Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

धान खाने मुसा, चोट खाने भ्यागुता – सुरेशकुमार पाण्डे

१५ सोमबार , असार २०८३१७ घण्टा अगाडि

धान खाने मुसा, चोट खाने भ्यागुता – सुरेशकुमार पाण्डे

यो ऐतिहासिक तथ्य हो। हाम्रो देशमा कुनै पनि समयमा सच्चा कम्युनिस्टको शासन रहेन। हाम्रो देशमा मात्रै होइन, अहिले त विश्वमै कम्युनिस्ट सरकार छैन। कुनै बेला रूसमा थियो र चीनमा थियो, तर अहिले ती देशहरूमा पनि कम्युनिस्ट सरकार छैन। त्यहाँ प्रतिक्रान्ति भइसकेको छ र पुँजीवादी सरकारहरू सत्तामा छन्। उनीहरूको उद्देश्य आफूलाई शक्तिशाली बनाउने र विश्व बजार कब्जा गर्ने प्रतिस्पर्धामा रहनु हो। विश्वको इतिहास हेर्दा र अध्ययन गर्दा जुन देशमा कम्युनिस्ट सरकार आयो, त्यो देशको गुणात्मक विकास भयो, त्यहाँ आमूल परिवर्तन भयो। चीन र रूसजस्ता देशहरू आज विश्वमाझ शक्तिशाली राष्ट्र बन्न सकेका छन्। यसको श्रेय कम्युनिस्ट पार्टीलाई नै जान्छ। महान अक्टोबर समाजवादी क्रान्ति र चीनमा नयाँ जनवादी क्रान्तिपछि ती देशहरूले विकासमा फट्को मारेका हुन्। 

वास्तवमा हाम्रो देशका जनताले कम्युनिस्ट चाहन्छन्, यो सत्य हो। तर उनीहरूले कम्युनिस्टभित्र सही र गलत छुट्याउन नसकेको अवस्थामा केवल लोगो, झण्डा र भाषण हेरेर तथा सुनेर मतदान गर्छन्। परिणामस्वरूप अवसरवादीहरूले जनतालाई उपयोग गरेर आफ्नो फाइदा उठाउँछन् र उठाउँदै आएका पनि छन्। हाम्रो नेपाल मजदुर निर्यात गर्ने देश हो, जसले संसारका कैयौँ देशहरूमा श्रमजीवीहरूलाई पठाएको छ। देशको आयस्रोत पनि मुख्यतः रेमिटेन्स र कर नै हो। अन्य कुनै खास आयस्रोत छैन। यस्तो गरिब राष्ट्रका लागि र गरिब श्रमजीवी जनताका लागि सही कम्युनिस्ट पार्टीले नै देशभित्र आमूल परिवर्तन ल्याउन सक्छ, तर त्यो असली क्रान्तिकारी कम्युनिस्ट पार्टी हुनुपर्छ। हाम्रो देशमा कम्युनिस्टका नामधारीहरू सत्ता–केन्द्रित रहे र आफैँले उठाएका नाराहरू बिर्सेर निजी सम्पत्ति जुटाउन तल्लीन भए। त्यसैले जनतामा कम्युनिस्ट भन्नेबित्तिकै वितृष्णा फैलियो। नक्कली कम्युनिस्ट पार्टीहरूले सक्कली कम्युनिस्टलाई बदनाम गर्न पुगे। 

देशमा कुन कम्युनिस्ट हो र कुन गैरकम्युनिस्ट, त्यो छुट्याउन पनि जनतालाई अप्ठ्यारो भयो। रातो झण्डा, हँसिया र हथौडा अंकित हुँदैमा कुनै पार्टी कम्युनिस्ट बन्दैन। कम्युनिस्टको आचरण भिन्न हुन्छ, उनीहरू अनुशासित हुन्छन्। उनीहरूले वर्गसंघर्षको व्यवहारिकतालाई आत्मसात् गरेका हुन्छन्। अहिले जुनसुकै पार्टीमा पनि पुँजी जुटाउने होड चलेको देखिन्छ। खासगरी कम्युनिस्टहरूलाई सखाप पार्न विश्वका पुँजीवादीहरूले आर्थिक उदारीकरणजस्ता योजनाहरू ल्याए। उनीहरूको मातहतमा सहकारी, आईएनजीओ तथा एनजीओमार्फत नयाँ कम्युनिस्ट विद्यार्थीहरूलाई पुँजी जुटाउने माध्यमका रूपमा अगाडि सारियो। कम्युनिस्ट बन्न खोजेकाहरूलाई त्यसैमा अल्झाइयो र गन्तव्यहीन बनाइयो। वास्तवमा कम्युनिस्ट विचारधाराको प्रचार–प्रसार भएको ठाउँमा प्रतिक्रियावादीहरूले यस्तै प्रकारका योजना तथा विभिन्न संघ–संस्थाहरू खडा गरेर मानिसहरूलाई विविध काममा अल्झाउने गरेका हुन्छन्। त्यसमध्ये एउटा आध्यात्मिक प्रचार पनि हो। उनीहरू जनतामा भ्रम फैलाउन अहिले आफूलाई वैज्ञानिक बताउँदै आएका छन्। रूढिवादी समाजमा आफ्नो जाल फैलाउन विज्ञानको सहारा लिएका छद्मभेषीहरूको कमी हाम्रो समाजमा छैन। 

वास्तवमा कम्युनिस्ट बन्नका लागि सबैभन्दा पहिलो सर्त व्यक्ति वा संस्थाले आफू भौतिकवादी बन्नु हो। जबसम्म कुनै व्यक्ति भौतिकवादी बन्न सक्दैन, त्यो व्यक्ति यथार्थमा कम्युनिस्ट पनि बन्न सक्दैन। रातो झण्डा र कम्युनिस्ट पार्टीको लोगोले आफूलाई छोप्दैमा कम्युनिस्ट बन्न सकिँदैन। कम्युनिस्टको आधारभूत नियमभित्र आफूलाई जसले बाँध्न सक्दैन, त्यो कम्युनिस्ट हुँदैन। कम्युनिस्ट भन्न जत्तिकै सजिलो, बन्न त्यति सजिलो हुँदैन। हाम्रो देशभित्र कुनै पनि समयमा कम्युनिस्ट पार्टीको सरकार थिएन र आउन पनि दिइएन। जो सरकारमा आए, उनीहरू कम्युनिस्टको नैतिकताबाट झरेका अवसरवादी संशोधनवादी नै थिए। कम्युनिस्ट पार्टी वर्गसंघर्षमा आधारित सर्वहारा र सुकुम्बासीको हितका लागि सर्वहारा वर्गको नेतृत्व तथा श्रमजीवीहरूको अधिनायकत्वलाई आत्मसात् गर्ने क्रान्तिकारी शक्ति हो। जसले भनाइभन्दा गराइमा विश्वास राख्छ। उनीहरूको भनाइ र गराइमा एकरूपता हुन्छ। मार्क्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारामा आधारित क्रान्तिकारी कम्युनिस्ट पार्टी देश र जनताको हितमा हुन्छ। यद्यपि कैयौँ पटक नेपालको इतिहासमा क्रान्तिकारीहरू जनताको अगुवा नभएका पनि होइनन्, तर उनीहरू सरकारमा आएकै छैनन्। नेपालमा सङ्घारमा पुगेका क्रान्तिकारी आन्दोलनहरूलाई गर्भमै तुहाउने षड्यन्त्र हुँदै आएको छ। आत्मगत अवस्था तयार नहुँदै लहलहैमा लागेर गरिएको आन्दोलन वा सशस्त्र युद्धलाई अवसरवादले उपयोग गर्दै आएको छ। त्यो २०२८ सालको झापाली आन्दोलन होस् वा २०५२ सालको माओवादी युद्ध, यी दुवै आन्दोलनहरू कम्युनिस्टको काँधमा राखेर चलाइएको बन्दुकजस्तै हुन्। तर निसाना आमूल परिवर्तन होइन, केवल सत्ता परिवर्तन थियो। जसमा होनहार क्रान्तिकारी युवाहरूको बलिदान चढाएर अवसरवादले फाइदा उठायो। 

यद्यपि जुनसुकै आन्दोलनबाट मात्रात्मक परिवर्तन हुन्छ नै। चाहे त्यो झापाली आन्दोलन होस् वा माओवादी आन्दोलन, जसबाट केही जनपक्षीय कार्यमा सफलता पनि प्राप्त भएको छ। तर जनताले चाहेको त देशमा आमूल परिवर्तन र कृषि क्रान्ति थियो। विदेशीसँग भएका तमाम असमान सन्धि तथा सम्झौताहरू खारेज गर्नु थियो। “जसको जोत, उसैको पोत” अर्थात् भूमिहीन गरिब किसान तथा सुकुम्बासीलाई गाँस, बास र रोजगारको व्यवस्था गर्नु थियो। तर विडम्बना, आज हामीले जुन वर्गको हितका लागि आन्दोलन चलाउँदै आएका छौँ, उनै जनताले कुरा बुझ्न नसक्दा झन् ठूलो समस्या आइपरेको छ। उनीहरूको टहरामा डोजर चलाइन्छ, तर त्यसलाई रोक्न सक्ने सामर्थ्य छैन। आज सशस्त्र क्रान्ति गरेर देशलाई सुरक्षित राख्न सकिने अवस्था छैन। आज ती साम्राज्यवादी शक्तिहरूबाट आफ्नो स्वाभिमान र राष्ट्रको रक्षा कसरी गर्ने भन्ने चुनौती आइपरेको छ। कुनै पनि सरकार ढाल्नु ठूलो कुरा होइन, बरु जनपक्षीय सरकार बलियो बनाउनु ठूलो कुरा हो। अहिलेको यो अवस्था सिर्जना हुनु कम्युनिस्टले गर्दा होइन, बरु कम्युनिस्टको लोगो भिरेका कैयौँ छद्मभेषीहरूका कारण भएको हो। तर कतिपय जनताहरू यसको दोष पनि कम्युनिस्टलाई दिन्छन्। त्यो वास्तवमा कम्युनिस्टलाई बुझ्न नसक्दाको परिणाम हो। आज पनि हाम्रो देश र यहाँका जनताका लागि सर्वहितकारी कुनै दृष्टिकोण छ भने त्यो कम्युनिस्ट विचारधारा नै हो। कुनै विदेशीको दलाली गरेर देश बन्दैन। देशमा विकासको ढोका आफ्नै देशबाट खुल्छ। 

विकास कसैको दया वा मायाले होइन, आफ्नै सन्तानले आफ्नो माटोमा पसिना बगाएर मात्र सम्भव हुन्छ। कुनै पनि देशले निःस्वार्थ दया गर्दैन, बरु सहयोग दिएजस्तो गरेर त्यसको कैयौँ गुणा फाइदा आफूले उठाउँछ। प्रशस्त स्रोत–साधन आफ्नै देशभित्र छन्, पौरखी जनता छन्। तर विकासको स्पष्ट दृष्टिकोण नभएका व्यक्तिहरू सत्तामा काबिज हुन्छन्। विदेशबाट अनुदान र ऋण लिएर आफ्ना निजी स्वार्थ पूरा गर्छन्। त्यसैले देश नाङ्गेझार भएको हो। अहिले पनि त पुराना नेताहरूलाई दलाल र भ्रष्टाचारी भन्नेहरूको सरकार छ। खै त भ्रष्टाचारमा आंशिक सुधार भएको? विदेशी चलखेल उस्तै छ। छातीमा हात राखेर भनौँ, के अहिले पहिलेभन्दा विदेशीहरू झन् हावी भएका छैनन्? महँगी बढेको छैन? देशले ऋण लिएको छैन? ऋण लिएर सङ्घीयता किन धानिरहनु परेको छ? यस्ता कैयौँ प्रश्नको उत्तर विगतदेखि वर्तमानसम्म कसैले दिन सकेको छैन। केवल आफू सत्तामा जान अरूलाई गाली गर्नेहरूको जमात हाम्रो समाजमा छ। यदि नेपालमा नौलो जनवादी क्रान्ति गर्ने हो भने कुनै पनि युवा विदेशिनुपर्दैन।

हाम्रो देशमा प्रशस्त काम छ। कृषिमा क्रान्ति आउन सक्छ। आफ्नै लगानीमा ससाना उद्योगहरू खोलेर देश आत्मनिर्भर हुन सक्छ। त्यो वातावरण त सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र सिर्जना गर्न सक्छ। अन्य राजनीतिक पार्टीहरू त विदेशीको मुख ताकेर बसेका हुन्छन्—खस्छ र खाउँला भनेर। अहिले विदेशीको दलाली गर्ने र आफू तथा आसेपासेहरूको भुँडी भर्ने काम मात्र हुँदै आएको छ। विदेशीले सम्मान गर्‍यो, तर केका लागि? यो नेपाली जनताले बुझ्नु अति आवश्यक छ। 

कम्युनिस्टको लोगो भिरेका कैयौँ छद्मभेषीहरूका कारण भएको हो। तर कतिपय जनताहरू यसको दोष पनि कम्युनिस्टलाई दिन्छन्। त्यो वास्तवमा कम्युनिस्टलाई बुझ्न नसक्दाको परिणाम हो। आज पनि हाम्रो देश र यहाँका जनताका लागि सर्वहितकारी कुनै दृष्टिकोण छ भने त्यो कम्युनिस्ट विचारधारा नै हो। कुनै विदेशीको दलाली गरेर देश बन्दैन। देशमा विकासको ढोका आफ्नै देशबाट खुल्छ। विकास कसैको दया वा मायाले होइन, आफ्नै सन्तानले आफ्नो माटोमा पसिना बगाएर मात्र सम्भव हुन्छ। कुनै पनि देशले निःस्वार्थ दया गर्दैन, बरु सहयोग दिएजस्तो गरेर त्यसको कैयौँ गुणा फाइदा आफूले उठाउँछ। प्रशस्त स्रोत–साधन आफ्नै देशभित्र छन्, पौरखी जनता छन्। तर विकासको स्पष्ट दृष्टिकोण नभएका व्यक्तिहरू सत्तामा काबिज हुन्छन्। विदेशबाट अनुदान र ऋण लिएर आफ्ना निजी स्वार्थ पूरा गर्छन्। त्यसैले देश नाङ्गेझार भएको हो। अहिले पनि त पुराना नेताहरूलाई दलाल र भ्रष्टाचारी भन्नेहरूको सरकार छ। खै त भ्रष्टाचारमा आंशिक सुधार भएको? विदेशी चलखेल उस्तै छ। 

छातीमा हात राखेर भनौँ, के अहिले पहिलेभन्दा विदेशीहरू झन् हावी भएका छैनन्? महँगी बढेको छैन? देशले ऋण लिएको छैन? ऋण लिएर सङ्घीयता किन धानिरहनु परेको छ? यस्ता कैयौँ प्रश्नको उत्तर विगतदेखि वर्तमानसम्म कसैले दिन सकेको छैन। केवल आफू सत्तामा जान अरूलाई गाली गर्नेहरूको जमात हाम्रो समाजमा छ। यदि नेपालमा नौलो जनवादी क्रान्ति गर्ने हो भने कुनै पनि युवा विदेशिनुपर्दैन। हाम्रो देशमा प्रशस्त काम छ। कृषिमा क्रान्ति आउन सक्छ। आफ्नै लगानीमा ससाना उद्योगहरू खोलेर देश आत्मनिर्भर हुन सक्छ। त्यो वातावरण त सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र सिर्जना गर्न सक्छ। अन्य राजनीतिक पार्टीहरू त विदेशीको मुख ताकेर बसेका हुन्छन्—खस्छ र खाउँला भनेर। अहिले विदेशीको दलाली गर्ने र आफू तथा आसेपासेहरूको भुँडी भर्ने काम मात्र हुँदै आएको छ। विदेशीले सम्मान गर्‍यो, तर केका लागि? यो नेपाली जनताले बुझ्नु अति आवश्यक छ।