Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

स्वागत बालबालिकाले किन गर्ने - वाशुदेव वाग्ले-

२७ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

बालबालिकाको काम पढ्ने हो, उनीहरुलाई राजनीतिक स्वार्थपूरा गर्न उपयोग गर्ने नीति नै गलत हो। स्कूलै बन्द गराएर प्रधानमन्त्रीको स्वागतमा लगिएका बालबालिकाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ।
प्रधानमन्त्री जसले आफ्नो स्वागतका लागि स्कूले बालबालिकालाई ल्याउन लगाए र आफू १२ बजे आउँछु भनेर ३ बजे पुगे। १० बजेदेखि ३ बजेसम्म उभिदा उभिदा बेहास भएकी १३ वर्षकी बालिक  समीक्षा आचार्यले आखिर ज्यानै गुमाउनु पर्‍यो। उनको मृत्युमा दुःख समेत व्यक्त गरेनन् प्रधानमन्त्रीले। सुर्खेतमा निस्केको जनजुलुसको प्रश्न छ– प्रचण्डको छातीभित्र मुटु छ कि ढुंगा? 
यो सुर्खेतको घटना हो। त्यसदिनदेखि आजसम्म पनि सुर्खेत शोकमा छ, आक्रोसमा छ, आन्दोलन गरिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्न सुर्खेत जाने कार्यक्रमको कुरा हो यो। यी बालिकाको मृत्युको जिम्मेवार प्रधानमन्त्री हुन्। उनले स्कूले विद्यार्थीलाई किन स्वागतका लागि ल्याउन लगाए र ५ घण्टा उभ्याए। कलिला बालबालिकालाई माओवादीकरण गर्न खोजिएको होला तर प्रचण्डजी, फेरि छात्राको ज्यान लियौ। स्कूललाई शान्तिक्षेत्र घोषणा गर्ने प्रचण्ड नै प्रधानमन्त्री भएपछि विद्यार्थीको यसरी दुरुपयोग भयो। प्रधानमन्त्रीलाई बालिकाको मृत्युले नपोलोस्। 
प्रधानमन्त्री यसरी भ्रमणमा जाँदा विद्यार्थीहरुलाई कापी, कलम, पुस्तकालय उपहारमा पो लिएर जानुपर्ने थियो। स्कूल नै बन्द गराएर स्वागत गराउने उनलाई कस्तो अमानवीय सोख चढेको होला? यस्ताले लोकतन्त्र कसरी चलाउलान्?