Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

स्थिति अझ सजिलो हुँदैछ

०८ सोमबार , कार्तिक २०७३९ बर्ष अगाडि

शाश्वत शमा 
विश्वहिन्दूमहासंघले तुरुन्तै नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माँग गरेको छ। तीनदिने अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलनको तेस्रो तथा अन्तिम दिन गत शनिवार ५ बुँदे घोषणापत्र समेत जारी गरेको छ। त्यसो त महासम्मेलनले महासंघका लागि उही पुराना भरत केसर सिंह नै अध्यइामा निर्वाचित गर्‍यो। सिंह नै अध्यइा निर्वाचित हुने पक्कापक्की जस्तो भएपछि एकजना व्यक्तिले त्यसकोविरोध गर्दै मतदानको माँग गरेका थिए तर तिनलाई सिंह समर्थकहरुले कुटपिट नै गरेर प्रहरीको जिम्मा लगाइदिएको समाचार सार्वजनिक भयो। जेहोस्, थाईलेण्ड, अमेरिका, नेपाल, भारत, बंगलादेश, पाकिस्तान नेदरलेण्ड, अष्ट्रेलियाका प्रतिनिधिहरु समेत सामेल भएको यो महासम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्नु आफैमा उपलव्धि हो। किनभने पूर्वराजाको उद्घाटन अभिव्यक्तिले जुन राजनीतिक तरङ्ग उठायो, त्यसबाट नयाँशक्ति भनिएका बाबुरामसमेत थरहरि भए। उनले भने हिन्दू गाडी राजतन्त्रले हाँक्दैछ। होसियार प्रतिगामी सलबलाए। 
पूर्वराजाले निषेधको राजनीति नगर्न र सबैलाई समेट्न गरेको आग्रहमा राजनीतिक कम्युनिष्ट शक्तिले पूर्वाग्रह राख्यो। कांग्रेसका सभापति राजधानीमै भए पनि चुप बसे तर कांग्रेसका नेता तथा रक्षामन्त्री वालकृष्ण खाँडले सेनाको हेलिकोप्टरमा पूर्व झरेर पूर्वराजालाई यसरी धम्क्याए– आफ्नो स्थानमा बस। नभए नागार्जुनबाट पनि धपाइनेछ। खाँडले यस्तो के बोले चौतर्फी बिरोध सुरु भयो, कांग्रेसभित्रै खाँडको आलोचना भएको पनि सुनियो। 
पूर्वराजाले कार्यान्वयन नै हुन नसकेको भए पनि संविधानको दायरामा बसेर हिन्दू सम्मेलनको उद्घाटन गरे, अभिव्यक्ति दिए। सहमतिको राजनीति गर्न र निषेधमा कसैलाई नपार्न सुझाव दिए। यसमा केको आपत्ति? पूर्वराजा सेनाका पूर्व परमाधिपति पनि हुन्, यसको हेक्का रक्षामन्त्री खाँडले नराख्नुले सैनिक समुदाय पनि प्रसन्न हुनसकेन। राजनीतिमा बिबाद छ– राजतन्त्र कि लोकतन्त्र, हिन्दू अधिराज्य कि धर्मनिरपेक्षता? लोकमानमाथिको महाभियोग समेत राजनीतिक मुद्दा बनिसकेको छ। यद्यपि विराट हिन्दू सम्मेलन आशा गरिएजति बिराट हुनसकेन। निम्छरो सहभागिताले विराट हुन नसके पनि हिन्दूविरोधी सरकार र समूहलाई हिन्दूशक्तिको बोध गराउन भने पर्याप्त भएको छ। चिसो मौसमको तातो खबर बन्न सम्मेलन सफल भयो। किनभने संविधान संशोधनको तैयारी चलिरहेका बेलामा ९४ प्रतिशत ॐकार परिवारले संसदको ध्यानाकर्षण पनि गरेको छ।
विराट हिन्दू सम्मेलनको असफलता भनेको सम्मेलनले हिन्दूराष्ट्र घोषणा गर्न नसक्नु मुख्य देखिएको छ। यसबाहेक धर्मनिरपेक्ष राष्ट्रमा गुठी सरकारले चलाउन मिल्छ कि मिल्दैन? गुठीका अपार सम्पत्तिको जनताका लागि सदुपयोग किन भएन भनेर कसैले प्रश्न गरेनन्। पशुपतिनाथको सम्पत्तिले विश्वविद्यालय, अस्पताल सञ्चालन गर्ने सोच अगाडि आउनुपर्थ्यो, त्यसो पनि भएन। मात्र केही व्यक्तिकेा वरिपरि घुमेर हिन्दू हिन्दू भनेर विराट हिन्दू सम्मेलन समापन गरियो। यो कमजोरी हो। हिन्दूत्वको परिभाषासमेत राम्ररी पहिचान गराइएन, यस्तो कमजोरी? यस्तै विवादित अवस्थामा मुलुक नरहने पक्का छ। विवादित मुद्दाहरुले निकास खोजेका छन्। निकास दिनैपर्छ, दिन नसके बाँध फुट्छ, समयले आफ्नो मार्ग आफै तय गर्छ। अन्तर्राष्ट्रिय जगतसमेत सबैलाई समेट्न नसकेको संविधान भन्ने स्पष्ट भइसकेको स्थितिमा सबैलाई समेट्ने गरी संशोधन भएन भने एक त कार्यान्वयन नै हुन नसकेको संविधान कागजको खोस्टो भएर समाप्त निश्चित छ। यसकारण पनि संविधानलाई नेपाली जीवन पद्धति बनाउने प्रयास हुनेछ। त्यसो गर्द सबै तह र तप्काले अपनत्व ग्रहण गर्नसक्ने गरी संविधानको संशोधन हुन जरुरी छ। हिन्दू जागिसके, जागेकालाई धर्मनिरपेक्षताको गोलीले बेहास पार्न सक्दैन, चेतना भयार्। 
पारित ४ बुँदे प्रस्तावमा भनिएको छ– 
धर्मनिरपेक्षता घोषणा र राजसंस्था विस्थापित गर्ने कार्यको घोर बिरोध गर्दछ, संसारका कुनै ॐकार परिवारलाई मान्य छैन। तत्काल हिन्दूराष्ट्र घोषणा गर। 
उपरोक्त माग पूरा नभएका ॐकार परिवार सशक्त विरोध गर्न बाध्य हुनेछ।
वैदिक सनातन हिन्दूधर्मबाट इतर धर्ममा प्रवेश गरिसकेकालाई पुनः आफ्नो धर्ममा फिर्ता ल्याउन कदम चाल्न सबैसँग अपिल गर्दछ। 
गौरक्षाका लागि अभियान चलाउने र नेपाल सरकारलाई गौरक्षाका लागि कदम चाल्न माग गर्दछ।