाँच्नु भनेको के हो भन्ने कुरा भुल्न लागेकाहरुले पनि बर्षमा एक पटक आफ्नो जीवन आफ्नै किसिमले बाँच्छन। राम्रो लगाउने र मिठो खाने आफ्नो रहर गच्छे अनुसार पुरा गर्दछन्। आफन्त, नातागोता तथा इष्टमित्र संग टिकाको बहानामा बर्षमा कमसे कम एक पटक भेट हुनु दशै मनाउन गरेको हजार दुःखलाई खुसीमा बदल्ने कुरा हो। बुज्रुकहरुको सम्मान र सानाहरुलाई दिइने वात्सल्य नै टिकाको सही अर्थ हो, चाहे त्यो रातो टिका होस ्वा सेतो त्मखुसीले कम वा बेशी भन्दैन। जो दशै जस्तो नेपाली चाडको अभावमा पुरा जीवनकालमा कहिल्यै आउँथ्यो वा आउँदैनथ्यो भन्न मुस्किल छ। यसैले नेपालीहरु दशैलाई वडा दशै भन्दछन्। खुशीसाथ मनाउँछन्। यो विशेषता अन्यत्र पाइदैन।
यो कुरालाई चट्क्कै विर्सेर दशैलाई हिन्दरुहरुको मात्र चाड बनाउने प्रयत्न अनचित छ। आफ्ना कर्मचारीहरुको दशै उजिल्याउन बोनस स्वरुप दिइने गरेको दशै खर्च पर्वकै रुपमा भए पनि कर्मचारीहरुको अधिकार बनेको छ। यो नै खुसीको कुरा हो, बर्षौदेखि बाक्क लाग्ने गरेर र बेमौसममा देखाइएको उच्च नेताहरुको गाईजात्राको बिच मै एक पटक फेरी नेपालीले आफ्नो राष्ट्रिय चाड मान्न पाएकोमा सबै नेपालीहरुलाई बधाई अनि वडादशैको शुभकामना। चिरकाल प्रयान्त नेपालीहरुले आफ्नो यो राष्ट्रिय चाड मान्न पाइराखौ, सबै धर्मका आराध्यसंग प्रार्थना छ। वडादशै शुभ होस, ऋण नलागोस र सपरिवार, आफ्ना छरछिमेकीहरुसंगै दशै मान्न पाईयोस्, शुभकामना, शुभकामना, शुभकामना।