Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

राष्ट्रियता गुमाउँदै गएको मुलुक

२० सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

शाशवत शर्मा - 
मुलुकको राजधा अस्तव्यस्त छ, मध्यपश्चिम आन्दोलित। अशान्त मध्यपश्चिमको चिन्ता र चासो सरकारले गरेन। ५ नम्बर क्षेत्रका पहाडी र मधेसी जिल्ला टुक्य्राउन संसदमा सरकारले दर्ता गराएको संशोधन विधेयक फिर्ता लिन माँग गर्दै सत्ता र विपक्ष दुबैखाले नेता कार्यकर्ता, आमनागरिक मिलेर आन्दोलन गरिरहेका छन्। मन्त्री हितराज र विक्रम पाण्डेसमेत विधेयकको विरोधमा उत्रिएका छन्, कतिपय सांसदले त विधेयक पारित भए पार्टी र सांसद पद परित्याग गर्ने धम्की समेत दिएका छन्। दीपक बोहरा र बालकृष्ण खाँड बोल बोल मछली मुखभरि पानी गरेर उकुसमुकस भएका छन्। तैपनि प्रधानमन्त्री हलचल गर्दैनन्, किन? विधेयकको पक्षमै उभिनुपर्ने बाध्यता के परेछ कुन्नी?  
राजधानीदेखि मध्यपश्चिम क्षेत्रमा नेपालको झण्डा बोकेर विशाल जनसागर उर्लिरहेकै छ। यता केन्द्रमा, प्रधानमन्त्री र विपक्षी नेता शेरबहादुरको गर्जन छ– प्रस्ताव पास हुन्छ, एमालेकै समर्थनमा पास हुन्छ। एमालेको कथन छ– कुनै पनि हालतमा यो प्रस्ताव फिर्ता हुनैपर्छ, अन्यथा प्रतिपक्षीको शक्ति देखाइनेछ। उता मधेसी मोर्चाका नेताहरु संशोधन प्रस्ताव अपुरो भयो, सबै माग संवोधन हुँदैन भनेर विभाजित भएका छन्। यो विभाजनलाई जोडिदिन मंसिर १७ गते शनिवार भारतीय राजदूत रंजित रेले दूतावासमै भोज खुवाए। त्यसपछि उपेन्द्र यादव बाहेकका नेताहरुको एकाएक टोन डाउन हनुपुगेको छ। यद्यपि वीरगञ्जमा रहेको भारतीय वाणिज्यदूतावास रुपन्देहीमा सक्रिय भएर त्यहाँका मधेसी र मुसलमानलाई ट्याकल गरिरहेको छ, नेपालमा राजनीति पन्चर भएर विदेशी कूटनीतिज्ञले पो हाम्रो देशको राजनीति गर्न थालेको छ। तैपनि पानीमरुवा लोकतान्त्रिक नेताहरु मरे बाँचेको अत्तोपत्तो छैन। अहिले ५ नम्बर क्षेत्र दुख्दा अन्यत्रको मधेस दुखेन। पहाड र मधेस छुट्याइदा मधेसी चुपचाप छन्। मुलुक विस्तार विस्तार अस्तित्वविहीन भइरहेको छ। बलेको मैनबत्तीजस्तो पग्लदै र सकिदै गएको छ। स्वाधीनता, स्वतन्त्रताको ओकालत गरेर नथाक्ने नेताहरु विदेशी चलखेलको नांगोनाच हेरेर रमाइरहेका छन्। नेपालको आन्तरिक मामिलामा विदेशी चलखेलको प्रतिकार न सत्ता, संसद, न कुनै पार्टीले गरिरहेका छन्। कसरी नेपाली मानसिकतालाई निरमा डिटर्जेन्ट पाउडरले धोइसकेछ भारतले? हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने आवाज अव उठ्न छाडेको छ। अनेकतामा एकता, नेपालको विशेषता नेपाल हो भन्ने बोली सुन्न छाडिएको छ।