Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जनताका सारथी: सामाजिक अभियन्तादेखि नगर प्रमुखसम्म विष्णु कुमार भामको प्रेरक यात्रा।

२० बुधबार , श्रावण २०८३१८ घण्टा अगाडि

जनताका सारथी: सामाजिक अभियन्तादेखि नगर प्रमुखसम्म विष्णु कुमार भामको प्रेरक यात्रा।

सङ्घर्ष, सामाजिक सेवा र दृढ इच्छाशक्ति भएका व्यक्तिहरू नै समाज रूपान्तरणका संवाहक बन्छन्। यस्तै एक राजनीतिक तथा सामाजिक व्यक्तित्वको नाम हो—मुगुका का  विष्णु कुमार भाम। हाल मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख रहेका भाम, जनताको मनमुटुमा बस्न सफल एक लोकप्रिय नेता र गरिब, दुखी एवं निमुखाहरूका भरपर्दो सारथी हुन्।जन्म र पारिवारिक पृष्ठभूमि विष्णु कुमार भामको जन्म वि.सं. २०४७ साल साउन ९ गते मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका अन्तर्गत पर्ने भामबाडामा भएको हो। बाजे तेज बहादुर भाम, बुवा प्रवेश भाम र आमा लालकलि भामको कोखबाट जन्मिएका भामको बाल्यकाल ग्रामीण परिवेशमा नै बित्यो। पारिवारिक संस्कार र ग्रामीण जीवनको भोगाइ ले उनलाई सानै उमेरदेखि समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्‍यो।थियो शिक्षाको यात्रा र सङ्घर्षउनको प्रारम्भिक शिक्षा मुगुको भारेकोटस्थित मीन माध्यमिक विद्यालयबाट सुरु भयो, जहाँ उनले कक्षा १ देखि ६ सम्मको अध्ययन पूरा गरे। त्यसपछि माध्यमिक तहको शिक्षाका लागि उनी बाँकेको नेपालगन्ज आए। नेपालगन्जको श्री धम्बोजी माध्यमिक विद्यालयमा उनले वि.सं. २०६२ सालमा कक्षा ८ र ९ को अध्ययन गरे।अन्ततः वि.सं. २०६४ सालमा मुगुको श्री महाकाली नमुना उच्च माध्यमिक विद्यालयबाट उनले दोस्रो श्रेणी (सेकेन्ड डिभिजन) मा एसएलसी (SLC) उत्तीर्ण गरे। शिक्षा प्राप्तिसँगै उनले आफ्नो उच्च शिक्षाको यात्रा रारा बहुमुखी क्याम्पस, नाउर मुगुमा अगाडि बढाए।सामाजिक अभियानको नेतृत्वदायी सुरुवात म विष्णु कुमार भामको सामाजिक यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो। भामबाडाको वडा नम्बर ४ मा 'कर्णाली बाल क्लब' स्थापना गरेर उनले आफ्नो पहिलो सामाजिक अभियानको पाइला चालेका थिए। त्यसपछि उनले गाउँघरमा विभिन्न उल्लेखनीय सुधारका कामहरू गरे:गाउँ सुधार र विकृति नियन्त्रण म गाउँको सरसफाइ, बालीनालीको रेखदेख देखि बालिनाले संरक्षणको लागि गाउँमा नोरालो समेत लागेर बालेनाले संरक्षण गरेका भाम, जाँडरक्सी नियन्त्रण र जुवातास बन्देज जस्ता सामाजिक सुधारका कार्यमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिय।वातावरण र वन संरक्षण: वि.सं. २०६८ देखि २०७२ सालसम्म (४ वर्ष) उनी सामुदायिक वनको अध्यक्ष बने। सो अवधिमा उनले व्यापक वृक्षारोपण, वन जङ्गलको रेखदेख र पर्यावरण संरक्षणमा ठुलो योगदान पुर्‍याए।

पूर्वाधार र परोपकार: गाउँमा खानेपानीको व्यवस्थापन, बाढी-पहिरो नियन्त्रणका प्रयासहरू, विद्यालय भवन निर्माण, तथा यात्रीहरूका लागि पाटी-चौतारा बनाउने र बिरुवा रोप्ने जस्ता थुप्रै प्रशंसनीय कामहरू उनले जनस्तरमा गरे।राजनीतिक उदय र जनसेवासामाजिक अभियानबाट खारिएका भामले पछि राजनीतिक पद धारण गरे पछि पनि उनी मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका को नगर प्रमुख बनिसकेपछि उनको सेवाको दायरा अझ फराकिलो बन्यो। पदमा पुगेपछि पनि उनमा कुनै अहंकार आएन, बरु उनी 'श्रमदान' का माध्यमबाट हरेक शनिबार बिहान सबेरै उठेर  काँधमा साबेल बिल्छा कोदालो समातेर लागिहाल्थे श्रमदानमा जनतासँगै जोडिए।विकास निर्माणका काममा आफैँ कोदालो र साबेल बोकेर श्रमदानमा खटिने उनको शैलीले मुगुका जनताको मन जित्यो। समाजका गरिब, असहाय, दुखी र निमुखा वर्गका लागि उनी सधैँ सहारा बनेर उभिएका छन्। आज मुगुको हरेक बस्ती र नागरिकले उहाँको यो रूपलाई प्रष्टसँग चिनेका छन् र सम्मान गर्छन्।नगर प्रमुख विष्णु कुमार भामले गरेका यी जनमुखी र प्रशंसनीय कार्यहरूले उनलाई एउटा सच्चा जनप्रनिधिका रूपमा स्थापित गरेको छ। जनताको सुख-दुःखमा सधैँ साथ दिने उनको यो निष्ठा र निरन्तरको यात्रा आगामी दिनमा पनि अझ सशक्त बन्दै जाने विश्वास मुगुवासीले गरेका छन्।(लेखक: रतन रावल)