स्वयम्भुनाथ कार्की -
पञ्चायतको समाप्ती पछि त्यसले भोग गरेको अवधीको हाराहारी हुादा समेत राजैतिक दलहरुले यति कम समय भनेर बहाना बनाउन छोडेका छैनन। यो “नाच्न नजान्दाको टेढो आंगन“ हो।
संविधान निर्माणमा नियन्त्रणकारी भुमिकामा बसेका बाबुराम अझै जनतालाई उल्लु वनाउन सकिन्छ भनेर 'नयाँ शक्ति'को राग अलाप्दैछन। एक वाक्यको भए पनि संविधान जारी गर्नै पर्छ भनेर उनले संविधानसभा मै बोलेको अभिलेखमा हुँदै होला। ३ सय ८ धारा र ९ अनुसूचीको संविधान जनताको भोग लिदै जारी भएको छ, आफ्नो बुद्धि विहिनताले मुलुकलाई भड्खालोमा जाकेर पनि आफैलाई तारणहार सावित गर्ने कुचेष्टामा छन। यो करिव तीन दशकमा अनेकौ तरिकाले, अनेकौ समिकरण बनाएर बुताले भ्याएसम्मको प्रयोग भई सक्यो। ६३मा राजाले खाली गर्ने वित्तिकै नारायणहिटी जिम्मा लगाएका मधेशका 'मसिह' भनाइने दलहरु पनि लगातार सत्ताको हिस्सेदार भएका नै छन।
अझ राजासहितको प्रजातन्त्रको भन्ने कमल थापा समेत सत्तामा पुगिसकेको अवस्था छ। आफुले लिएको भनिएको सबै सिद्धान्तको प्रतिकुल आएको संविधानको मुक्तकण्ठले प्रशंसा गरेर सत्ता फकाउनु 'कथा'को जपना भएको छ।
हुँदाहुँदा उनले राप्रपा नेपाल नै राप्रपामा विलय गराए जुन बुादामा नमिलेर छुट्टिएको थियो त्यो नै उधारोमा राखेर। तर राप्रपा नेपाल गठन गर्न तात्कालिन सत्ताले लगाएको छेकवार तोडन सही गर्ने देशभक्तहरुले राप्रपा नेपाल जीवित नै राख्ने संभावना प्रवल छ कथा टुटेर गए पनि।
महिनौ मुलुकका सर्वसाधारणलाई नरकजस्तै कष्ट भोग्न बाध्य गराउने यी 'मसिह' र त्यो कष्ट एकरत्ति पनि कम गर्न अक्षम नेपालका प्रमुख दलहरु सबै कुरा भारतको टाउकोमा हालेर 'पानी माथिको ओभानो' बन्दैछन।
यस्तो परिस्थितिमा 'सिके'हरु चम्कनु स्वभाविक नै हो। बंगला भाषामा राष्ट्रियलाई जातिय भनिन्छ भन्दैमा अरु भाषामा पनि जाति भनेको राष्ट्र हो भन्ने परिभाषा यीनै दलहरुका बुद्धिजीविहरुले गरेका छन। राष्ट्र र राष्ट्रियता अलग अलग कुरा हुन भन्ने परिभाषा कोच्याए पछि ढिलो वा छिटो राष्ट्र विखण्डन हुन्छ नै। यहि आफैले निम्त्याएको कुराले खतरा देखेपछि जीवनभर घारेहात लगाएर गाली गरेको 'राष्ट्रवाद'को फेर समातेर भविष्यले देशघाती नभनोस् भन्ने प्रयत्न गर्दैछन्।
हिन्दु अधिराज्य र हिन्दु राष्ट्रमा आकाशपातालको फरक छ। हिन्दु अधिराज्य भनेको परंपराको साथै मुलुकको स्वाभिमानी अस्तित्वको निरन्तरता हो, धर्मलाई राजनीतिमा मुछ््ने वर्तमान निरपेक्षको प्रतिबिष हो।
हिन्दु राष्ट्र भनेको धर्मको नाममा भारतका पिठाधिशहरुको नियन्त्रणमा मुलुक सुम्पने कुचेष्टा हो। यो सुनौला मौकामा सरदार पटेलले भारतिय संघमा जोड्न नसकेको राष्ट्र हिन्दु गणतन्त्रको नाममा भारतले आफ्नो पोल्टामा पर्ने संभावनालाई हावा दिनु अस्वभाविक हैन।
यसैले विभिन्न भारतिय राजनैतिक, धार्मिक व्यक्तित्वहरु हिन्दु अधिराज्यको विरोधमा तर हिन्दुराष्ट्रको पक्षमा बोल्दैछन। यसैको नयाँ प्यादा हुन कथा राप्रपा नेपालको अस्तित्व घाईते बनाएर विलय हुन गएका छन। सनातनी परंपरा अपभ्रंश भएर आएको हिन्दु शव्द टेकेर आफ्नै अस्तित्वलाई धारेहात लगाउन उद्धत पिढी यहि दलिय राजनीतिको सत्तामा टाासिईरहने छलकपट विद्याको उपज हो।
त्यसमा सनातनी परंपरा मध्येका केही सम्प्रदायका धर्मगुरुहरुले दिएको 'हिन्दुराष्ट'को नारा प्रियकर लाग्नु स्वभाविक नै हो। सनातनी चिनारी मेटिएको वेलामा चाहे हिन्दु नामले नै किन नहोस कुल परंपराको चिनारी कायम रहोस भन्ने चाहाना हो।
यसको दुरुपयोग गर्दै हिन्दु गणतन्त्रको नाममा मुलुक नै भारतिय धर्मगुुरुको जिम्मा लगाउन सकिन्छ कि भनेर कसैले मुख मिठ्याएको हुन सक्छ। पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका भन्दा नेपालको एकिकरण गरेका हुन। विभिन्न कालखण्डमा विभिन्न तरिकाले टुक्रा हुन पुगेको नेपाललाई एकिकरण गरिएको हो। यदि विजित मुलुकलाई गोर्खामा मिसाएको भए त्यसलाई राज्य विस्तार मान्न सकिन्थ्यो। काठमाण्डौलाई आफ्नो इच्छा विपरित राजधानी कायम गरेर प्राचिन नेपाललाई सम्मान गरेका थिए।
झण्डा लिच्छवी कालिन नेपालको झण्डाबाट नै कायम गरे जसको नमुना चाँगुनारायण मन्दिरमा छ। प्राचिनदेखि हालसम्म नेपालको गौरव र जनताको हित भएको कार्यकाल राजाहरुको प्रत्यक्ष शासन काल नै छ। आलंकारिक राजा, अमात्य वा प्रधानहरुको नियन्त्रणमा भएका लालमोहर मात्र लगाउने राजा, शिशु राजा सातसाल भन्दा पहिले नै भोगि सकेको छ। संवैधानिक भनेर राजनैतिक दलहरुको अधिनमा र अहिले गणतन्त्र पनि भोग्दैछ।
गणतन्त्रको हियामती गर्नेहरु नै नेपालमा विभिन्न समस्या रहेको कुरा स्विकार गर्न बाध्य भएका छन्। नामै सुन्दा पनि सुनपानी छर्कनु पर्ने मनस्थिति भएकाहरु पनि राजा महेन्155को कार्यकाल सम्झन पुग्दैछन। अलग अलग समस्याको अलग अलग हल गर्ने प्रयत्नमा सबै छन।तर एक समस्या हल भै नसक्दै अर्को समस्याले टाउको उठाउन पुग्दैछ। भनिन्छ हात्तीको पाइलाको डोव अटाउने ठाउामा सबैको पाईलाको डोव अटाउछ। यस्तै सबै समस्याको एकमुष्ट हल राजसंस्था पुनर्वहाली मात्र हो। यो कुरा जति छिटो बोध हुन्छ त्यति ठिक हुन्छ। ढिलो गर्दा कतै यो प्रचिन नेपाल थियो अरे भन्ने अवस्थामा नपुगियोस।