Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

स्वतन्त्रता हाम्रो बोलिदिनुपर्ने चीनले

१३ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

पदम हमाल- 
नेपाल हाम्रो देश, हाम्रो देशको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताका लागि चीनले बोलिदिनुपर्ने। हाम्रा राजनीतिक नेताहरुको के काम? चीनले प्रत्याभूत गरेपछि हामी गर्वले नाक फुलाएर बस्ने, चीनले नबोल्दा भारत र पश्चिमाले खाने भए कि भनेर मन ढुक्क फुलाएर बस्ने? कति कमजो भएछों हामी वीरका सन्तानहरु? आज पनि भारतीय र बृटिश गोर्खामा नेपालकै शूरवीरताको गाथा छ। राष्ट्रसंघले विश्वशान्तिका लागि द्वन्द्वग्रस्त मुलुकहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकै छनौट गर्छ। बेलायतका युवराजले समेत गोर्खा भएकाले म सुरक्षित छु भनेर गर्व गरेको समाचार पनि सार्वजनिक भएकै हो। मलेसिया, अमेरिकादेखि अनेक मुलुकमा सुरक्षागार्डदेखि सैनिक सेवामा समेत गोर्खाली युवा चयन हुनथालेका छन्। यसपाली त बेलायतले २५ प्रतिशत बढी भर्ति खोलेको खबर आइसक्यो। तर नेपाली राजनीति विश्वमै निम्नस्तरको भयो। भ्रष्टाचारमा डुबेको कारण राजनीतिजस्तो अविश्वसनीय र देशघाती अरु केही भएन। विश्वका अनुसन्धाताहरुले वर्ष वर्ष दिनमा प्रकाशित गर्ने रिपोर्टहरुमा कूशासन, दण्डहीनता, शोषण, हिंसायुक्त मुलुकको सूचीमा नेपाललाई राख्ने गरेका छन्। 
राजनीति खराव भइदिदा प्रशासन सही हुनसकेन। सुशासन कायम भएन, जारी भइसकेको संविधानसमेत कार्यान्यवन नभएको दुखान्त यथार्थ बोकेर नेपाल घस्री घस्री लोकतन्त्रको मैदानमा हिडिरहेको छ। नाममात्रको लोकतन्त्र, लोकतन्त्रका गरिमा र महिमा नेता र प्रशासकहरुले मिलेर मुण्डन गरिसके। हामी विश्वकै प्राकृतिक सौन्दर्ययुक्त मुलुकका कुरुप शासन भोगिरहेका जनता हौं। हामी आफै स्वतन्त्र हुनसकिरहेका छैनौं र अर्काको भर परिरहेका छौं।