Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

माओ र महेन्द्र

०८ सोमबार , कार्तिक २०७३१० बर्ष अगाडि

पदम हमाल- 
माओ र महेन्द्र: यति दुर्लभ फोटो, यो फोटो आफैमा नेपाल र चीनवीचको मित्रता र इतिहासको साक्षी पनि हो। इतिहासलाई मेटेर मेटिन्न, नेपाल र चीनवीचको सम्बन्धको चर्चा भइरहदा यो मैत्री सम्बन्धलाई नजरअन्दाज गर्न मिल्दैन। यो सम्बन्ध जति प्रगाढ छ, त्यत्तिकै ऐतिहासिक पनि छ। यो सम्बन्धलाई जति विकास गर्न सक्यो, उति नेपालको स्थिरता, शान्ति र प्रगतिका श्रृंखलाहरु बढ्दै जानेछन्। चीन आज विश्वशक्ति बनिसकेको छ। यो शक्तिले वान बेल्ट वान रोड, दक्षिण दक्षिण सम्बन्धको सेतु बाँध्दै आएको छ। चीनबाट नेपाललाई रेलसँग जोड्न रेल कुदिसक्यो। नेपाल त्यो रेललाइन जोड्न आनाकानी गरिरहेको छ। चीनसँग व्यापार पारवहनको सन्धि भयो, पेट्रोलियम पदार्थको व्यापार स्थापित गर्न नेपालले सकिरहेको छैन। हाम्रा नेतालाई डर छ, चीनतिर लस्किदा भारत रिसाउँछ। रक्सौल अमलेखगञ्ज पाइपलाइनको काम गर्न भारतले आफूसँगमात्र पेट्रोलियम व्यापार गर्ने सर्त तेर्स्याएको छ। हामी भारतबेष्ठित हुने कि भूपरिबेष्ठित हुनुको लाभ उठाएर व्यापार बिबिधिकरणतिर लाग्ने? प्रश्न अनेक छन्, चीनसँगको सम्बन्ध यसरी नै विकास गर्न जरुरी छ। नेताहरु बुझ्दैनन्।