Advertisement Banner
Advertisement Banner

११ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

फ्रान्स युद्धको संक्षिप्त चित्र

११ मंगलबार , कार्तिक २०८३६ घण्टा अगाडि

फ्रान्स युद्धको संक्षिप्त चित्र

युरोपमा रहेको देशमध्य एउटा देश हो फ्रान्स  ।वामपन्थि राजनीतिमा उतकृष्ट दुनियाँको पहिलो कम्युन क्रान्तिकारीहरूले सत्तापल्ट गरेको पुँजिपतीको हातबाट श्रमजिविले सत्ता खोस्न सफल भएको राष्ट्र पनि हो ।यद्यपि त्यो पुनःपुजिपतिले खोसेका थिए । अहिलेको अवस्था कम्युनिजम माथी लगातार प्रतिकृयावादी जाई लागेको र कम्युनिष्ट विश्वमै रक्षात्मक भएको अवस्थामा फ्रांसको विद्रोहले विशेष महत्व राख्छ ।
इतिहासमा युद्धको भारि बोकेको फ्रांसमा परायजसो युद्धहरू हुदै आएका हुन्छन् । अहिले ३१अश्विन २०८३ शनिवार बिरोध प्रदर्शनले फेरी एकपट सिङ्गो फ्रांसलाई हल्याइ दिएको छ । त्यहाँ बढ्दै गएको महंगी, असमानता, र सार्वजनिक सेवाहरूमा हुँदै आएको कटौतीको विरूद्धमा भएको बिरोध प्रदर्शन हिँशात्मक बन्यो ।मिडियाहरूमा जे आयो त्यसैको अध्यायनबाट लेखकहरूले आआफ्ना विचार अड्कल गर्ने हो । त्यसमाथी लगातार विचार बिमर्श हुँदै आएको छ ।
जहाँ वाम्पन्थिहरूको बहुल्यता हुन्छ त्यहाँको व्यवस्था पनि सचेत हुनेगर्छ । तर कतिपय अवस्थामा जनआक्रोशले ऐतिहासिक सम्रचना समेत भत्काइदिन्छन् । कैयौँ ठाउँहरूमा आगो लगाइयो, पाँच लाख बढी मानिसहरू त्यहाँ सडकमा ओर्लेर त्यहाँको व्यवस्थालाई चुनौती दिएका छन् । कसैले यस्को सङ्ख्या आठ लाख भएको पनि लेखेका छन् । समाचारहरूमा कयौँ भिन्नता देखिएपनि वास्तवमा बिरोध सिष्टमको हो भन्ने कुरामा कसैको अर्को मत भने छैन । बिरूद्धमा उत्रिएका जनताको सङ्ख्या जति भएपनि व्यवस्थाको बिरोधमा आक्रोस पोखेका छन् । कतै बिभिन्न देशहरूमा हुने घटनाहरू तेस्रो विश्वयुद्धको अभ्यास त होइन ? अहिले सङ्का उत्पन्न भएको छ ।
प्रसाशनले १२सय बढी प्रदर्शनकारिहरूलाई हिरासतमा लिएको छ । साथै दर्जनौँ भवनहरूपनि ध्वस्त भएकाछन् । विद्यार्थिहरूले विद्यालयमा भोग्नुपरेको कठिनाईले गर्दापनि व्यापक रोश पोखेका छन् । राजधानी पेरिसमा प्रदर्शनकारीहरूलाई तितरबितर गर्न त्यहा आश्रुग्यास र पानीका फुहाराहरूको प्रयोग गरेकाथिए ।त्यसबाट कयौँ घायल भएका समाचारहरू पनि सुनियो ।
फ्रांसले यूरोपको ६, ७४, ८४३ कि. मी. अर्थात (२,६०,५५८ वर्गमाईल) भूमि ओगटेको छ । त्यहाँ केन्द्रीयकृत शासन प्रणाली अर्थात एकप्रकारको अर्ध राष्ट्रपतीय प्रणालीय गणतन्त्रिक व्यवस्था छ । माथिल्लो सदन, तल्लो सदन जसलाई सिनेट भनिन्छ र राष्ट्रिय सभा सञ्चालनमा छन् । यो देश सदियौँ देखुन कला, विज्ञान र दर्शनको अन्तरराष्ट्रिय केन्दको रूपमा रहँदै आएको छ । फ्रान्स युनेस्को  विश्व सम्पदा संख्याको हिसावले पाँचौ स्थानमा छ । प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।
एउटा तथ्याङ्ग अनुसार सन् २०१८मा ८. ९करोड भन्दा अधिक विदेशी पर्यटक भित्रिएका थिए । यो जीडीपीको आधारमा सातौँ ठुलो अर्थतन्त्र भएको विकासित देश हो ।विश्वको मामिलामा फ्रांस सयुंक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य र आधिकारिक प्रमाणु हतियार भएको देश पनि हो ।त्यसकारण फ्राँस एउटा महाशक्ति मध्यको देश हो ।
युरोपेली युनियन, युरोजोन ऋ जी सात उत्तर अट्लान्टिक सन्धि सङ्गठन ÷नेटो, विश्व व्यपार संगठन सयुँक्त राष्ट्रसंघको संस्थापक मध्यको देश हो । यो देशमा युद्धहरू त कयौँ भएका छन् । 
फ्रांसको इतिहास खोतल्ने हो भने यो एकप्रकारको युद्यभूमि नै हो । अहिले महंगी र बढ्दो असमानता र सार्वजनिक सेवाहरूमा हुँदै आएको कटौतीले यहाँका जनतालाई सडकमा ओर्लन बाद्य बनाएको छ । फ्रांसका केही प्रमुख सहरहरू पेरिस, मार्सेय, ल्यानो, बोर्डो, सेम्स, स्ट्रसवर्ग, रोनोवलु लगायतका सहरहरूमा प्रदर्शनकारीहरू द्वारा ब्यापक तोडफोड र, आगजनी भएकाछन् । यो आगजनीमा १४३ वर्ष पुरानो टाउन हाँल खरानी परेको बताइन्छ । सन् १८७३ मा बनाएर १८८३उदघाटन गरिएको थियो ।
जसलाई अहिलेको विरोध प्रदरशनले अग्निभेट गर्यो ।
अहिले यूरोपका फ्राँस, इटली, अल्बानियाका कयौँ ठाउहरूमा यसरी प्रदर्शन हुँदै आएकाछन् । बिभिन्न देशहरूमा पनि सत्ता पल्ट गर्ने खालका आन्दोलन भए । जस्तै बाङ्गला देश, नेपाल र हाल काकरोच गैङ्गले भारतमा गरेको प्रदर्श पनि कसैबट लुकेको छैन ।
यद्यपि फ्रान्स भनेको युद्य भूमि नै हो । बिगतका कयौँ युद्यका उधारणहरू छन् ।फ्रांसको सैन्य र युद्धको इतिहास धेरै लामो छ । त्यो उनिहृऊको आन्दोलन प्राचिन त छँदै छ त्यो प्रभावशाली पनि रहंदै आएको छ ।
जस्मा प्राचीन गाँलो, रोमन संघर्ष देखि आधुनिक विश्वयुद्धसम्म कयौँ ठूला शङ्घर्षहरू भएकाछन् ।सयसालको युद्य र क्रान्तिपनि भएकाछन् । जस्तै (१३३७ देखि १४५३ सम्म) फ्रांस र इङ्गलैडको बिच भएको लडाई ।जस्मा फ्रासले जित्यो र ब्रिटिशको प्रभाव समाप्त भयो । फ्राँसीसी  क्रान्ति( १७८९–१७९९) यो ऐतिहासिक क्रान्तिले फ्रान्समा राजतन्त्र  र सामन्तवादको अन्त्य गर्यो । राजा लुइ १६औँलाई २१जनवरी सन १७९३ मा फासिमा झुण्डाइयो र गणतन्त्रको घोषणा पनि भयो ।
नेपोलियन युद्ध सन् (१७९९देखि १८१५) नेपोलियन बोनापार्टको नेतृत्वमा फ्रांसले पुरै युरोपको ठुलो हिस्सामा विजयी प्राप्त गरेको थियो । सन् १८१५वाटर लुको लाडाइमा हारको साथ नेपोलियनको साम्राज्य समाप्त भयो ।
फ्रान्सीसी जर्मन युद्ध (१८७०–१८७१) फ्रान्स र पर्शा (जर्मनी)को बिच लगभग १३महिना चलेको युद्धमा फ्रान्सको पराजय भयो । जस्को परिणाम नेपोलियन राजवँशको सत्ता समाप्त भएको थियो ।त्यसपछि त तेस्रो गणतन्त्रको स्थापना भएको थियो ।
प्रथम विश्वयुद्ध (सन् १९१४–१९१८ सम्म)लामो समयसम्म चल्यो । ३अगस्त सन् १९१४ मा जर्मनीले फ्रान्सको खिलाफ युद्ध घोषणा गर्यो । फान्स मित्र राष्ट्रहरूको पक्षमा लड्यो । तर उसले विजयी हासिल गरेपनि भारी क्षति व्यहोर्नु परेको थियो । द्वितीय विश्वयुद्ध (१९३९ –१९४५) मा पनि सन् १९४० मा जर्मनले फ्रान्समा कब्जा जमायो । त्यसपछि फ्रासीसी प्रतिरोधमा उत्रिए ।
फ्रेंच रेसिताँचा  ले लडाई जारी राख्यो । सन् १९४४मा देशलाई आजाद गराएर छाड्यो । यसरी फ्रांसीसी जनताहरू निरन्तर युद्ध लडिरहेका हुन्छन् ।
फ्रान्सको धार्मिक युद्ध पनि अत्यन्तै ऐतिहासिक र लामो समयसम्म चलेको गृहयुद्ध थियो । जो १५६२ देखि १५९८को बिचमा रोमन कैथोलिक र प्रोटेस्टेटको बिचमा लडियो । जस्को अन्त्य सन् १५९८मा नातेसको आज्ञाले भयो । लाफ्रोडे यो १७औँ शताब्दीको गृहयुद्ध थियो । जो १६४८बाट १६५३ को बिचमा राजा लुई चौधौँको बाल्य साशनकालको दौरान राजाशाही र कुलीनवर्ग संदको बिचमा भयो । वेन्दीको विद्रोह र पेरिस कम्युन १७५९को फ्रांसीसी क्रान्ति पछि १७९३–१७९६वन्दी को गृहयुद्ध भयो । १८७१मा पेरिस कम्युनको द्वौरान आन्तरिक गृहयुद्धको अवस्था बन्यो ।
श्रमजिवीहरूले पहिलो पटक पुँजिवादी साशन व्यवस्थाको तख्ता पल्टाएका थिए । जसले कम्युनिष्ट सरकार बनाउने प्रयास ग¥यो । कयौँ जनपक्षिय घोषणाहरू पनि भए । तर सत्ता खोस्नु मात्र प्राप्त हुँदैन सत्ता हातमा लिएपछि त्यसलाई जोगाउनु महत्वपूर्ण हुन्छ । त्यो वेला कम्युनिजमको सत्तालाई कयौँ देशका प्रतिकृयावादीहरूको सहयोगमा तितरबितर गराईयो । त्यो श्रमजीवी सरकार बहत्तर दिनसम्मपनि टिक्न सकेन । धेरै निर्दोषको ज्यान गयो, सत्ता टिकेन ।
हामीले हत्या हिँशाको बिरो गर्छौँ तर आज विश्वभरीमै हत्या र हिँशा गराएर प्रतिकृयावादीहरूले आफ्नो साशन व्यवस्था लम्बाई रहेको छ । उनैले धर्म र कर्मका कुराहरू गर्छन् जसले आफ्नो स्वार्थ पुरा गर्नका लागि निर्दोसहरूको बलि चढाएका हुन्छन् । ठूला बम बारूदका कारखाना उनैका छन्, नयाँ–नयाँ बिनासकारी हतियार पनि उनैले बनाएका हुन्छन् । दुनियाँमा जस्को शक्ति उसैको भक्ति भएको छ । आज जतिपनि हत्या र हिँशा हुँदै आएका छन् त्यस्को आधार साम्राज्यवादले तयार पार्दै आएको छ । खास गरेर विश्वका तमाम् श्रमजीवस्हरूले वास्तविक रूपमा शान्ति सुव्यवस्था चाहान्छन्, तर पुँजिवादले गरिब सर्वहारालाई प्रयोग गरेर उनै गरिबलाई सखाप पारेका हुन्छन् । त्यसको हतियारको रूपमा धन प्रयोग हुन्छ । गरिबलाई गाँस बास र कपासको आवस्यकता हुन्छ । त्यसको लागि उनिहरू धनमानको गिरफ्तमा पुगेका हुन्छन् जसले त्यसको फाइदा उठाएको हुन्छ । अहिले जनताहरू सलबलाउँदै छन् । उनिहरूले निकास खोजिरहेका छन् तर अँझै पनि निकास पाएका छैनन् । बिभिन्न देशमा चलेका आन्दोलन र युद्धहरूबाट सधैँ उनैले फाइदा उठाइरहेका हुन्छन् । व्यक्ति होइन हामीले षप्रवृतीको बिरोध गर्नुपर्छ ।व्यक्ति मात्र बदलेर देशले न्याय पाउन सक्दैन ।