रोशन कार्की-
२०६५ साल जेठ १५ मा गणतन्त्र कार्यान्वयन भइसकेपछि आमनागरिकले झैं शान्ति र न्यायपूर्ण समाजको अपेक्षा गरेर बसेका पूर्वराजाले परम्पराअनुसा राष्ट्रिय पर्वहरुमा शुभकामना दिने, बेला बेलाम धर्मकर्ममा लाग्ने गरेका छन् । यही क्रममा हालै पूर्वराजाले राष्ट्रमा अराजकता बढ्यो, जनता पनि जागरुक हुनपर्छ भनेर आह्वान गर्दै वक्तव्य प्रकाशित गरे, यो वक्तव्यले बमको काम गरेछ, मन्त्रिपरिषदमा विशेष छलफल त भयो भयो, प्रधानमन्त्री स्वयम्ले पूर्वराजालाई मानसिक यातना दिने गरी अभिव्यक्ति दिए– बढी बोले पूर्वराजा त्रानेन्द्रले दु:ख पाउँछन् । उनी चुपलागेर बस्नु नै बेश हुन्छ ।
पूर्वराजा अव मुख सिएर बस । घरमै चाउरिएर बस । हलचल नगर । प्रधानमन्त्रीले यसरी बोल्न मिल्छ ? नागरिकको हैसियत खोसेर घरबन्दी अपराधीजस्तो व्यवहार गर्नु भनेको प्रधानमन्त्रीको अमानवीय व्यवहार हो ।
दरवार हत्याकाण्डको छानबिन गर्नेसम्मको सवाल उठेका छन् । यो छानबिन नहोस् भनेर पूर्वराजाले कहिल्यै तगारो तेस्र्याएनन् । र, कानुनी मार्गमा कहिल्यै बखेडा पनि झिकेनन् । यसरी नागरिक हैसियतमा बसेका पूर्वराजालाई धम्क्याउनु, तर्साउनु, मानसिक यातना दिनु लोकतान्त्रिक चरित्र कदापि होइन ।
हिम्मत छ भने प्रधानमन्त्रीले भनुन्– पूर्वराजाले देशप्रति चिन्ता गरेर के गल्ती गरे ? आँट छ भने प्रधानमन्त्रीले दरवार हत्याकाण्डको छानबिन गरुन् । आफू न्यायिक कठघरामा उभियुन् । बेपत्ता र मारिएकाका परिवारजनलाई न्याय दिउन्, तिनका आवाज र उजुरीको छानबिनमा बाधा नहालुन् । सौ मुसा खाकर बिल्ली चली हजको भनेझैं प्रधानमन्त्री र उनको पार्टी आममाफीतिर लागेको छ । र, सरकार चलाउने हैसियत गुमाएका र असक्षम भइसकेपछि आफ्ना गल्ती कमजोरी र अकर्मण्यता छोपछाप गर्न पूर्वराजातिर जनताको ध्यान डाइभर्ट गर्नमात्र पूर्वराजालाई धम्क्याएको देखिन्छ । पूर्वराजाले राजनीतिक रुपमा असफल भइसकेकाहरुको धम्कीलाई ध्यान नदिई देशप्रति चिन्ता गर्न जरुरी छ ।