Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

जीवनको अनदेखा बाटो

१५ बिहिबार , आश्विन २०८३२१ घण्टा अगाडि

जीवनको अनदेखा बाटो

कुन क्षणमा कुन बादलले, भाग्यको रङ फेरिदेला,

कुन पाइलाको धूलोले, जीवनको चिनो देला।

कुन बिहानको घामसँग, अन्तिम उज्यालो मिसिन्छ,

कुन साँझको मौनताभित्र, अधुरो कथा लेखिन्छ।

कुन नदीको किनारामा, भेटिन्छ आफ्नै छायाँ,

कुन भीडमा हराइदिन्छ, मनले खोजेको माया।

कुन शब्दले घाउ छोप्छ, कुन मौनले पीडा बोल्छ,

कुन गीतको अन्तरा बनी, बितेको समय फेरि डोल्छ।

कुन मोडले साथ जोड्छ, कुन बाटोले टाढा पार्छ,

कुन ऋतुले फूल फुलाउँछ, कुन हावाले पात झार्छ।

जीवन त अज्ञात यात्राको, आफैं लेखिने काव्य रहेछ,

हासोभित्र लुकेको आँसु, समयसँगै अर्थ बनेछ।

त्यसैले आजको क्षणलाई, प्रेमको दीप बनाई जिऔँ,

भोलि कुन पाना बन्द हुन्छ-नजान्दै पनि मुस्कुराई जिऔँ।

@kadar news