Advertisement Banner
Advertisement Banner

२० बिहिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

स्वाभिमान बन्धक राखेर बाच्नुभन्दा मृत्यु उच्च हुन्छ

२० बिहिबार , कार्तिक २०८३१२ घण्टा अगाडि

स्वाभिमान बन्धक राखेर बाच्नुभन्दा मृत्यु उच्च हुन्छ

यो शीर्षक खास गरिकन आदर्णीय सर देवेन्द्रकुमार रिजालको भनाई हो।मैले यसलाई शमीक्षा भन्दैन मात्र पाठकिय लेख लेख्दै छु। यो लेखमा कति स्रजक सँग न्याय गरेँ भन्नुभन्दा पनि यो पुस्ताक पढेर कति मुल्यङ्कन गर्नसके कति न्यायगर्न सकेन त्यसबारे स्रजक पाठकले अवश्य जानकारी गराउनुहुने नै छ।
रिजालको पुस्तक "भावनाका लहरहरू" पढिसकेपछि सर्वप्रथम पुस्तकमा भएको थोरै कम्जोर पक्ष पनि भन्नैपर्ने हुन्छ।जस्मा निम्न नोन छन् (क) आइबीएस नम्वर, पुस्तकमा क्रम संख्या, मूल्य र कतिपय ठाउँमा टाइप मिस्टेक पनि पुस्तक अध्यानको शन्दर्भमा देखिन्छन्।कविता सङ्ग्रहमा गीतहरू पनि सामिलछन्। सर्जकका केही रचनाहरूका अशँ पनि यहाँ राखिएको छ।
"भन्छिन् आमा नेपालले, बालकले पढ्न सिक्नुपर्छ,
पढिसकेपछि ज्ञानी बन्न सिक्नुपर्छ!
अन्यायमा परेकाले, न्यायको खोज गर्न सिक्नुपर्छ
अनि न्यायवान बन्न सिक्नुपर्छ, न्यायवान बन्नका निम्ति सच्चरित्रवान बन्न सिक्नुपर्छ। " उहाँ शिक्षक भएकोले विद्यार्ती वर्गलाई दिएको यो उपदेश सकारत्मक छ।
स्रजक अगाडी भन्छन् " सच्चा क्रान्तिका निम्ति भ्रान्ति तोड्नुपर्छ। " क्रान्तिकारीका लागि पनि यो महत्वपूर्ण लाइन हुनसक्छ।क्रान्तिकारी आन्दोलनमा लागेकाले सीक्षा लिनैपर्छ।
'म'अहिले आदर्णिय लेखक देवेन्द्रकुमार रिजाल ज्यू द्वारा लिखित तथा सुषुमा रिजाल द्वारा प्रकाशीत कृती " भावनाका लहरहरू, कविता सङ्ग्रह " बारेमा पाठकिय टिप्णी गर्दै छु।
शिक्षक पेसाबाट अवकास प्राप्त गरिसक्नु भएका रिजाल वि. स. २०१५ कार्तीक १५गते पिता डम्मर बहादुर रिजाल र माता चक्रमाया रिजालको कोखबाट प्यूठानको लुङ्ग ३मा जन्मिनु भयो।उहाँका प्रकाशीत कृतिहरू-
२०६६ 'आमाको पुकार (नाटक), २०६८मा ' अनुभूतिका तरङ्गहरू(कविता सङ्ग्रह), २०७५मा हाम्रो शिक्षाको गति (नाटक), अहिले २०८३मा भावनाका लहरहरू हाम्रो हातमा छ। यो लेखकको चौथो कृती हो।
लेखकले कयौँ पुरस्कार र सम्मानहरू पनि प्राप्त गर्नु भएको छ। जस्मा २०५१ मा राष्ट्रिय शिक्षा सेवा पदक, राप्तीबाट ऋषि लक्ष्मी  स्रष्टा पुरस्कार, कालिका विकास केन्द्र प्यूठानबाट सम्मान् तथा पुरस्कार २०६९, लेखक संघ दाङ टीकाप्रसाद नारायणी सुवेदी स्मृति पुरस्कार २०७८,दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठान भूमा अमर स्मृति राष्ट्र बचाऊँ पुरस्कार २०७९, आदि पुरस्कार तथा सम्मान पाउनु भएको छ।
समर्पण
" मातृभूमिलाई प्राणभन्दा प्यारो ठानेर राष्ट्र, राष्ट्रियता र स्वतन्त्रताको निम्ति प्राणको आहुती दिएर राष्ट्रको अस्तित्व बचाउनेहरू र मन, वचन र कर्मले जनतालाई मुक्त गरेर समाज रूपान्तरण गर्न तल्लीन सम्पूर्ण देशभक्तहरूमा सादर समर्पण " भनिकेको छ। त्यो भनाई भन्दा पहिले सोही पृष्ठमा माथी पानीमा कमलको फूल फुलेको देखिन्छ।
आवरण बाहेक १५२पृषठको पुस्तकमा केही शुभकामनाहरू छन्।
साहित्य परिषद प्यूठानका पूर्व अध्यक्ष गेहराज थापा सर, विमला खनाल अध्यक्ष साहित्य परिषद प्यूठान शुभकामना र प्रकाशक सुषुमा खड्का रिजालको भनाई समाविष्ट गरिएको छ।
पुस्तक सङ्ख्या ५००प्रती,पुस्तकमा करिब ६५कविता र १४गीतहरू छन्। त्यसले गर्दा यो केवल कविता सङ्ग्रह मात्र होइन।प्लस गीती सङ्ह्र पनि हो।
" भावनाका लहरहरू- साच्चै लेखकले आफूभित्र रहेका भावनाहरूको मूल फुटाउनु भएको छ। यहाँका प्रत्येक शब्दहरूमा आक्रोश छ, पिडाछन्, व्याङ्य छन्, राजनीतिक, सामाजिक, संदेश मूलक, ज्ञानवर्धक र प्रेरेणादिने खालका शब्दहरू  छन्। यहाँका परायजसो शब्दहरूले आजको सामाजिक राजनैतिक अवस्थालाई प्रष्ट सँग देखाएको छ।
असरवादी नेताहरूले गरेको वदमासी र विदेशीले गरेको हस्तक्षेप पर्ती लेखकको तृव आक्रोश छ। व्यवस्थालाई देखेर लेखक भित्र -भित्रै आक्रोशले छटपटाएका छन्। त्यही आक्रोशको परिणाम धेरैजसो कविताहरूमा झल्किन्छन्। क्रान्ति गर्ने हो भने भ्रान्ती गर्नु हुँदैन
स्रष्टाको मनोमष्तिकमा देशको चिन्ता छ, जनताको चिन्ता छ, युवाहरू देश विहिन भएको चिन्ता छ। " भन्छन् गरे एकीकृत पृथ्वीनारायणले सिङ्गो नेपाल यो थियो रे,
सुगौली सन्धिले टुक्राई आधी बनाईदियो रे। "उनले नेपालको इतिहासको बारेमा जनतालाई सचेत गराउँने प्रयास गर्छन्। नेपाल टिष्टा देखि सतलजसम्म फैलिएको विसाल देश सन् १८१५/१६को सुगौलीमा भएको संधिले टुक्राएको थियो।त्यो घाउ लेखकलाई दुखिरहेको छ।त्यो मात्र होइन ति विरहरू जसले देशको रक्षाका निम्ति आफ्नो प्राणको बलि दिए उहाँहरूलाई संझिदै उनिहरू प्रती सम्मान र तमाम विदेशीका दलालहरूको भण्डाफोर्ड गर्छन्।
"उनि आम जनतालाई भन्छन् " नडराउन आफ्नो अधिकारको निम्ति लडि मर्न। " प्रत्येक कविता संदेशमुलक छन्। रिजालका कविता र गीत दुबैमा मिल्दा जुल्दा देश र जनताका हितका भावहरूले भरिएका छन् ।
उधारणको लागि यो गीतलाई लिनसकिन्छ।
" जिन्दगी दिएर बलिदान, बनाऊ वीर हो बलवान.. यो दिनैमा
सधैँ नबस अञ्जान, दिनु पर्यो यो शरिर बलिदान... यो दिनैमा
देशको निम्ति लडेर मरौँला, कालो पर्दा फालेरै छाडौँला.. यो दिनैमा
उठ सबै किसान साथी हो, यो देश उज्ज्वल बनाउन यो दिनैमा।
कस कम्मर भिरेर खुकुरी, छप्काइदेऊ सामन्तहरूलाई यो दिनैमा
आफ्नो हक मिल्दैन मागेर, उठाऊ हात निशाना ताकेर.. यो दिनैमा
आउला दिन खुशीको हाम्रो बनाउँला देश विश्वमा छ राम्रो.. यो दिनैमा।
यसरी उपरोक्त गीतले देशभक्ति भाव छर्लङ्गै देखाएको छ। त्याग र बलिदानको आवहान गरेकाछन्, वास्तवमा हाम्रो देश देशभक्त नागरिक बिना जिउँदो रहन सक्दैन। स्रष्टाका कविताले आफ्नो देशलाई अखण्ड र विश्वमा सबैभन्दा बलियो बनाउन आवहान गर्दै छ।
देशभित्रको कु संस्कार, कुरिती पखालेर एउटा सुन्दर र विशाल देश बनाउने स्रष्टाको प्रयास छ। उन्ले सडेगलेका र अनावश्यक कुरिती हरू पन्छाउन देशका तमाम जनतालाई आवहान गरेको।प्रत्येक पाइला प्रगतिशील तर्फ सार्नुपर्छ त्यसो भयो भनेमात्र देशमा अमन चयन र शान्ति सुव्यवस्थाको जन्म हुन्छ।
उनि प्रश्न उठाउँछन् " ए! धाक र रवाफमा बाँचिरहेकाहरू हो, तिमीहरूलाई लाज लाग्दैन? " आज यो देशको अवस्थालाई नियाल्दा यस्ता धागी नेताहरूको बहिस्कार गर्नु सान्दर्भिक हुन्छ। लेखकका केही कुण्ठाहरूपनि छन्! " के के न गर्छु भनि दिनरात आत्मालाई कुण्ठित बनाएर भुतबाट भबिश्यतिर पाइलाहरू चलाउँदै वर्तमानको कहालिलाग्दो अवस्थासित बाँच्नु पनि पर्दो रहेछ। " हो! यथार्थमा मानिस कहिले काँही जिउने लोभ नहुँदा पनि अरूकै लागि भएपनि बाच्नु परिरहेको हुन्छ।किन कि मानिस कर्तव्य सँग बिमुख हुनसक्दैन। सचेत र चेतनशील प्राणीका आफ्नै प्रकारका जिम्मा हुन्छन्, अनुसाशन हुन्छन्।आफू मर्नै चाहेर पनि उसलाई यस्तै जिम्मेवारीहरूले मर्न दिएका हुँदैनन्।
उनि कवितामा अगाडी भन्छन् " यो प्रकृतिको नियम सबैलाई मान्नु पर्छ र प्राकृतिले दिएका नैसङ्गीक अधिकारपनि सबैले बराबरी पाउनुपर्छ।"यसरी उनि न्यायपूर्ण आवाज उठाएकाछन् गीतमा र कवितामा।
" पूर्व मिर्मिरेसित सदा दिन चलिरहेछन्, नेपाली कदमहरू" स्रष्टाले व्याङ्यात्मक सैली प्रयोग गरेकाछन्। " भन्छन् सबै आफू मिटाई अरूलाई दिनु रे, त्यसैले होला अरू मरेपनि आफू बाँचु रे!, अन्तरिक्षमा उड्नै पाइन्छ भने, पृथ्वीतलमा हिड्ने खुट्टा किन चाहियो र? सबै भन्छन् सुखि तथा अपार छ रे जीवन, सबै भन्छन् मिठो पुष्प र फल हेरि जीवन। खाऊँ पिऊँ मोज गरूँ होरे जीवन भने, मलाई भए पुग्छ तिमीलाई किन चाह्यो र?, जे हवस् अपार यो जीवन रे, अरूको नभै आफ्नो हो यो जीवन रे? त्यसैले होला मर्नु न बाच्नुको दो साँध हो जीवन रे! "
स्रजकले कवितालाई कालजयी बनाउन गहन भाव व्यक्त गरेका छन्। उनि स्वागत गीतमा पनि देशकै कथा लेखेकाछन्।बिदाइका कवितामा पनि राष्ट्रियताकै बारेमा चिन्तित् देखिन्छन्।
" कतिलाई खान मिल्छ चौरासी व्यञ्जन, कतिको भोको पेट, कतिका छन् गगनचुम्बी महल, कतिका बस्ने बास छैन।
कति लगाउँछन् कपडा समुन्दर पारिका, कतिको चार अँंगुलको टालो छैन।,कतिलाई ठूला-ठूला स्कुल कलेज कतिलाई साक्षर बनाउने ठाउँ छैन, कति उड्छन् जहाजमा चढेर, कतिको हिंड्ने बाटो पनि छैन।
कतिको घरमै डाक्टरको चाकरी, कति मर्छन् अस्पत्ताल नहेरी।
कतिलाई बसि बसिसबै मिल्दो रैछ, कतिलाई चौबिसै घन्टा काम, तर छैन भरपेट खान, कतिलाई स्वदेशमै चैन, कतिलाई विदेशमा नगएर भैन। कति बनि बसेकाछन् ठूला ठूला मालिक, कतिलाई काला-काला कानुन र ऐन, कति बस्न् आफ्ना दाजुभाइ बेची-बेची, कति बेचीएका दाजुभाइ विदेशमै मरिगए, हाम्रा दाजु भाइका रगतले विस्तारवादी ठूला भए। यस्तो छ नी मान्छे मान्छेको हालात, यस्तो हालात घोरिएर चुप्प बस्नु भैन, आफ्नो हक न ल्यायसम्म केही सुख्ख छैन, हक ल्याउनलाई संघर्षमा न उत्रेर भैन। "
उपरोक्त कविताले वर्ग संघर्षको उद्यघोस गरिरहेको छ। सबैमा आवहान गरिरहेको छ। लेखकले शोषित उत्पिडित र दमितहरूको हक अधिकारका आवाज उठाएकाछन्। धेरै जसो गीत कविताहरूले श्रमजीवि वर्गको प्रतिनिधित्व गरिरहेकाछन्। उनि गीत द्वारा यसरी भनेकाछन् " क्रान्तिकारी कुनैपनि सक्तिले रोकेर रोकिदैन किन कि उनिहरू परिवर्तनका संवाहक हुन्छन्। परिवर्तन कसैले रोकेर रोक्न सक्ने,छेकेर छेक्किने बिषय पनि होइन। स्रजक भन्छन् " विजुलीसरी चम्केर अंघि-अंघि लम्केर समाजका काला कानुन नाश गर्ने छौँ।"
क्रान्ति भनेकै यस्तो सक्ति हो जस्लाई कसैले मारेर त्यो मर्दैन। वास्तवमा जहाँ गएपनि समश्या संगै हुन्छ। हामीले त्यो समश्या सँग भागेर होइन लडेर पराजीत गराउन सक्छौँ।
अहिले देश छाडेर पनि त लडिरहनु परेको छ, एउटा समश्या समाधान गर्न देश छाडेपछि कयौँ समश्याहरू जन्मेका हुन्छन्। त्यही प्रकारको एउटा यो समश्या पनि हो। देश छाडेर गएका युवाहरू अर्काको देशका लागी बहादुर बनेका छन् तर उनिहरू आफ्नै नाम गुमाइ सकेका छन्।त्यसबारेमा कविले यसरी भनेकाछन्" नेपाल आमालाई पुत्रशोक गराई, तिमी मर्यौ अरूको निम्ति. "
" त्यस्तो छोरा,छोरा होइन जसलाई आमाको माया छैन, मत फर्की जान्छु अब आमाको काखमा" लेखकले गीतको माध्यायमबाट परदेशीको पिडा पोखेकाछन्।उन्ले देशको अत्याधिक मायाले ओर्तपोर्त भएर भन्छन् " मरिगए बस्नेछैन, विदेशीको काखमा। "उस्तै कवितामा भन्छन् " नेपाल पाखा पखेरा, तिमी बिना छन् दिउसै अँधेरा, कोइलीको मधुर ध्वनीले फर्क भनी बोलाउँ छ तिमीलाई। "-परदेशी युवाहरूलाई देशका तमाम पात्रहरूले बोलाइरहेका छन्, यहाँको प्राकृती, हावा पानी, पसु पंक्षी सबैले बोलाइ रहेका छन्। कवि उनिहरू सबैको प्रतिनिधि बनेका छन् युवाहरू डाक्ने।उनि भन्छन्
" ए साथी भाइ आजको दिनमा लौ गर सङ्कलप, देशकै निम्ति बाँचुला भन्ने लौ गर संकलप। "लेखकका जस्तै देशको, मज्दुरको र विदेशी युवाको उत्तिकै चिन्ता किसानहरूको छ।" शोषित बनिरहेछौँ गरिब किसान, बनाउँछौँ सामन्तीलाई बन्दुकको निशान। " कारखानाका मजदुरहरूलाई आवहान गर्दै कवि भन्छन् " कारखानामा काम गर्ने गरीब मजदुर हौँ हामी आफ्नो मजदुरी पाउन लडौँ छाती थामी। "यसरी लेखकले कारखानाका मजदुरहरूलाई संघर्ष गर्ने आवहान गरेका छन्। उनका शब्दहरूमा देशभक्ती भावहरू छताछुल्लै छन्। अर्को तर्फ सामन्ती शोषक प्रती तृव घृणा छ।
सौ रूपियाँ साहुको ऋण त्यही ऋणले खाइदियो घरबारी, अब फर्काउन उठौँ सर्वहारा दाजु भाई।" कुनैवेला साहु महाजनले सुन्य थपेर गरिबको बास भुटेका कयौँ घाउहरू यि कविताहरूले तरोताजा बनाएकाछन्।
" उठौँ अब सर्वहारा दाजु भाइ, सामन्तीलाई माटोमा मिलाउन हुन्न ढिलाउन।" कवि भित्र विदेशीएका पिडाहरू पनि गीतमा छचल्किएका छन्। " ए मेरी आमा ती तिम्रा आँसु अब त पुछन, आफ्नै देश आफ्नै माटो, आफ्नै जन्मभूमि छाडी बस्दा खेरी रून्छ मन घरी-घरी। " उठ जुट न्यायका लागी विरहरू अन्यायले सिमा नाग्यो।" कविले आकासका ताराहरूलाई ग्वार्दै भन्छन् " आऊ यो धर्तीमा सितारा बन भन्छन्। " विश्व मानचित्रमा एक दृष्टी दिएर हेरे भेटिन्छन् अनन्त आत्मित्यताहरू किन कि हृदयको धड्कन चल्दछ केवल राष्ट्रियतामा। " जात जाती भाषा धर्मभन्दा माथी हुन्छ देश, शासकले राष्ट्रियता बेचिकन फेर्छन् विदेशीको भेष। " यसरी कविले कविता मार्फत जनतालाई सचेत मात्र गराएका छैनन् बरू साम्राज्यवाद समेतलाई खबरदार पनि गरेकाछन्। " साम्राज्यवादीहरूका विनासकारी हतियार अणुबमको आक्रोश पोखेकाछन्।
असलमा देशभित्र गणतन्त्र आएपछि पनि देशको अबस्था जटिल किन छ? त्यसैले कवि नेपाल आमासँग सक्तिको ग्वार माग्दै भन्छन्" सृष्टि रूपमा जीव त सबै समान हुन, मानव त अझँ जीवभित्रका सर्वश्रेष्ठ हुन तर पनि एउटै मानव जातीलाई अनेकतामा बाँडेर पद,प्रतिष्ठा र कुर्सी दौडका खेलाडीहरू बलियाले निर्धालाई मार्ने खेल खेल्न विधी विधान र मूल्य मान्यतालाई आगो लगाउँछन् " त्यसैले उनि प्रश्न उठाउँछन् " यो गणतन्त्र हो कि गुट तन्त्र? "
लेखक देशमा झनै अव्यवस्था देखेर आक्रोशित छन्, त्यो मात्र होइन जसको जनता भर परेका थिए उनैको व्यवहार पनि जन पक्षिय नहुँदा झनै विद्रोही बनेकाछन्। छट्पटाएका छन् कहीले महाकवी भानुभक्तलाई, कहिले बौद्धलाई ग्वार्न पुग्छन्। " नेपाली भएको जस्तो देख्दा लाग्छ भानु तृष्णाको सञ्जाल च्यातेर,एकताको मालामा नेपालीलाई उन्ने, सत्य, निष्ठा र इमान्दार यौद्धा वनेर आऊ। "
विदेशी प्रभुको पुजा गरेर, आफ्नो अस्तित्वलाई धुजा धुजा पारिन्छ भने निष्ठा र सिधान्त त आगोमा नजलोस पनि कसरी? " लेखक शिक्षक पेसाबाट अबकास प्राप्त भएका एकजना इमान्दार देशभक्तले उठाएका अत्यान्तै गहिरा शब्द भावनाका लहरले यसरी प्रश्न उठाएकाछन्। " मेरो युगको स्वाभिमान बन्धक राखेर बाँच्नु भन्दा स्वभिमान सहितको मृत्यु उच्च हुन्छ।" उपरोक्त कविता गहन छ, पठनिय छ र सङ्ग्रहणीय छ। लेखकले जानेर नै पुस्तकको मूल्य राखेका छैनन्। यसले पनि अर्को प्रशन उठाएको छ अहिले पठन संस्कृतिमा आएको विचलनको परिणाम पुस्तक अमूल्य हुँदा हुदैपनि अबमूल्यन भएकाछन्। किनेर पढ्नुपर्छ भन्ने विचार अहिले ओजेलमा परेको छ। अन्तमा सर्जकलाई सादुवाद र कृति सफलताको हार्दिक शुभकामना छ।