स्वयम्भुनाथ कार्की -
अन्य कुरा जे जसो भए पनि आफुले चुनेका प्रतिनिधिहरुले संविधान बनाउदा भने आफ्नो विवेकलाई दलको हुकुम भन्दा ठुलो मान्लान भन्ने झिनो आशा थियो। जनताले बनाएको भनिएको सम्विधानमा जनताले प्रत्यक्ष भाग लिन नपाए पनि केबल त्याूहा पुगेका दलका प्रमुखहरुकोे विचार मात्रको प्रतिनिधित्व हुूदैन पुरै छ सय एक नभए पनि एक वा डेढ सय विचार त पक्कै होला भन्ने आशा गर्ने ठाूउ थियो। तर समय अभावको बहानामा संविधान सभाका सभासदहरुको त्यो स्वतन्त्रताको अपहरण भयो। २०६७ साल जेष्ट १४ गते भित्रै संविधान निर्माण गर्ने नाममा संविधान सभामा पनि हि्वप लाग्ने नयाू ब्यबस्था गरेे। तर त्यति हुूदा पनि संविधानसभाको म्याद लम्ब्याउनु मात्र हैन पुनः निर्वाचन पनि गर्नु पर्यो।
२००४ सालदेखि २०४७ सालसम्मका सम्विधान जनताले अस्विकार गर्नको कारण सम्विधान निर्माणमा जनताको सहभागिता नभएको हो भनरे हजारैंको रगतको होली खेलेका नेताहरुले मनोमानी गरेरै छोडे। निरंकुश भनिएको समयमा पनि संविधानमा हुने सबै प्रकारको फेर बदलमा जनताको राय बुझिन्थ्या,े तर जनताको रगत सडकमा बगेको पनि वेवास्था गरेर संविधान जारी गरे। यो संम्विधान अस्विकार भएको कुराको प्रमाण नै हो कि तुरन्तै संसोधन गर्नुपर्यो र अहिले थप संशोधनको कुराले मुलुक नै रन्केको छ। तर जनताको कुरा त परै जाओस आफ्नै कार्यकर्ताको कुरा समेत सुन्न नेता तैयार छैनन। विधि छोट्याउने, जनतालाई सोध्दा समय लाग्छ त्यसैले आफैबीच सहमती गरेर आफ्ना सदस्यहरुलाई हि्वप लगाएर संविधान थोपरियो। पेशाले कानुन ब्यबसायी र पदले संविधान सभाका अध्यक्ष भएका सुभाष नेमाङ्गको यो जिद्दीको परिणाम वर्तमानमा मुलुकले भोग्दैछ। यदि विवेक भए उनलाई आफ्नो यो कर्मले पक्कै पोल्नेछ। यो संविधान जनताले आफ्नै निमित्त बनाउन लागेको संविधान हो भन्ने कुराको हेक्का सुभाष नेमाङ्गलाई भएन। संविधानसभामा पठाएका सभासदहरु त केवल जनताका कारिन्दा मात्र हुन अनि दलहरु संविधान निर्माण गर्ने ठेकेदार मात्र हुन। संविधानको नक्सा जनताको हो र हुनु पर्छ। यो कुरा नाघेको सजाय त भोग्नु नै पर्नेछ जनता जागेको दिन।
यो मुलुक केही टाठाबाठाहरुको बिर्ता होईन भन्ने कुरा बिर्सेर आफ्ना स्वार्थको कुरा जनतालाई लादेकाले ४७ साल पछिदेखी नै दलहरुले आफ्नो साख गुमाउदै आएका हुन। त्यसमा साख थप्न विभिन्न पेशाकर्मी तथा समुहहरुले आफ्नो साख बन्दकी राखेका थिए। अब त्यो बन्दकी पच भएको छ त्यतिखेर उफ्रिउफ्री गरेको भाषणले आज उनिहरु समाजमा मुख देखाउन नसक्ने अवस्थामा पुगेका छन। राजालाई निरंकुश भनेर उफ्रनेहरु वास्तवमा नेताहरुलाई निरंकुश हुनबाट रोक्ने संस्था हटाउन कसैले प्रायोजन गरेका गोटी रहेछन्। जनताले उभ्याउने कठघरामा केवल राजनैतिक दल र त्यसका नेताहरुलाई मात्र छैनन्, यो मुलुकै विघठनमा जानसक्ने गरेर धरापमा पार्नेहरुको पनि हुर्मत लिनेछन्। जनता उठ्ने प्रतिक्षा रहेको छ।
नेपालीजनता अव आफ्नो मुलुकको रक्षार्थ उठिसकेको छ। लोकतन्त्रको नाममा थोपरिएको नेताहरुको मनपरी प्रवर्धन गर्ने निरंकुश नेतातन्त्र नै मुलुकको लामो अस्थिरताको कारण हो। यो कुरा आज बच्चाबच्चाले पनि बुझ्दैछ। पहिले निकाल्नुपर्ने नतिजा दिएर बनाईने आयोगहरु नेताहरुको आफ्नो मनपरीतन्त्र वैधानिक पार्ने औजारमात्र हो भन्ने कुरा बुझ्न समय नलाग्ला। त्यस्तै संसद नामको नाट्यशालामा भएकाहरु नेताहरुले लेखेको संवाद बोल्ने र निर्देशन गरिएको अभिनय गर्ने पात्र मात्र हुन। त्यहाू जानु भनेको आफ्नो सुविधाको मोलमा आत्मा नेतालाई दास बनाउन सुम्पनु मात्र हो।
त्यसैले जब उनिहरु स्वतन्त्र भएर बोल्छन त्यसबेला भुईचालो पिडितको पाल आफ्नो गाडी छोप्न लैजान पाउनु पर्छ भन्छन। करिव डेढलाख तलवभत्ताले खान पुग्दैन भन्ने भनेर रोड्याई गर्दछन्। नेताको इशारामा ताली पिट्नु, गाली गर्नु, हुटिङ्ग गर्नु, वाहवाह गर्नु मात्र आफ्नो काम हो भन्ने जानेका छन। त्यसैले संसदमा हाजिर गरेर टाप (हाटा) ठोक्नु कुनै अनौठो कुरा हैन। सभागार त शयनकक्ष नै भई गयो, आखिर कामै पो के गर्नु छ र? आफ्ना नेताहरु कुन निर्णयमा पुग्छन् त्यो भन्दा फरक पर्ला कि भनेर हाटा मतदाता वा निन्द्राको भर गर्नु नै श्रेयश्कर छ। आखिर नेपालीले लोकतन्त्रको नाममा के भित्र्याए त, निरंकुश नेतातन्त्र।