Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

आइएसदेखि सावधान : सहदेव सिग्देल

०१ शुक्रबार , फाल्गुण २०७११२ बर्ष अगाडि

जापानी पत्रकार गोतोको शिर काटेर आइएसले हत्या गरेपछि जापान स्तव्ध छ। विश्वभरिका पत्रकार र मानवीय संवेदना भएकाहरु स्तव्ध छन्। भारत र नेपाललगायतमा आइएसको संगठन विस्तार गर्ने समाचारले नेपाललाई पनि आवेशमा ल्याइदिएको छ। आजको विश्वमा यस्तो आततायी आतंकवाद? यो कुनै पनि मानवले क्षमा दिनसक्ने आतंक हुँदै होइन। इस्लामिक स्टेट, यो विद्रोह मात्र होइन। यो ठाडै समाप्त पार्नुपर्ने आतंकवाद हो। पहिले कब्जामा लिए हारुना युकावालाई र पछि शिर छेदन गरेर मारे।  त्यसपछि जापानी नागरिक केजी गोतोको पनि शिर छेदन गरी हत्या गरे। जापानी सरकारले विभिन्न प्रयास गरिरहेको थियो, विश्व नै उनको सकुसल रिहाईका लागि लागिपरेको थियो तर आतंकका सामु कुनै प्रयास सफल हुन सकेनन्। ७२ घण्टाभित्र २० करोड डलर फिरौति मागिएको थियो। यो घटनाले सबैभन्दा पीडा जापानी प्रधानमन्त्री सिन्जो आवेलाई भएको छ। उनको कार्यकालमा आतंकवादले यसरी हमला गरिदियो। उनको क्षमतामा समेत प्रश्नचिन्ह खडा भयो। जापानले २० करोड डलर दिन नसक्ने थिएन। जापानका लागि त्यो ठूलो रकम होइन। मूल कुरो आतंकवादविरुद्ध नझुक्ने जापानको राष्ट्रिय नीति हो। जुन नीति वन्धनमा प्रधानमन्त्री सिन्जो आवे बाँधिए, आफ्ना होनहार नागरिक काटिए। त्यो मान्छे काटिएको होइन, जापानमाथि हमलाको शंखनाद हो। जापानले विश्व समुदायसँग मिलेर यो प्रकारको दुर्दान्त आतंकवादलाई परास्त गर्न लागि पर्नैपर्छ। नेपालजस्ता साना राष्ट्रले नैतिक समर्थन गर्ने हो, नेपाल जहिले पनि आतंकवादको विरुद्ध खडा थियो र छ, न्यायसंगत सवालमा जहिले पनि अग्रपंक्तिमा रहनेछ। नेपाल त यस्ता आतंकवादले छिया छिया भएको मुलुक हो। शान्ति र संविधान, लोकतन्त्र र नैतिक जवाफदेहिता स्थापित गर्न लागिपरेको नेपाललाई जापानले गर्नुसम्मको गुण लगाएको छ। जापानलाई त्यो पीडाबाट माथि उठ्नसक्ने साहस मिलोस्, आतंकवादको निर्मूलीकरणमा सफलता मिलोस्, हाम्रो समर्थन सधैं रहनेछ। आवेले भनेका छन्: यस्तो क्रुरता र घृणित कार्यको निन्दा गर्दछु। आइएसलाई कसैगरे पनि माफी दिन सकिन्न। आइएसले जहाँ पनि आक्रमण गर्नसक्छ। सावधान।