Advertisement Banner
Advertisement Banner

०६ आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

KOICA ले फर्किएका लाई २५ लाख डलर

०६ आइतबार , बैशाख २०८३४ घण्टा अगाडि

KOICA ले फर्किएका लाई २५ लाख डलर

कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) र कृषि विकास बैंक लिमिटेड (ADBL) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (MoLESS) को उपस्थितिमा "Strengthening Stage-Wise Support System for the Stable Reintegration of Korea Returnee Migrants in Nepal" परियोजना अन्तर्गत वित्तीय सहयोग कार्यक्रम सुरु गर्न २५ लाख डलरको वित्तीय पहुँच सहयोग जुटाइदिएको छ । यो सहयोगले कोरियाबाट उद्यमशीलता तालिम पूरा गरेकालाई वित्तीय पहुँच पुग्ने विश्वास गरिएको छ ।
कोइकाले कुल ८० लाख अमेरिकी डलरमध्ये २५ लाख डलर ब्याज अनुदानका लागि दिनेछ भने K-HaMi ले ८० लाख डलर ऋण उपलब्ध गराउनेछ ।
KOICAको यो सहयोगले उद्यमशीलता वातावरण निर्माण गर्न सघाउने छ । उनीहरूले कोरियामा हासिल गरेका सीप र अनुभवलाई नेपालमा स्थानीय आर्थिक विकासमा लगाउन सक्नेछन् ।
KOICAका निर्देशक मूहोन कोंगले उद्यम तालिम लिएर फर्केकालाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । कोइकाले ३ दशकदेखि स्वास्थ्य, शिक्षा, कृषि, व्यावसायिक तालिम, सूचना प्रविधि, ग्रामीण विकास तथा पर्यटन जस्ता क्षेत्रमा सहयोग गद आएको छ ।