Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नेपालका गौरव - डा.सुदन झा

२७ मंगलबार , आश्विन २०८३२१ घण्टा अगाडि

नेपालका गौरव - डा.सुदन झा

प्रधानमन्त्री बालेन साहका सल्लाहकार हुन् सुदन झा । उनी एआई विज्ञ हुन् र काठमाडौं विश्वविद्यालयका प्राध्यापक पनि रहेका छन् । यसवर्ष विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा फेरि पनि पर्न सफल भएका छन् । अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय प्राज्ञिक प्रकाशन संस्था एल्सेभियरले संयुक्त रूपमा गरेको सर्भेरिपोर्ट प्रकाशन गरेको सन २०२६ को वैज्ञानिकहरूको बरीयता रिपोर्टमा डा. सुदन झा सिङ्गल इएर श्रेणीको एआई प्रोसेसिङ विधामा छनौट भएका हुन् ।
रिपोर्टअनुसार डा.सुदन झाले एआई, डेटा साइन्स र इमेज प्रोसेसिङको क्षेत्रमा गरेको अनुसन्धान र अन्तर्राष्ट्रिय प्रभावको मूल्याङ्कनको आधारमा उनी इएर श्रेणीको एआई विज्ञमा परेका हुन् । यस्ता यस्ता बिज्ञहरू सल्लाहकारमा राखेर प्रम बालेन साहले सुशासन, शासन सत्ता सञ्चालन गरिरहेको देखिन्छ । सम्भवतः यही सब देखेर प्रतिपक्षी दलहरूको सातो उडेको हुनसक्छ । यद्यपि प्रम साह काममा खटिरहेकै छन् ।