Advertisement Banner
Advertisement Banner

२८ सोमबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

काठमाण्डौदेखि रामेश्वरम्, कन्याकुमारीको तिर्थ यात्रा (1)

२८ सोमबार , बैशाख २०८३७ घण्टा अगाडि

काठमाण्डौदेखि रामेश्वरम्, कन्याकुमारीको तिर्थ यात्रा (1)

फागुन २३ गतेबाट हाम्रो यात्र काठमाण्डौ देखि रामेश्वरम्,कन्याकुमारीको तिर्थ यात्रा तथा अवलोकनको लागि शुरू भयो।यात्रामा हामी नौजना सहभागी भयौं।बानेश्वरबाट राजन त्रिपाठी र ईन्दिरा त्रिपाठी,चन्द्रागिरीबाट नीलकण्ठ काफ्ले,देवी काफ्ले,सीता शर्मा,गणेश पौडेल,भविष्य पौडेल,नारायणगढबाट डिल्ली सिग्देल र धनु सिग्देल हामी यात्राका सहभागीहरू थियौं।फागुन २३ गते बिहानै काठमाण्डौबाट नारायणगढका लागि प्रस्थान गर्यौं हाइसमा।गैंडाकोट पुगेर डिल्ली सिग्देलको घरमा खाना खायौं।संयोग भनौं त्यसदिन उहांको घरमा श्राद्ध रहेछ।हामी खाना खाएर देवघाटधाम लाग्यौं।राजन,ईन्दिरा,सीता,भविष्य,म र डिल्ली सिग्देल।देवघाटधाममा मन्दिरहरू दर्शन गरेर गण्डकी स्नान पनि गर्यौं।यसै दिन राज र ईन्दिराजीको बैबाहिक बर्ष पनि परेको रहेछ।हामीले डुंगा तर्दै रमाइलोसंग शुभकामनाका शब्दहरूले शुभकामना ब्यक्त गर्यौं।
२४ गते बिहानै हामी फेरी सुनौलीसम्मको यात्रा शुरू गर्यौं ।हाइसमा जांदै थियौं हल्का बर्षाको कारण दाउन्नेमा बाटो चिप्लो भएकाले केहीबेर रोकिनु पर्यो।अनि कुरा गर्यौं ९५र९६ किलोमिटर बाटो पिच गर्न ७ बर्षमा पनि सकिंदैन रुकारण के होरुत्यसमा पनि देशको सबैभन्दा पुरानो,ठूलो र लामो अनि मुख्य राजमार्ग मर्मतको यो ढिला सुस्ती किन निकै रीस उठ्यो।यात्रा जारी थियो।हामी ११ बजे सुनौली बोर्डर पुग्यौं।गाडीबाट उत्रन एउटा खुट्टो बाहिर निकाल्न नपाउंदै पाखुरा तान्न आइहाले गोरखपुरवाला गाडीका स्टाफहरू।तानातान हानाहान शुरू भयो।एउटा नेपाली थापा दाईलाई हामी तपाईंको गाडीमा जान्छौं भाडा फिक्स गरौं पहिले खाना खान्छौं भने।२२५० भारतिय रूपैयांमा भाडा फिक्स भयो।तनहुं होटलमा खाना खायौं।पैलो गासमै ढुंगा भन्या जस्तै भयो।खाना खाएपछी थापा दाईलाई गाडी लिएर आउनु भनेको त होटलवालाले आंखाको ईशारा नचाइहालेछ।२५०० भन्दा कममा जान्न भन्यो।हामी पनि किन कम रुहामी बोलेपछी पक्का हो तपाईंहरू धोका दिन र ठग्न पक्का रैछ ठीक छ हामी रोडवेजको बसमा जान्छौं भनेम्।रमाइलो त के भने झोला पनि समाको छ पैसा पनि बढाको छ।अन्ततःहामीले महसुस गर्यौं ठगिन शुरू नेपालीबाटै भयो।
थापा दाईको गाडीमा नेपाली गित बजाउंदै गोरखपुर लाग्यौं।बाटोमा निकै गफ चुटे।हाम्रो ग्रुपमा छोरो भविष्य मात्रै जेन्जी थियो अरू त सबै बुढा गन्जी।उसले कसैले पनि नेपाललाई हेपेर बोलेको सुन्न सक्दैन।ड्राइवर दाईसंग नेपाल र भारतको गरिबीको बिषयमा वाकयुद्ध शुरू भैगयो।थापा दाईले हाम्रो इन्डियामा क्या नाम छ गरीब कोइ छैना भनेका के थिए हाम्रो जेन्जीले भएभरका भिखारी कहांका हुन् त भनेर कुरो समाइहाल्यो।क्या नाम छ हामीकहां भिखारी त छ लेकिन करोडपति छ भन्याथिए हामी मजाले हांसिदियौं।गफको तालमा समय कटेको थाहै भएन।सांझ छ बजे कुणाघाट आर्मी क्वार्टर घ्यांगघरमा बास बस्न पुग्यौं।सामान राखेर खाना खान बाहिर लाग्यौं।भारतिय जनसंख्या भन्दा तिन गुणा बढी लामखुट्टेको उपस्थिती थियो।यदी ती मध्ये दुईचारवटा डेंगुवाला मच्छर हुन्थ्यो भने १११बडो आश्चर्य लाग्दो।त्यहांका सैनिकहरू बडो प्यारा।झुलको ब्यावस्था भएको र धुप बालेर केहीलाई भाटे कारवाही पछी आनन्दको निद्रा निदायौं।
अर्को दिन बिहानै नुहाधुवाई सकेर थापा दाईलाई बोलायौं र गोरखनाथ मन्दिर गयौं।अब बल्ल शुरू हुंदैथियो भारतियबाट नेपाली माथी हुने ब्यावहार।हामी गोरखनाथ मन्दिर पस्ने बेला गेटमा सुरक्षाकर्मीले इन्दिराजी र सीताजीलाई सोधे आप लोग नेपाल से होरुहां जी जवाफ।जाइए जाइए।फ्याट्ट एकजना बृद्ध महिलाले भनिन्(नेपाल से,नेपाल के लोग हम जाते है तो कितना परेशान करते है,मन्दिरमे दर्शन तक सहीसे करने नही देते “सायद उनले भोगेको कुरा रीसालु तरीकाले पोखिन्।मलाई नमिठो लाग्यो।केही तस्विरहरू आंखामा झल्कियो।नेपाल पसेका भारतियलाई हामी सबैले होइन केहीबाट त्यस्ता ब्यावहार पक्कै भएकाछन्।अझ धार्मिक आस्था बोकेर आएका तिर्थालुहरू प्रति मन्दिर परिसरमा गरेका ब्यावहारहरूको बदला नै हो जस्तो लाग्यो।अधिकांश बोर्डर नजिकका मान्छेहरू त बिशेष धार्मिक मेलामा आइराखेका हुन्छन् तीनीहरू प्राय  दुर्व्याबहारमा परेका हुन्छन् त्यसैले होला उनीहरूले पनि हामीलाई हेयको दृष्टिले हेरेको।मन पिरो पार्दै गोरखनाथ बाबाको मन्दिर भित्र पस्यौं।भित्रको नजारा फेरी छुट्टै।प्रत्येक मुर्तीमा छुट्टाछुट्टै पुजारीछन्।हरेकले पहिले पैसा चढाओ उसके बाद टिका प्रसादको मन्त्र जाप गर्दा रहेछन्।मन्दिर जाने पैसा नचढाउने छुचाहरू नभन्नु नि हामीले त ठूलो आस्था बोकेर गएका गच्छे अनुसार त चढाईहालिन्छ नि।तर पूजारीहरू भगवानको त्यति धेरै निकट बसेर पनि भक्तालुको आश्था भन्दा पैसालाई नै महत्व दिने।हातमा थोरै पैसा देखे हटजाओ भनेर दुत्कार्ने र सय सयका नोट देख्यो भने टिका प्रसाद दिने।मलाई लाग्यो यिनीहरूले भगवानलाई सोकेसमा राखेर हेराएको पैसा असुल्दा रहेछन्।हैन ति पूजारी कसरी धार्मिक भएरुरुमनमा अनेक कुरा खेल्यो धर्मको नाममा मानविय कर्म भूलेका लोभी पूजारी माथी लास्टै रीस उठ्यो।हाम्रा मठमन्दिरमा बस्ने पूजारीहरूले त्यसो नगरीदिउन् यही सोच्दै लाग्यौं क्वार्टरतिर।
बेलुका छ बजेको गोरखपुरदेखी बेंगलुरूको प्लेन टिकट थियो।हामी क्वार्टरबाट तिन बजे नै निस्क्यौं।दुईवटा अटोमा थियौं ।लिकको फाटक नखोलिएकाले हामी पौने पांच बजेसम्म पर्खाईमा थियौं।ट्रेन आएको आएइ हुनाले फाटक नखुल्दा प्लेन पो छुट्ने हो की डर लागिरहेको थियो ।सबैको अनुहार हेर्ने लायक भैसकेको।फाटक खुलेपछी अटो अगाडी बढ्यो।आप लोगोंको टाइममे पहुंचादुंगा भन्दै कुदायो अटो।गोरखपुर एयरपोर्ट पुगियो।बोर्डिंग पास भयो।हामी भित्र वेटिंगरूममा थियौं एकजना महिला कर्मचारी आएर सोधिन्(आप लोग नेपालसे होरुजीहां हमलोग नेपाल से हैं ।आप कितने लोग होरुहम कुल मिलाकर नौ लोग है भन्यौं।त्यसपछी ती युवतीले भनिन् हमको आपसे एक रीक्वेष्ट हे।क्या आप लोग हमारेसाथ फोटो खिचना चाहोगेरुहमारे अफिसरने कहा हे।उसके बाद हम ईन्डिगोका पेजमे अपलोड करेंगे भनिन्।हामी पनि खुशी हुंदै क्यों नही,क्यो नही ,हम फोटो खिचेंगे भन्यौ। हामी र त्यहाका केही स्टाफहरू लाइन मिलाउंदै थियौं एकजना अफिसर ह्वीलचियरमा आउनुभयो हामी हेरेका हेरेइ भयौं।चाह्यो भने कसले के गर्न सक्दैनरुउहां अफिसर धेरै खुशि हुनुभयो हामी पनि रमाउंदै प्लेन तर्फ लाग्यौं।हामी जब प्लेनमा चढ्यौं स्नागतका लागि उभिएका युवती नेपाली  मूलका देख्यौं।अनि ईन्दिरा मेडमले सोधिहाल्नुभयो नानु नेपाली होरुहांसेर सहमती जनाइन्।उनी नेपाली मूलकी तर दार्जिलिंग निवाली रहेछिन्।सबैभन्दा खुशी हाम्रा गणेश थिए।परिवारसंग घुम्न धेरै हिंडेपनि तिर्थ यात्रा पहिलो नै थियो।छोटो दुरीको यात्रामा खानेकुराहरू अर्डरकोलाई मात्र थियो।अरूले चिया मगाएको देखेपछी हामीलाई पनि तलतल लाग्यो।मूल्य सोधेको त दुईसय रूपैयां कप रैछ।हिसाब गर्दा त चिया मात्रै तीन हजारको बाराहारी भो भन्यौं।ईन्दिरा मेडम झट्ट उठेर तिनै युवतीसंग के के खासखुस गर्नुभयो चिया आयो खायौं।अति मिठो।बिचमा ति  युवतीले आएर नाम सोधिन् र दुईवटा कार्ड ल्याइन् एउटा धनु सिग्देलको नामको र अर्को ईन्दिरा मेडमको नामको।सरी सबैलाई सम्भव भएन दुईजनालाई भनेर दिइन्।कस्मिठो आतिथ्य आहा११झर्ने बेला उनले फोटो खिच्ने इच्छा जनाइन्।फोटो खिच्यौं।हामी बैंगलुरू एयरपोर्ट अवतरण भयौं।एकछिन तिनै एयर होस्टेजको ब्यावहारलाई लिएर।धेरै मिठो र अविष्मरणिय यात्रा रह्यो।
जब हामीले अरूको देशमा सम्मानित आतिथ्यता चाहान्छौं भने हामीले पनि हाम्रा पाहुनालाई त्यस्तै मिठो आतिथ्यता दिन सक्नुपर्छ।बांकी अर्को भागमा।