Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

देशभित्र मीरजाफर धेरै छन्

२७ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - 
अंग्रेजले बंगाली सेनामा लोभीपापी खोज्ने क्रममा नबाबका सेनापति मीरजाफर व्यक्तिगत लाभ हुन्छ भने देशै बेच्न तैयार रहने व्यक्तिका रुपमा भेट्टायो र उसलाई हतियारका रुपमा प्रयोग गर्न थाल्यो। मीरजाफर अंग्रेजले दिएको र देखाएको सम्पत्तिमा यसरी लोभियो कि उसले सेनापतिको निर्णय हैसियतसमेत अंग्रेजका सेनापति रोबर्ट क्लाइबललाई दिए। यिनै मिरजाफरलाई अंग्रेजहरु आज पनि हड्डी दिएपछि चुसेर बस्ने कुकुर ठान्छन्। किनभने अंग्रेजले नवाव बनाइदिन्छु भनेको भरमा मीरजाफरले आफ्नो मुलुक, आफ्ना नबाबलाई धोका दिएर अंग्रेजको सेवा गरेर। हो, उनल पर्याप्त धन सम्पत्ति पाए तर देशप्रतिको गद्धारीले गर्दा आज पनि मीरजाफर भन्ने व्यक्तिको नाम कलंकको रुपमा लिइन्छ। 
यसरी भारतमा अंग्रेज हुकुमत झन बलियो हुनगयो। यतिखेर किन मीरजाफरको चर्चा चलिरहेको छ भने संसदमा पेश भएको संविधान संशोधनको प्रस्ताव नेपालीको माग नभएर भारतको इच्छापूरा गर्ने प्रस्तावका रुपमा आएको र प्रधानमन्त्रीले भारतलाई खुशी पार्न लम्पसार नीति लिएको चर्चा खुब हुनेगरेको छ। देशभित्र बहादुर शाह चाहिने बेलामा मीरजाफरको बिगबिगी। यो चाहिं नेपालको इतिहासकै कलंकपूर्ण कालखण्ड हुनपुगेको छ। एकातिर केही अंगीकृतले नेपाललाई टुक्य्राउन खोज्ने र अर्कातिर शासक बनेका ठूला पार्टीका नेता नै विदेशीको इसारामा चल्न थालेकाले नेपाल गम्भीर संकटमा परेको देखिदैछ। नेपाली जनताले संचेतन नहुने हो भने अस्तित्व मटियामेट हुने खतरा भयो।