Advertisement Banner
Advertisement Banner

२२ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

इतिहास निर्माण गर्ने हो भने.

२२ मंगलबार , बैशाख २०८३८ घण्टा अगाडि

इतिहास निर्माण गर्ने हो भने.

पूर्वराजा यतिबेला पोखरा भ्रमणमा हुनुहुन्छ । पोखराबासीले पूर्वराजा परिवारलाई भव्य स्वागत गरेका थिए । त्यसो त राजा ज्ञानेन्द्रको पोखरा लेकसाइडतिर भएको प्रभातकालीन भ्रमणको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । निस्फिक्री र निर्धक्कसँग विहान पोखराको सडकमा हातेलठ्ठी टेकेर हिड्नु भएका राजा ज्ञानेन्द्रले आफ्नो विवाहको वार्षिकोत्सव पनि पारिवारिक रूपमा मनाउनु भएको खबर छ ।
यता राजा ज्ञानेन्द्रलाई पूर्व घोषणा गर्ने राजनीतिक दलहरू र तिनका नेताहरूमा डर, त्रास, छटपटाहट आदि बढ्दै गएको छ । खासगरी वामपन्थी दलसँग सम्बद्ध नेताहरू बढी त्रसित देखिएका छन् । अध्यादेशले रामचन्द्र पौडेल त्रसित बन्न पुगेका छन् । उनले संविधानविदहरूसँग छलफल गर्दा सरकारसँग मुठभेडमा नजान सुझाव दिएका छन् । प्रधानमन्त्री बालेन्द्र साहले अनियमितता गर्ने, भ्रष्टाचार गर्ने, शान्तिसुरक्षा खलबल्याउने, ठगी गर्ने, सरकारी जग्गा कब्जा गर्ने, तस्करी गर्नेहरूका विरूद्ध जुन अभियान चलाएका छन्, त्यसबाट सबैभन्दा त्रसित दल र तिनका नेताहरू देखापरेका छन् । भ्रष्ट नेताहरूसँग मिलोमतो गर्नेहरूको पनि सातो उडेको देखिन्छ । सरकारले गठन गरेको छानबिन आयोगका विपक्षमा सर्वोच्चमा मुद्दा हाले पनि त्यो असरदार बन्ने लक्ष्यण देखिदैन । उता दलसँग सम्बद्ध सुकुम्वासी संघले प्रम बालेन्द्र साहको पदच्यूत हुनुपर्ने माँगसहितको आन्दोलनको घोषणा समेत गर्न पुगेका छन् । त्यसै गरेर नेकपा भनिने पार्टीका नेता प्रचण्ड, माधव नेपालहरू त घिसारेर पछार्नेजस्ता असंसदीय भाषा बोल्न थालेको सुनिन्छ । संविधानविदहरूसँग तारनतार छलफल गरिरहेका राष्ट्रपति सरकारले पठाएका अध्यादेशहरू किस्ताकिस्तामा प्रमाणिकरण गरे र अन्तमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गरिदिए । यसबाट थाहा हुन्छ, राष्ट्रपति दबाबमा छन् । संविधानअनुसार राष्ट्रपतिले सरकारी विधेयकहरू प्रमाणिकरण नगरे पद धरापमा पर्नेमात्र होइन ।
उता सरकारले सरकारी जग्गा अतिक्रमण गरेर बसेका पार्टीका हुकुमवासीलाई धमाधम उठिबास गराइरहेको छ भने सुकुमवासीको बन्दोवस्त गर्ने भनिरहेको छ । सबैको धारणा छ, पहिले हुकुमवासी र सुकुमवासीको सूची तैयार गरेर, सक्कली सुकुमवासीलाई कहाँ, के कसरी पुनस्र्थापना व्यवस्था हो, तय गरेर डोजर चलाएको भए बालबृद्ध, सुत्केरी, कसैले आँसु झार्नुपर्ने थिएन टिप्पणी भइरहेका छन् ।
घरबहाल सम्बन्धी नियमसमेत ल्याएर व्यवस्थित गर्न तम्सिएको बालेन्द्र सरकारलाई एकातिर वाहवाही भइरहेको छ भने अर्कतिर पुराना, भ्रष्ट, लोभीपापी, राष्ट्रघातीहरू खुट्टा तान्दैछन् । खासगरी कांग्रेस, एमाले, नेकपाजस्ता पुराना दलहरू मजदूर, सुकुमवासी, विद्यार्थी, कर्मचारी उठाएर आन्दोलन गर्न खोजेता पनि त्यो सफल हुने देखिदैन । दलहरूलाई साथ दिन कोही पनि अग्रसर देखिदैनन् । अध्यादेशहरूबाट सुशासनका लागि ऐतिहासिक कार्य गर्नसक्ने लक्ष्यण प्रष्ट हुँदै गएको देखिन्छ । भ्रष्ट र दलीय स्वार्थीहरूको निद हराम हुनपुगेको छ ।
रास्वपा र बालेन्द्र सरकार नेपाली राजनीतिको इतिहास निर्माण गर्ने तैयारीमा जुटेको देखिन्छ । खासगरी बहुप्रतिक्षित संविधान संशोधन सर्वस्वीकार्य बनाउन सके असलमा सुशासन कायम गर्न र नेपालको लथालिङ् स्थिति सुधार्न सक्ने विश्लेषण हुनथालेको छ । संविधानको संशोधन दफा धारामा होइन, जनताको सुझावसहित जनताले अपनत्व लिनसक्ने र सबै राजनीतिक शक्तिहरू अटाउन सक्ने संशोधन हुनसके रास्वपा र बालेन्द्र सरकार ऐतिहासिक रूपमा सफल हुनसक्नेछ ।
३७ वर्षसम्म कांग्रेस, एमाले, माओवादी (हाल नेकपा)हरूले पाएका थिए । तिनीहरू नैतिकहीनताको दलदलमा हात्ती भासिएझैं भासिए र फागुन २१ को ताजा जनादेशअनुसार भुसुना बन्नपुगेका छन् । पार्टीहरूले पटक पटक सडक बिद्रोह गरे, आन्दोलन गरे, भ्रम छरेर स्वार्थको राजनीति गरे । यसपल्ट जनताले मौन बिद्रोह मार्फत डाँडा कटाइदिएका छन् । पहिलो मौका पाएको रास्वपा र बालेन्द्र साहले नेपालको राजनीतिक परिदृश्य नै फेर्ने प्रतिवद्धता र त्यही अनुसारको व्यवहार देखाउन थालेको छ । आफैबाट सम्पत्ति छानबिन गर्न लगाएर बालेन्द्र साह टिमले राजनीतिको परिभाषा नै फेर्ने सुरूआत विश्वभरि नै चर्चित बन्नपुगेको छ ।
संविधान संशोधनमा परम्परागत राजनीतिक शक्ति र ९४ प्रतिशत ॐकार परिवारलाई समेत यथास्थान दिएर संवाद, सहमति र सहकार्यको सुरूआत गर्न जरूरी छ । यसैमा स्थिरता, शान्ति, विकास र सुशासन अन्तर्निहित छ । पुराना दलहरूले निषेध, विभेद, प्रतिषोधलाई नीति बनाए र स्वार्थको पोखरीमा चुर्लुम्मै डुबे, जसका कारण असफल मात्र भएनन्, रक्षात्मक बन्नपुगेका छन् । बिगतबाट शिक्षा लिएर रास्वपा र बालेन्द्र साह अघि बढे असफल हुनेछैनन् । जेनजीका सपना साकार पार्न र नयाँ पुस्ता सक्षम छ भन्ने प्रमाणित गर्न सक्नेछन् । यो कुरा बुझे, हेक्का राखे रास्वपा र बालेन्द्रजस्ता पार्टी र युवालाई सफलता हासिल हुनेछ ।
विशेषदूतको अपरमुस्ताङ मिसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर नेपाल आए, अर्थ र परराष्ट्रमन्त्री र सत्तारूढ रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेर फर्किएका छन् । यसअघि आएका सहायक विदेशमन्त्रीले पनि यिनैलाई भेट गरेर फर्किएका थिए । प्रम बालेन्द्र साहले भेटवार्ता गर्न आवश्यक ठानेनन् । भन्नलाई अहिले भारतका विदेश सचिव प्रम बालेन्द्र साहसँग भेट नहुने भएपनि नेपाल भ्रमण स्थगित गरेको चर्चा छ ।
बालेन्द्र सरकारलाई असफल पार्न खोज्नेहरू प्रधानमन्त्रीले अमेरिका र भारतसँग दूरी बढाएको भनेका छन् । अमेरिका युरेनियम उत्खनन मिसन लिएर आएको र अपर मुस्ताङ पुगेर ड्रोन उडाएर फर्केको प्रचार गरेका छन् । यसैवीच प्रम बालेन्द्र साहले एकवर्ष विदेश भ्रमण नगर्ने जानकारी जारी गरेका छन् ।