
२०२६ सालतिरको नेपाली कांग्रेसको राजनीतिक अवस्थालाई हेर्दा, १९४७ अघिको भारतमा रहेको भारतीय कांग्रेस पार्टीको राजनीतिक घटनाक्रमसँग धेरै हदसम्म समानता देखिन्छ। महात्मा Mahatma Gandhi का विचार र सिद्धान्तले राजनीतिक उचाइ त हासिल गरे, तर अन्ततः भारतीय कांग्रेस विदेशी शक्तिको प्रभाव र नेहरू परिवारको केन्द्रमा सीमित हुन पुग्यो। त्यसैगरी, नेपालमा पनि नेपाली कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नरहेको २०८२ भदौ २३/२४ को Zen-Z आन्दोलनको प्रभावले २०४७ र २०६३ पछि स्थापित राजनीतिक संरचनामाथि गम्भीर प्रश्न उठाएको देखिन्छ। अवैधलाई वैध बनाउने निर्णय र मूल्यहीन राजनीतिक अभ्यासले कांग्रेसको वैचारिक धरातल कमजोर बन्दै गएको अनुभूति हुन्छ। दक्षिण एशियाको इतिहास हेर्दा, यहाँका राजनीतिक शक्ति र शासन व्यवस्था प्रायः आफ्नै बलबुताभन्दा बाह्य प्रभाव र शक्ति सन्तुलनको आडमा टिकेको देखिन्छ। देश ठूलो होस् वा सानो, भौगोलिक स्वरूप जस्तोसुकै भए पनि यो यथार्थ फेरिएको छैन। यद्यपि, दक्षिण एशियाको वैचारिक र सैद्धान्तिक राजनीतिमा Mahatma Gandhi, Bishweshwar Prasad Koirala र Ganesh Man Singh जस्ता नेताहरू आज पनि प्रेरणाका स्रोतका रूपमा स्थापित छन्। गान्धीपछि उनको परिवार भारतीय राजनीतिमा सक्रिय रूपमा देखिएन, तर नेपालमा विपी कोइराला र गणेशमान सिंहका परिवारले अझै पनि नेपाली प्रजातन्त्रको मौलिक संस्कृति, राष्ट्रियता र लोकतान्त्रिक मूल्यको संरक्षणमा सक्रिय भूमिका निर्वाह गरिरहेका देखिन्छन्। तर पछिल्लो समय उनीहरूमाथि पनि भारतमा गान्धीपछिको राजनीतिक परिस्थितिजस्तै घेराबन्दी सिर्जना गर्ने, राजनीतिक अस्तित्व कमजोर पार्ने र बाह्य शक्तिको आडमा योजनाबद्ध रूपमा प्रभाव समाप्त गर्ने प्रयास भइरहेको आभास हुन थालेको छ। अबको आवश्यकता भनेको राजनीतिक शक्ति सन्तुलन कायम गर्दै नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता जोगाउन सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनु हो। राष्ट्रको नेतृत्व गर्ने ऐतिहासिक अवसर विपी र गणेशमानका उत्तराधिकारीहरूले गुमाउनु हुँदैन। जय नेपाल


