स्वयम्भुनाथ कार्की-
राज्यको संरचना सामन्ती भयो, त्यसैले यसको पुनस्र्संरचना गर्नु पर्छ भनेर हजारौको ज्यान जाने गरेर विद्रोह हाँक्ने ‘प्रचण्ड’ सरकार प्रमुख छन । आफुलाई प्रजातन्त्र वा लोकतन्त्रको पर्यायवाची घोषणा गर्ने नेका र त्यो प्रजातन्त्रलाई सामन्ती मान्ने माओवादी ९हरेक २,४ महिनामा नाम बदल्नेक्रममा स्थायी रहने शव्द० मिलेर पुरानै संरचनामा निर्वाचन गर्ने निर्णयमा पुगेका छन । नेपालको एकिकरण भएको घटनालाई सत्तो सराप गरेर आफुलाई प्रजातन्त्रको ठेकेदार सम्झिने र बन्दुकको बलमा वितण्डा मच्चाउनेहरुको काम राष्ट्रियताको विरुद्धमा छ भनेर हिजोका साथीहरु नै भन्दैछन ।
हुनत राष्ट्र निर्माण भएको घटनालाई आतातायी घटना देख्ने र राष्ट्रनिर्मातालाई चिन्दिन भन्ने नेता भएको दलमा राष्ट्रियता खोज्नु नै व्यथ्र्य छ । राष्ट्रियता नभएको अवस्था अराष्ट्रिय हो भन्ने कुरा बताईरहनु पर्ने कुरा हैन । यहि प्रवृतिले कोही सकेसम्म आफु र आफ्नो जातीलाई पिछडिएको देखाउने अभियानमा लाग । कोही आफुलाई भूमिपुत्र भन्न लागे मानौ उनिहरु बाहेका चै आकाश मै जन्मेका हुन वा आकाशपुत्र हुन । आफुलाई अरु भन्दा रैथाने देखाउन वा आदिम देखाउन गरिएका यस्ता होडले मुलुकलाई लक्षहिन गन्तव्य तिर पुर्याएको छ । ऋषिका श्रापले मुसलयुद्धमा परस्पर आफुलाई समाप्त गर्दै गरेका छपन्न कोटी यदुवंशीको किंवदन्ति झै नेपाली भएका छन् ।
राज्य पुर्नसंरचना गर्दछौ, नेपालका सबै राष्ट्रिय मानकहरु समाप्त पार्दछौ । पुरानो राज्यसत्ताले केही हेरेन त्यसैले हामी सबैलाई स्वतन्त्र गर्दछौ भनेर सशस्त्र विद्रोह हाँकेका, अनवरत प्रजातन्त्रको निमित्त लडेका वा गरिवको भलाई गर्छौ भनेर टाउको काटदै हिडेर आफुले राजधानीमा महल ठड्याएकाले भने । त्यसैलाई विदेशप्रिभुहरुको सद्भाव र सहयोग प्राप्त भयो । विदेशी प्रभुहरुले त नेपालमा जे भए पनित्यसको फाइदै उठाउने भए तर यसक्रममा पुरानो सत्ता भनेर आफैले सत्ता सम्हाल्दा पनि दोष थुपर्ने गरेका राजाले धोका दिए । राजाले छोडने छैनन र माछो आफुलाई भ्यागुतो राजालाई गरौला भनेर मख्ख परेकाहरुलाई राजाले चटक्क राज छोड्नुले ठुलै धक्का लगायो । आफ्नो हात हाली मुहाली भएमा आफैले पुरा गर्नु पर्ला भन्ने नसोची उरालेको सांप्रदायिकता आज उनीहरु आफैलाई टोक्नु न बोक्नु भएको छ ।
मुलुक कसरी चलाउने भन्ने सानो भन्दा सानो खाका पनि नभएकाहरुले राजाको प्रत्यक्ष शासनकालमा भएको नगर निर्वाचनलाई निर्वाचन नै मानेनन् । मिलीजुली खाने हिसाबमा स्थानिय निकायमा आआफ्ना टिके मनोनित गरे । सम्पूर्ण राज्य कै ढाँचा बदल्ने ठुलठुला कुरा गर्नेहरुले अझ कतिसम्म भने स्थानिय निकायको आफ्नो प्रारुप पनि बनाउन सकेनन् । राजा महेन्द्रले पञ्चायती व्यबस्था चलाउन बनाएका निकायहरु गाूउ पञ्चायत, नगर पञ्चायत, प्रमुख जिल्ला अधिकारी, क्षेत्रपाल आदि पञ्चायत पछि पनि केवल नाम बदलेर त्यसै रुपमा चल्यो, गाूउ पञ्चायत केवल गाउँ विकास समिति भयो भने नगर पञ्चायतको नाम नगरपालिका राखियो प्रधानपञ्च एउटामा अध्यक्ष भए भने अर्कामा मेयर । क्षेत्रपाल क्षेत्रिय प्रशासक भयो भने प्रमुख जिल्ला अधिकारी त जस्ताको तस्तै रह्यो । बीस बीस बर्षसम्म पञ्चायतलाई पानी पिइ पिई गाली गर्दै शासन सम्हाल्दा पनि त्यस संरचनाको विकल्प दिने खुबी भएन ।
अहिले त्यही स्थानिय निकायमा चुनाव गराउने काईते कुरा आएका छन । राज्य पुर्नसंरचना कता हो कता, कुन इलाका कस्तो हुने हो अनिर्णित नै छ । नयाू संविधान अनुसारको इकाई बन्ने वित्तिकै अझ भन्ने हो भने आयोगको प्रतिवेदन बुझ्ने वित्तिकैे स्थानिय निकायको चुनाव वेअर्थि हुन्छ । त्यो सबै कुरा छोडेर चुनावको कुरा आउदैछ भने पुराने संरचना नै उचित रहेछ, राजा महेन्द्रको सोचको अगाडी यी सबै उनलाई गाली गर्नेहरु बामपुडके भएछन । यो कुरा प्रष्ट भन्न सकिन्छ । संविधानको वैधता भित्र यस्तो स्थानिय निकायको चुनावको प्रावधान छैन ,पुनस्र्संरचित निकायको चुनावको मात्र प्रावधान राखेको छ । यदी २ हजार ४७ सालको संविधान पुनस्स्र्थापना गरेर चुनाव गर्ने हो भने कुरा वेग्लै हो । यो सबै कुराको अर्थ जति नै गाली गरे पनि बलियो संरचना त त्यही राजा महेन्द्रले गरेको रहेछ , सत्चालीसे संविधान नै उचित रहेछ ।