Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

संविधान संशोधन रोकिदा प्रवुद्धको बैठक प्रभावित

०४ सोमबार , पौष २०७३९ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-
नेपाल–भारतवीचका सम्बन्ध सुधार गर्ने र असमान भनिएका सन्धि सम्झोता परिमार्जन गर्ने उद्देश्यले गठित प्रवुद्ध समूहको वैठक पुस ६ गते पोखरामा बस्ने ठेगान भएको थियो, संसदमा संविधान संशोधनको प्रस्तावमा एमालेले अवरोध गरेका कारण भारतले अर्कै बिङ्गो लगाएर वैठक हालका लागि रद्द गरिदिएको छ । भारतले देखाएको कारणमा उत्तर प्रदेशमा यसै महिना निर्वाचन हुने भएकाले निर्धारित मितिमा बैठक हुन नसक्ने भनेका छन् । भारतमा यस्ता प्रान्तीय निर्वाचन हुँदा प्रवृद्ध समूहको बैठक रोकिनु रहस्यमय छ ।
भारतले नेपाललाई सूचित गरेको छ– अनुकूल समयमा बैठकको मिति तोकिने छ । एकवर्ष अघि गठित यो प्रवृद्ध समूहको गठन गतवर्ष भएको थियो । पहिलो बैठक काठमाडौंमा र दोस्रो दिल्लीमा भएको थियो । तेस्रो वैठक गम्भीर हुने भनिएकोमा रद्द भएर यसको गम्भीरता फासफुस हुनपुगेको । भारतले दुई देशको सम्बन्धको विषयमा राजनीतिक कारणले रद्द गर्नु दुर्भाग्यपूर्ण मानिएको छ ।
प्रबुद्ध समूहमा नेपालतर्फबाट संयोजक डा। भेषबहादुर थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद डा। राजन भट्टराई र कानुनविद् सूर्यनाथ उपाध्याय सदस्य छन् भने भारतीय पक्षबाट समूहको संयोजकमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, प्राध्यापकहरू बीसी उप्रेती, महेन्द्र पी लामा र पूर्वराजदूत जयन्त प्रसाद सदस्य रहेका छन् । प्रवृद्ध समूह कतै भारतले नेपाललाई आपसी सम्बन्धको भुलभुलैयामा राख्न गठन गरिएको हो कि भन्ने आशंका उत्पन्न भइसकेको छ ।
अन्यता भारतको प्रान्तीय निर्वाचन र नेपालको संविधान संशोधनको विषयमा पर्ख र हेरको स्थितिमा भारतले बैठक स्थगित गर्नुपर्ने थिएन । भारतलाई नेपालको संविधान मन परेको छैन । भारत नेपालमा मधेस दुई प्रदेश र पहाड र मधेस टुक्य्राएको हेर्न चाहन्छ । त्यसमा राजनीतिक विवाद चर्किएको स्थिति छ ।