Advertisement Banner
Advertisement Banner

१३ शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

भारत–नेपाल आर्थिक सहयोग फोरमहरूको बैठक

०६ आइतबार , बैशाख २०८३२ महिना अगाडि

भारत–नेपाल आर्थिक सहयोग फोरमहरूको बैठक

भारतका बीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीना प्रमुख अतिथि तथा मुख्य वक्ता रहेको भारत–नेपालवीचका आर्थिक साझेदारी एजेन्डालाई अघि बढाउने उद्देश्यले आयोजित बैठक नेपाल उद्योग परिसंघ,बारा–पर्सा उद्योग संघ, मकवानपुर उद्योग वाणिज्य संघ तथा बागमती प्रदेश उद्योग परिसंघको सहकार्यमा सम्पन्न भए।
बैठकमा आर्थिक र व्यापारिक सहयोगका विषयहरुमा छलफल भएको छ । विशेषतः कानुनी अनुपालन, प्रविधि–सक्षम प्रक्रिया, तथा सीमा नाकामा सहज पारगमनमा छलफल भयो । नेपालका ठूला व्यापारिक साझेदार भारतसँग पर्यटन तथा आतिथ्य, कृषि तथा खाद्य प्रशोधन, आयुर्वेद तथा अर्गानिक खाद्य, जलविद्युत तथा नवीकरणीय ऊर्जा, पूर्वाधार, सूचना प्रविधि तथा नयाँ प्रविधि, दुर्लभ खनिज जस्ता प्रमुख क्षेत्रहरूमा लगानी तथा संयुक्त उद्यमका सम्भावनाहरू खोज्ने कुराले महत्वपाएको छ ।
भारतका महावाणिज्यदूत देवी सहाय मीनाले भारत–नेपाल आर्थिक तथा वाणिज्यिक सम्बन्धको चिरफार गर्दै खुला सीमा तथा कनेक्टिभिटी परियोजनाहरू व्यापार प्रवद्र्धनमा महत्वपूर्ण रहेको बताएका छन् । उनले सीमा पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यका हालैका विकासहरू व्यापार विस्तारका लागि निर्णायक हुने बताए ।
फोरमको संयोजन भारत–नेपाल केन्द्र, PHDCCI का वरिष्ठ सचिव अतुल के. ठाकुरको थियो भने कार्यक्रममा नेपाल उद्योग परिसंघका महानिर्देशक घनश्याम ओझा, मधेश प्रदेश अध्यक्ष प्रमोद कुमार साह, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, चितवन उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष सुमन श्रेष्ठ,FNCCI मधेश प्रदेशका तत्कालीन अध्यक्ष अशोक तेमानी, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, जीतपुर–सिमरा सिटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, बीरगञ्ज उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष अनिल कुमार अग्रवाल, NYEF–FNCCI बीरगञ्ज च्याप्टरका अध्यक्ष विश्वास प्रताप शाह, NICCI बीरगञ्ज च्याप्टरका उपाध्यक्ष तथा BiCCI का सह–कोषाध्यक्ष निराज अग्रवाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह राणाभाट, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष त्रिलोचन कंडेल, NYEF बीरगञ्ज च्याप्टरका प्रथम उपाध्यक्ष चन्दन सिंह लगायत उद्योग क्षेत्रका व्यक्तिहरु सकृय रुपमा नेताहरू सहभागी थिए । यो बैठकले बीरगञ्ज–रक्सौल तथा हेटौंडा औद्योगिक क्लस्टरमा व्यापार विस्तार र व्यवसायिक अवसरहरू सिर्जना गर्ने भनिएको छ ।