Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पहाड तराई मिलाएर संशोधन

०४ सोमबार , पौष २०७३९ बर्ष अगाडि

रोशन कार्की-
    संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहाड र तराईलाई मिलाएर संघीयतामा जानुपर्छ, संविधान संशोधन हुनुपर्छ भनेका छन् । भारतीय दूतावासले समर्थन वा बिरोध गर्नुको तुक छैन, उनको तर्क छ ।
    दलहरुले हठ देखाउन थाले । यही हठका कारण ठूलो योगदानबाट प्राप्त भएको संघीयता, गणतन्त्र र धर्मर्िनरपेक्षता खतरामा परेको छ । एमालेले लुम्बिनी पुगेरै ५ नम्बर क्षेत्रमा भइरहेको आन्दोलनको समर्थन गरे । यादवले संविधान संशोधन जरुरी छ तर हिमाल, पहाड र तराईलाई मिलाउनै पर्ने बताए ।
    नेता यादवले मधेसका जनता भन्दा प्राचिन नेपालको सभ्यतासँग जोडिएका सिंजाका जनता, कर्णाली र सोलुका जनता अति उत्पीडित र विपन्न छन् भन्दै राज्यले त्यसतर्फ विशेष ध्यान दिएको छैन । सबै नेपाली बराबर छन्, यसका लागि सबै राजनितीक शक्ति मिलेर जानुपर्नेमा सबै आआफ्नै अडानमा रहेर हठी पारा देखाउदा ठूलो योगदान र बलिदानबाट प्राप्त भएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता खतरामा पर्‍यो ।
    संविधानमा सबै अटाउनुपर्छ, यो गतिशील दस्तावेज हो, यसको समयानुकूल सुधार भइरहने प्रक्रिया रहिरहन्छ । सरकारले आफूहरुसँग सल्लाह र सुझाव नै नलिएर संशोधन प्रस्ताव आएकोले स्वीकार नगरेको हो । यादवले क्षेत्र, जात र धर्म विशेषको राजनीतिले देशलाई सकटग्रस्त तुल्याएको जनाउदैं नयां शक्ति नेपालसंग कार्यगत एकताको लागि छलफल भएको स्वीकार पनि गरे ।
    जेहोस्, मधेसमा पहिलो नेता यादव नै हुन् जसले सिंजा र सोलुका जनतामा पनि उत्पीडन देखेका छन् । अंगीकृत विदेशीलाई राज्यको कार्यकारी बनाउनु पर्ने मागमा बिरोध जनाएका छन् । र, हिमाल, पहाड र तराईलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री वा सत्तारुढ अन्य दलहरुभन्दा पनि बुद्धिमानी कुरा गरेर यादवले आफ्नो नेतृत्व क्षमताको उचाई बढाएका छन् ।